श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल भदौ २५ गते बुधबार, १० सेप्टेम्बर २०२५,सिद्धार्थीनाम संवत्सर। आश्विन कृष्णपक्षको तृतीया तिथि १८ः१७ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र रेवती १९ः३८ बजेसम्म, उप्रान्त अश्विनी, चन्द्रमा राशि मीन, सूर्याेदय ०५ः४७ बजे र सूर्यास्त ०६ः१३ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनु पर्ला। सहयोगको प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सहयोग गर्नेहरू कमै भेटिनेछन् । मनकारी साथीभाइ टाढा हुनेछन् । अवसरका लागि निकै दौडधुप गर्नुपर्ला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आकस्मिक खर्च बढ्नेछ । समयमा आलश्य गर्ने बानीले पछि परिनेछ। रोकिएको काम बन्न सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आम्दानीका स्रोत फेला पर्नेछन्। व्यवसायमा फाइदा हुनेछ। भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धेरैको मन जित्न सकिनेछ। रुचिका विषयमा लगानी बढाउने समय छ। थोरै लगानीबाट पनि लाभ आर्जन हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ कामतर्फ अग्रसर भइनेछ र छोटो समयमै काम बनाउन सकिनेछ।सबैलाई समेट्न नसक्दा पछि परिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तालमेल नमिल्दा योजना अधुरै रहनेछ। ईष्र्या गर्नेहरू सक्रिय रहनेछन् । कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सानातिना काममै अल्झनुपर्नेछ। कामको राम्रै मूल्याङ्कन भए पनि प्रतिफल हातपार्न समय लाग्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अवसर आए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पु¥याउनुहोला। उचित मूल्य प्राप्त नहुन सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
काम देखाएर केही फाइदा उठाउन सकिनेछ। शुभचिन्तकहरू जुट्नाले पहिलेको चुनौती समाप्त होला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रयत्न गर्दा पदीय जिम्मेवारी पाइनेछ। गरी आएको कामलाई पनि निरन्तरता दिन सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
परिस्थितिवश कार्यसम्पादनमा केही समय लाग्नेछ। आकस्मिक समस्याले दौडधुप गराउन सक्छ।