धरान । प्रदेश १ का सबै अस्पताललाई अक्सिजन आपूर्ति गर्न सक्ने क्षमता भएको देश भरका अस्पतालमध्ये सबैभन्दा ठूलो अक्सिजन प्लान्ट रहेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान दैनिक अक्सिजन सिलिण्डर खरिद गरिरहेको छ भन्दा आश्चर्य लाग्छ ।

तर दैनिक १६ सय लिटर अक्सिजन उत्पादन गर्न सक्ने प्लान्ट खरिद गरे पनि अस्पताललाई चाहिने अक्सिजन भने निजी कम्पनिबाट खरि गरिरहेको छ । प्रतिष्ठानले कोटेशनमा झन्डै दैनिक ४५० रुपैयाँ प्रतिसिलिण्डर खरिद गरिरहेको छ ।

२०७३ जेठ १४ गते कार्यकारिणी समितिबाट खरिद स्वीकृत लिएर काठमाडौंको डाइग्नोकेम इन्टरनेसनलसँग असार २९ गते सम्झौता गरेर प्लान्ट खरिद गरे पनि ठेकेदार कम्पनिले प्लान्टलाई पूर्णरुपमा सञ्चालन गर्न आवश्यक औजार हालसम्म आपूर्ति नगर्दा अस्पताल प्रशासन अन्य निजी कमपनिसँग अक्सिजन खरिद गरिरहेको हो ।

समझौताको ४ नं. बुँदामा आपूर्तिहुने उपकरण प्रतितपत्र खोलेको १२० दिनमा आपूर्ति गर्ने, यदि नभए ०.०५ प्रतिसत हर्जना लाग्ने उल्लेख गरिएको थियो । सम्झौताको पहिलो बुँदामै मेसिन जडान, आपूतिको वारेन्टी/ग्यारेन्टी अवधी ५ बर्ष तोकिएको थियो । २०७३ साल मै एलसी खोलिए पनि सम्बन्धित कम्पनिले २०७५ माघ १३ गतेसम्म मेसिन जडान गर्न सकेन ।

तत्कालिन उपकुलपति प्राडा विपी दास र  इन्जिनियरिङ विभगाका इन्जिनियर राहुल मिश्रको मेलेमतोमा कम्पनिलाई १०० प्रतिशत नै एडभान्स रकम उपलब्द गराएका कारण तीन बर्षसम्म प्रतिष्ठानलाई समान नदिएको पाइएको छ ।

२०७५  माघ २४ मा ३ करोड २४ लाख रुपैयाँ लगानीमा अर्को प्लान्ट जडान गरियो तर कमसन सामानका कारण पूर्णरुपमा सफल हुन नकेन । पटक पटक मर्मत गदैं आधा प्लान्ट प्रतिष्ठानले चलाइरहेको छ ।  

टेन्डर पारेको काठमाडौंको डाइग्नोकेन प्रालिले १ सय २० दिनभित्र जडान गरिसकेर परीक्षण र सञ्चालन गर्नुपर्ने सम्झौता थियो । ०७५ भदौ अन्तिम सातामा मात्र युनिषी इन्डियासँग मिलेर ल्याएको उपकरणमा आवश्यक औजार नदिए डाइग्नोकेनका प्रतिनिधि विज्ञान अर्याल सम्पर्कविहीन भएका थिए ।

प्रतिष्ठान व्यवस्थापनले ठेकेदारलाई कारबाही प्रक्रियामा जाने चेतावनीपत्र लेखेपछि युनिषीले पठाएको प्राविधिकले प्लान्ट जडान गर्यो र टिकाउ हुन सकेन । १६ सय लिटर प्रतिमिनेट उत्पादन क्षमताको नयाँ प्लान्टबाट अन्तर्राष्ट्रिय मापदण्डअनुसार शुद्ध अक्सिजन उत्पादन हुने भनिएको थियो ।

