श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल मङ्सिर १३ गते आइतबार, २९ नोभेम्बर  २०२६, रौद्रनाम संवत्सर। मार्गशिर्ष कृष्णपक्षको पञ्चमी तिथि ०९:४७ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र पुष्य १७:१४ बजेसम्म, उप्रान्त अश्लेषा, चन्द्रमा राशि कर्कट, सूर्योदय ०६:३६ बजे र सूर्यास्त ०५:०६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
परिस्थितिवश आँटेको काम रोकिन सक्छ। सहयोगको नाममा झुक्याउनेहरूले दुःख दिनेछन्। 
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अस्वस्थताका बावजुद कामको जिम्मेवारी बढ्नेछ। तापनि फाइदाका स्रोत पहिचान गर्न सकिनेछ। 
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
गरिआएको कामलाई निरन्तरता दिन सकिनेछ। पछाडिबाट अवरोध पुर्‍याउनेहरू सक्रिय रहने हुँदा सजग रहनुहोला। 
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
असावधानीले स्वास्थ्यलाई हानि गर्न सक्छ। काम बिग्रने भयले सताउनेछ । न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
गोपनीयता बाहिरिनाले समस्या आइपर्ला। आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन्। 
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पहिलेका समस्या दोहोरिनाले अलमल बढ्नेछ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कामको चाप पनि बढ्न सक्छ । केही खर्च लागे पनि खानपान तथा मनोरञ्जनको समय छ । 
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अरूको मुख ताक्नाले पछि परिनेछ। बुद्धिको उपयोगले समस्या सुल्झाउन सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
गुमेको स्थान प्राप्त हुनेछ। तापनि उपलब्धि हातपार्न समय लाग्नेछ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पुरुषार्थद्वारा अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। 
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शत्रुहरू किनारा लाग्नेछन्। प्रतिष्ठा जोगाउन सफल भइनेछ। विदेश यात्राको प्रक्रिया अघि बढ्न सक्छ।