झापा । झापाको दमक नगरपालिका–१ भानुचोककी ३० वर्षीया शोभा साहको पेट्रोल छर्की आत्मदाह प्रयासपछि मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिम्सिनाका अनुसार सोमबार दिउँसो घरमा एक्लै भएकी बेला शोभाले शरीरमा पेट्रोल छर्की आगो लगाएकी थिइन् ।

गम्भीर घाइते अवस्थामा उनलाई प्रारम्भिक उपचारका लागि दमक अस्पताल पुर्याइएको थियो । त्यसपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको भए पनि त्यहाँ उपचार सम्भव नभएको जनाइएपछि बिर्तामोडको विएण्डसी अस्पताल ल्याइएका बेला उनको मृत्यु भएको हो ।

श्रीमान् मनोज साहसँगको मनमुटावका कारण उनले यस्तो कदम चालेको हुनसक्ने प्रहरीको अनुमान छ ।