तर उत्पादन नै बन्द भएपछि प्रतिष्ठानले निजी क्षेत्रको कम्पनीबाट खरिद गरिहरको हो ।  सेटिङमा खरिद गरिएको तीन करोड २४ लाख लागतमा खरिद गरिएको मेसिनका पार्ट पूर्जा ठेकेदार कम्पनिले आपूर्ति गरेको थिएन । टेन्डरको स्पेसिफिकेसन अनुसारका ठेकेदार कम्पनिले उपलब्द गराउनु पर्ने इलेक्ट्रिक केवल, एयर सरक्युट व्रेकर, इन्टरनल वाइरिङ, त्यसमा जडानहुने फ्यान, लाइट कम्पनिले आपूर्ति गरेको थिएन ।

प्लान्टकालागि आवश्यक अपरेटर च्याम्वर,  मुख्य उपकरण अटोमेटिक चेन्ज ओभर सिष्टम प्प्यानललगायतका करोडौ पर्ने सामान ठेकेदार कम्पनिले आपूर्ति नगरेका कारण ३ बर्षसम्म अक्सिजन प्लान्ट सञ्चालनमा आउन सकेन । ठेक्काको सबै रकम मिलेमतोमा भुक्तानी गरिएकाले प्लान्ट इन्स्टल गर्न कम्पनिले चासो देखाएन । प्रतिष्ठान कै  कर्मचारीको मिलेमतो भए पछि अस्पताल प्रशासन मुकदर्शक बन्यो ।

आफ्नै प्लान्ट छ तर अक्सिजन शिलिण्डर बाहिरबाट आउछ
आफ्नो अक्सिजन प्लान्ट पर्याप्त अक्सिजन उत्पादनमा सक्षम हुँदाहुँदै प्रतिष्ठान व्यवस्थापनले खनारको विनायक अक्सिजनका सिलिण्डर किनिरहेको छ । यसअघि बषैंदेखि दर्गा अकिसजन प्रालिबाट खरिद गरिरहेको थियो ।

आफ्नो प्लान्टलाई पूर्ण सञ्चालनमा नल्याएर बाहिरबाट अक्सिजन ल्याउँदा प्रतिष्ठानलाई नोक्सानी भइरहेको छ । तर, व्यवस्थापन बाहिरी कम्पनीबाटै अक्सिजन खरिद गरेर प्रतिष्ठानको नोक्सानीलाई घटाउन नचाहनुले यहाँले कर्मचारी, पदाधिकारी सेवा भन्दा पनि कमाउका लागि जागिर खाएको प्रष्ट भएको छ ।

ठेकेदारसँग कर्मचारी आफै समान विर्गाछन र मर्मत गराउछन्
अक्सिजन प्लान्ट जडान र आपूर्तिको ठेक्का सम्झौताविपरीत पूर्ण क्षमतामा सञ्चालन नभई प्रतिष्ठानले जिम्मा लिनु नै यसको कारण भएको प्रतिष्ठानको इलेक्ट्रोमेड शाखामा कार्यरत् एक कर्मचारी बताउछन् ।

नविग्रिएको सामानलाई विगारेर ठेकेदार कम्पनिसँग मिलेर कमिसन खाने कर्मचारीहरु पनि प्रतिष्ठानमा प्रसस्त रहेको ती कर्मचारी बताउछन् ।

दशै अघि प्रतिष्ठान भित्रको समस्याबारे बुझन आएको सुनसरी १ नंं क्षेत्रका माननीयहरुलाई उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीले प्रतिष्ठानको कोभिड अस्पतालको भेन्टिलेटरमा पानी हालेर विगारी दिएर अस्पताल प्रशासनलाई असफल बनाउन खोजेको भन्ने जवाफ दिएका थिए ।

उपकुलपतिको यो भनाईले यहाँका कर्मचारी व्यापारीसँग मिलेर राम्रो चलिरहेको मेसिनलाई समेत विगार्ने गरेको प्रमाणित गर्छ ।
प्रतिष्ठानका एक कर्मचारीका अनुसार कोभिड अस्पतालको भेन्टिलेटर इन्जिनियर राहुल मिश्रले आफै पानी हालेर विगारेको आरोप लगाए ।

