धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिताको दोस्रो संस्करणको उपाधि धरानस्थित होलिल्याण्ड स्कुल हात पारेको छ ।   

शनिबार भएको फाइनल खेलमा डिपो स्कुललाई झिनो अन्तरले पराजित गर्दै होलिल्याण्डले उपाधि हात पारेको हो । प्रतिस्पर्धात्मक खेलमा डिपो स्कुललाई ५६–५५ अङ्कले पराजित गर्दै होलिल्याण्डले उपाधिसहित नगद २० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता डिपोले नगद १० हजार ट्रफी, मेडल र प्रमाणपत्र पायो । 

पहिलो क्वाटरमा डिपो स्कुले १२–८, दोस्रो क्वाटरमा १८–१२ अङ्कको अग्रता लिए लिए पनि तेस्रो क्वाटर र चौथो क्वाटरमा होलिल्याण्डले २१–१९ र १५–६ अग्रता बनाएको थियो । 

Dharan Megha Rewahang basketball (1)

प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयर होलिल्याण्डका करुण तामाङ घोषित भए । उनले नगद दुई हजार ५ सय, ट्रफी र प्रमाणपत्र पाए । प्रतियोगिता अवधिभरि चार खेलबाट व्यक्तिगत ८४ स्कोर गरेका डिपो स्कुलका रुपक श्रेष्ठले हाईस्कोररको उपाधिसहित नगद २ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताको इमर्जिङ टिम उपाधि प्रभात इङ्लिस बोर्डिङ स्कुल घोषित भयो ।

थ्री पोइन्टमा सियोनका रिसब

प्रतियोगितामा फाइनल खेलअघि भएको थ्री पोइन्ट कम्पिटिसनमा सियोन स्कुलका रिसन कुँवर च्याम्पियन बने । प्रतिस्पर्धी ८ जनालाई हराउँदै रिसबले नगद दुई हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गरे । 

विजेता तथा उपविजेता खेलाडीलाई धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बू, प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघा, पूर्व संघीय सांसद जयकुमार राई, सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, दिवंगत रेवाहाङका बाबा–आमा रेवतिरमण राई र सुजता राईले पुरस्कार हस्तान्तरण गरे । 

प्रतियोगितामा धरान आसपासका १६ टिमले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको प्राविधिक सहयोग सुनसरी बास्केटवल संघले गरेको थियो । 

उदयमान बास्केटवल खेलाडी दिवंगत रेवाहाङ राईको स्मृतिमा उनको परिवारले अक्षयकोष स्थापना गरी गत वर्षदेखि प्रतियोगिता सञ्चालन गर्दै आएको छ । प्रतियोगितालाई धरान मेघा कलेज र धरान बास्केटबल संघले सहकार्य  गरेको छ । २०७७ माघ २० गते १६ वर्षको उमेरमा दिवंगत भएका रेवाहाङ उदयीमान बास्केटबल खेलाडी थिए । उनको स्मृतिमा परिवारले दुई लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । 

Dharan Megha Rewahang Basketball Tournament blastkhabar (1)

Dharan Megha Rewahang Basketball Tournament blastkhabar (3)

Dharan Megha Rewahang Basketball Tournament blastkhabar (2)