धरान । झापाको बिर्तामोड नगरपालिका ५ स्थित सुगम पेट्रोल पम्प नजिकै पार्किङ गरी राखेको एउटा मालबाहक ट्रकमा आगलागी भएको छ । 

ना.४ ख ४१८१ नम्बरको ट्रकमा अचानक तार सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार बुधबार दिउँसो साढे ४ बजेतिर आगलागी हुँदा करिब पाँच लाख रुपैयाँ क्षति भएको छ । 

प्रहरीका अनुसार आगलागीबाट ट्रकको भित्री क्याबिन, इन्जिनको भाग र महत्त्वपूर्ण कागजातहरू जलेर नष्ट भएको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोली, स्थानीयको सहयोगमा आगो पाँच बजेतिर पूर्ण नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।