सो मर्मत वापत ठेकेदारकम्पनिबाट मोटो रकम कमिसन आउने गरेको श्रोतले बताएको छ । पिरियोडिक मर्मत बाहेक पनि लाखौ रुँपैया मर्मत बापत प्रतिष्ठानले राहुल मिश्राको सिफारिसमा ठेकेदार कम्पनिलाई भुक्तानी गदैं आएको छ । जवकी अक्सिजन प्लान्ट ५ बर्षको वारेन्टिमा ल्याएइको हो । तर प्रतिष्ठान कै फल्ट देखाएर एक पटक १५ लाख र एक पटक २७ लाखको विल लेखा शाखामा पुगेको छ ।

२०७३ सालमा खरिद गरिएको प्लान्ट पूर्णरुपमा सञ्चालनमा नआउदा हाल कोभिड अस्पतालमासमेत अक्सिजन अभाव भई दैनिक विरामीको मृत्यु भइरहेको छ ।

प्रतिष्ठानले कोटेशनमा झन्डै ३५० रुपैयाँ प्रतिसिलिण्डर खरिद गरिरहेको छ । यसमा ढुवानी र तेल खर्च अलग्गै जोडेर ४२५ रुपैयाँ पुर्याइएको छ ।

आफ्नै प्लान्टमा अक्सिजन उत्पादन हुँदाको भन्दा यो खर्च दोब्बर हो । अहिले विनायक अक्सिजनबाट दैनिक ४६.७ लिटर सिलिण्डर प्रतिष्ठानमा आपूर्ति भइरहेको छ ।

प्र्रतिष्ठानलाई नोक्सान पुर्याउने कम्पनि  कर्मचारीलाई पुरस्कार
सम्झौताविपरीत काम गरेको भन्दै प्रतिष्ठानका तत्कालीन पदाधिकारीले उक्त कम्पनीलाई कालोसूचीमा राखेर कारबाही गर्नुपर्ने सिफारिस गरेको भए पनि सेटिङमा हाल पनि  थिए। तर, हालसम्म पनि उक्त कम्पनीलाई कारबाही नगरी प्रतिष्ठान व्यवस्थापनले सोही कम्पनीलाई अक्सिजन प्लान्टको जिम्मा दिइरहेको छ ।

डाइग्नोकेम इन्टरनेसनका विज्ञान अर्याललाई नै कोभिड अस्पतालको अक्सिजन सिलिण्डर आयत गर्न ठेक्का दिइएको छ । इलेक्ट्रोमेड इन्जिनियर राहुल मिश्र र भ्रष्टचार मुद्धा खेपिरहेका विपी दासको दवावमा सानो १५० लिटर क्षमताको अक्सिजन शिलिण्डरका लागि र कोभिड अस्पतालमा अक्सिजन पाइपलाईन विस्तार गर्न ठेक्का दिएको छ ।

उनको कम्पनिले अस्पताललाई करोडौको नोक्सानी गरेको भन्दैं कालो सूचिमा राखी कारवाही गर्न अस्पताल निर्देशक प्राडा गौरीशंकर साहले ५ पेज लामो जानकारी पत्र २०७६ माघ ३ गते तत्कालिन कार्यवहाक उपकुलपति  प्राडा गुरुप्रसाद खनाललाई बुझाएका थिए ।

सोको बोधार्थ मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्रीको कार्यालयमा पनि दिइएको थियो । तत्कालिन रजिष्टार तुलबहादुर श्रेष्ठले पनि २०७४ असार १५ मा उपकुलपतिलाई सिफारिस गरेका थिए । अस्पताललाई हानी नोक्साी पुर्याइरहेको कम्पनि र व्यक्तिलाई हालको अस्पताल प्राशसनले पनि पुरस्कृत गरिरहेको छ ।

इन्जिनियरङि कम्पनिको सामान्य मान्यता अनुसार यस्ता काम वायो मेडिकल इन्जिनिरले गर्नु पर्ने हुन्छ । तर प्रतिष्ठानको अक्सिजन प्लान्ट हेर्न इलेक्ट्रिक इन्जिनियर राहुल मिश्रालाई दिइएको छ ।

