धरान उपमहानगरपालिकाका ३वटा वडाको प्रारम्भिक मत परिणाम अनुसार नेपाली कांग्रेसका किशोर राईले अग्रता लिएका छन् । वडा नम्बर १ मा  १०० मत गणना हुँदा   स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले ३३ मत ल्याएअका छ्न भने  गठवन्धनबाट नेपाली काँग्रसका किशोर राईले ३१, एमालेका मन्जु भण्डारीले १६ र राप्रपाका नरेश शाक्यको ३ मत प्राप्त गर्नु भएको छ ।  २ नम्बर वडामा राईले ४० मत पाएका छ्न भने एमालेकि भण्डारीले २० र स्वतन्त्र उमेदवार साम्पाङ्ले २४ मत ल्याएका छन् ।  त्यस्तै ३ नम्बर वडामा राईले ४६, सांंम्पाङले २१ मत ल्याएका छ्न ।  तीन वटा वडाको ३०० मत गणना हुँदा उपमेयरमा माओवादी केन्द्रका आईन्द्र बिक्रम बेघाले १२५ र एमालेका पदम लिम्बुले ५२ मत प्राप्त गरेका छन् ।