केपी ओलीको राजीनामापछि उत्पन्न शून्यतालाई व्यवस्थापन गर्नका लागि नेपाली सेनाले जेन जी पुस्तालाई हिजो आह्वान गरेकामा भर्चुअल छलफलमा उपस्थित जेन जी युवाहरुको मत पूर्व प्रधानन्यायाधीश शुशीला कार्कीमा परेको भनी सेनाकोमा उक्त प्रस्ताव लिएर गए पनि उक्त प्रस्तावमा असन्तुष्टि जनाउँदै नाराबाजी भएको कारण सेनाले युवाहरुलाई आज बिहीबार)  बिहान सम्पर्कमा आउनू भनेपछि  अन्तरिम सरकार गठन गर्ने समय लम्बिएको छ । 

 मुलुक सरकारविहीन भई शान्ति सुव्यवस्था अस्त–व्यस्त भएका कारण र जेन जी पुस्ताका युवाहरुले सेनालाई आह्वान गरेपछि सेनाले मुलुकभरि सुरक्षा दिइरहेको तथा अन्तरिम सरकार गठनको प्रयासमा लागिरहेको छ । मुलुकको अवस्था छिटपुट घटनाबाहेक सामान्य बन्दै गएको र जेन जीहरुको मागअनुसारको शासन व्यवस्थाका लागि सेनाको पहल भइरहेकोले आज दिनभरिमा अन्तरिम सरकार बन्नेमा नेपाली जनता विश्वस्त छन् । 

वैदेशिक हस्तक्षेप हुने सम्भावनालाई जेन जी पुस्ताका युवाहरुले मनन् गर्दैै छिटो अन्तरिम सरकार बनाइसक्नु पर्ने भन्ने देखिनुले युवाहरु कति सचेत छन् भन्ने कुरा बुझ्न सकिन्छ । युरोपियन र अन्य वैदेशिक शक्तिहरुले अन्तरिम सरकारको भूमिकामा प्रवेश गर्न चाहेको कुरा संयुक्त राष्ट्रसङ्घ सघाउन आउने कुराले पुष्टि गरिसकेको छ । त्यसैकारण आफ्नो मुलुकको हितका खातिर आन्तरिक तवरबाटै सरकार गठन गर्ने प्रक्रियाका लागि सेना र युवापुस्ता कटिबद्ध रहेको देखिएको छ । भर्चुअल बैठकमा करिब दश हजार युवाहरुको उपस्थितिमा व्यक्त गरिएका धारणाहरुले यो कुराको पुष्टि गर्दछ । 

अन्तरिम सरकारमा प्रधानमन्त्री जो भए पनि सरकारका अन्य मन्त्रीहरुमा प्रस्तावित गरिएका नामहरु पर्ने सम्भावना छ । सेना जनताको सम्पत्ति हो, त्यसैले उसको छवि निष्पक्ष, गैर–राजनीतिक र व्यावसायिक रहनु अपरिहार्य हुन्छ । अन्तरिम सरकारले नै चुनावी प्रक्रियाको आरम्भ गर्ने र युवाहरुको माग बमोजिम प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, संसद् विघटन, सङ्घीयता खारेजी जस्ता मागहरुसमेत सम्बोधन हुँदै जानेछ भन्ने कुरामा विश्वास गर्न सकिन्छ । तत्कालको चुनौती र चिन्ताको विषय भनेको आन्तरिक मामिलामा विदेशी घुसपैठ नहोस् भन्ने हो । सबै सचेत र चनाखो बनौं, नेपालको सुनौलौ भाग्य र भविष्यको रेखा कोर्ने अभिभारा अब युवाहरुको काँधमा आउँदैछ ।