विगतमा सेटिङमा रहयोग गरेका राहुललाई हालका पदाधिकारीहरुले पनि निरन्तरता दिनुलेहालका पदाधिकारीसँग पनि सेटिङ भएको अशंका गरिएको छ । राहुल पूर्व उपकुलपति विपी दासका विशवास पात्र हुन उनकै निगाहामा तत्कालिन कार्यवहाक उपकुलपति प्राडा गुरु खनाले निरन्तरता दिएका थिए ।  

प्लान्ट आपूर्ति गर्ने ठेकेदार कम्पनिका सञ्चालक विज्ञान अर्यालले सम्झौता अनुसारको केही सामान आपूर्ति गनृ ढिलाई भएको स्वीकार गरे । प्राविधीक कारणले ढिलाई भएको तर हाल अक्सिजन प्लान्ट चलिरहेको दावी गरेका छन् । आफुहरुले अन्य स्थानबाट अक्सिजन किन्न नपर्ने गरि व्यवस्थापन गरिएको उनको भनाई छ ।

 ‘जिओलाइट ट्यांक ल्याएर तयारी अवस्थामा राखेका छौं । सामान नपाएर ल्याउन केही समय ढिला भएको हो । जिओलाइट मेसिन सबैभन्दा महगो मेसिन हो । २०७३ साल मै उपलब्द गराउनु पर्ने मेसिन कम्पनिले भरखर उपलब्द गराएको छ । ३करोड २४ लाख अक्सिजनको ठेकका हो ।

झण्डै डेढ करोड जिओलाइटलाई पर्ने प्रतिष्ठानका एक कर्मचारीले बताए । करोडौको सामान समयमा उपलब्द नगराएर ठेकेदार कम्पनिले प्रतिष्ठानलाई नोक्सान पुर्याउदासमेत अस्पताल प्रशासन भने काममा तेल हालेर बसेको छ ।

अकिसजन प्लान्टको विषयमा आफुले पटक पटक उपकुलपति समक्ष लिखित प्रतिवेदन दिएर पनि कारवाहीको लागि आदेश नपाएको अस्पताल निर्देशक प्राडा गौरीशंकर साह बताउछन् । अनियमितताबारे कुरा उठाउनदा उल्टै आफ्ना अधिकार अधिकार कटौतीमा गरिएको बताए ।

भ्रष्टचार मुद्वा खेपिरहेका विपी दास, व्यवसायी चेतन अग्रवालको सेटिङमा जिम्मेवारी पाएका इन्जिनियर मिश्रालाई हालका उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीले पनि संरक्षण गरेको प्रतिष्ठानका एक कर्मचारीले बताए । जसकाकारण प्रतिष्ठान धारासायी बनेको छ उनलाई संरक्षण गरेर प्रतिष्ठानलाई मृत्यु स्थल बनाउने काम भएको नागरिक समाजका अगुवाहरुले पनि टिप्पणी गरेका छन् ।

२०७३  सालदेखि ३ करोड २४ लाखको बेरुजु
ठेकेदार कम्पनिले अक्सिजन प्लान्ट तोकिएको समयमा जडान गरेन । आवश्यक सामानसमेत उपलब्द गराएन । जसका कारण प्रतिष्ठानको स्टोर शाखामा दाखिला भएको छैन् ।

प्रतिष्ठानका नियम अनुसार कुनै पनि सामान खरिद गरे पनि मुल्याङ्कन समितिले मूल्याङ्कन गरि स्टोरमा दाखिला गर्नु पर्ने हुन्छ । प्रतिष्ठानले खरिद गरेको अक्सिजन प्लान्ट हालसम्म स्टोरमा दाखिला नभएको बायोमेड इन्जिनियर प्रदिपराज साहले बताए ।

 स्टोरमा दाखिलाभएको प्रतिवदेन नभए पनि उक्त सामानको बेरुजी देखिएको छ । महालेखाले प्रत्येक बर्ष  बेरुजु देखाउदैं आएको प्रतिष्ठानका एक कर्मचारीले बताए ।