धनकुटा । बिगतका बर्षहरुमा डेंङगीको संक्रमण खास गरी तराइका जिल्लामा बढि मात्रामा फैलने गरेको पाइन्थ्यो । पहाडी र हिमाली जिल्लाहरु तुलनात्मक रुपमा तराइका जिल्ला भन्दा सुरक्षित हुने गरेका थिए ।
तर, यो बर्ष प्रदेश नं.१ मा भने नतिजा फरक देखिएको छ । तराइका जिल्ला भन्दा पहाडी र हिमाली जिल्लामाहरुमा बढि फैलिएको १ नम्वर प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ ।
पछिल्लो समय प्रदेश नं.१ मा डेंगुको संक्रमण वढ्दो छ । स्वास्थ्य निर्देशनालय धनकुटाको अनुसार लामखुट्टेको टोकाइवाट हुने डेंगुका विरामीको संख्या प्रतिदिन बढिरहेको छ । बिहिबारसम्म प्रदेश नं. १ का १४ जिल्ला भरि डेङंगी का विरामीको संख्या ५ सय ८४ पुगेको छ । अझ अनौठो तथ्य त यो पटक डेंगुको संक्रमण तराइका जिल्लामा भन्दा पहाडी र हिमालि जिल्लामा फैलिएको छ । अघिल्लो बर्षहरुमा तराइ, भित्रि मधेश र उपत्याका जस्ता घना जनघनत्व हुने मानवबस्तीमा बढि देखिने डेंगुको संक्रमण यो बर्ष भने पहाडी र हिमाली जिल्लाहरुमा बढि देखिएको छ ।
गएको मंगलबारसम्म प्रदेश नं.१ को तराइका तिन जिल्लामा १ सय ६१ ब्यक्तिमा मात्र डेंगु देखिदा पहाडी तथा हिमाली जिल्लाहरुमा भने ४ सय ४ ब्यक्तिमा डेंगी को संक्रमण देखिएका छ । प्रदेश नं.१ को तेह्रथुम जिल्लामा सबै भन्दा बढि १ सय २५ ब्यक्तिमा यसको संक्रमण देखिएको छ । त्यस्तै संखुवासभामा १ सय ३ जनामा संक्रमण देखिएको छ । खोटाङमा ४३, ओखलढुङ्गामा ३५, भोजपुरमा ३३ र धनकुटामा २६ ब्यक्तिमा संक्रमण देखिएको छ । तराइमा सबै भन्दा बढि मोरङ्ग जिल्लामा ६८ ब्यक्तिमा डेङ्गी देखिएको छ । सुनसरीमा ५० तथा झापामा ४३ ब्यक्तिमा संक्रमण देखिएको छ । भित्रि मधेसको रुपमा रहेको उदयपुर जिल्लामा १९ जनामा संक्रमण देखिएको छ । यो संक्रमण फैलदो रुपमा रहेकाले एडिज जातको लाम्खुट्टेवाट जोगिनु एकमात्र बिकल्प रहेको जिल्ला अस्पताल धनकुटाका डा.मनिष शाहाले वताएका छन् ।
जिल्ला अस्पताल धनकुटाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट समेत रहेका शाहाले थकित जिउदुखेको, कमजोर महसुस अत्याधिक टाउको, आखा दुख्ने वाक्वाकी लाग्ने तथा १०० डिग्रि भन्दा बढी ज्वरो आउनु आदि यसको लक्षण भएको वताए । यी लक्षण देखिएमा पारासिटामोल जस्ता सामान्य औषधी घरमै प्रयोग गर्न सकिन्छ । सामान्य औषधी प्रयोग गर्दा निको नभएमा नजिकको अस्पताल जान डा. शाहाले सर्वसाधरणलाई सूझाव दिएका छन् ।
यो एडिज जातको लाम्खुट्टेको टोकाइवाट मात्र सर्ने संक्रमण हो । डेंङगी भएको बिरामीलाइ टोकेर अर्को ब्यक्तिलाइ टोकेमा यसले संक्रमण सार्ने गर्दछ । लाम्खुट्टेले टोकेको ४ देखि १४ दिन भित्रमा यसको लक्षण देखिन्छ । पहिलो चरणमा संक्रमितले राम्रो उपचार नपाएमा गम्भीर समस्या आउने र बिरामीको मृत्यु पनि हुने चिकित्सकको भनाइ छ ।
































