डेङ्गु रोग अहिले महामारीका रूपमा धरानमा बढोत्तरी हुने क्रम जारी छ । धरान उपमहानगरपालिकाले ४ वटा फगिङ मेशिन ल्याएर धरानभरि डेङ्गु फैलाउने मच्छरविरुद्ध विषादी धुवाँ छरे पनि यसबाट सङ्क्रमित रोगीहरूको सङ्ख्या झनभन्दा झन वृद्धि हु“दै गएकाले धरानवासी सबैमा चासो र चिन्ताको विषय बन्दै गएको छ । यतिबेला धरानका प्रत्येक व्यक्तिलाई यसतर्फ होशियार रहनुपर्ने र सावधानी अपनाउनु पर्ने अवस्था आइपरेको छ । यो चिन्ता र चासोको कारण डेङ्गु मच्छरकोलार्भालाई सो धुवाँले मार्न नसक्नु हो भन्ने ठहर धरानका स्वास्थ्य विशेषज्ञ र यसमा सरोकार राख्नेहरूले गरिसकेका छन् ।

kishor karki

यो लेखको सन्दर्भ लार्भालाई कसरी मार्ने र रोकथाम गर्न सकिन्छ भन्ने कुरामा केन्द्रित छ । खुला आँखाले देख्न नसकिने मच्छरको लार्भा खासगरी जमेको पानीमा रहने र रगत चुसेर यो वयस्क हुँदै जाने हो । लार्भाको जीवनका लागि एकदमै थोरै पानी भए पनि पुग्छ । प्लाष्टिकको झोलामा जमेको पानी होस कि बाल्टी वा पोखरी वा ड्रम वा टायरमा जमेको पानी सबैमा लार्भा बा“च्न सक्ने भएकाले त्यसतर्फ सजगता अपनाउन आवश्यक भएको छ । समस्या भइसकेपछि समाधान गर्नेतर्फ लाग्नु भन्दा लार्भा नष्ट गर्न पट्टि सम्बन्धित सरोकारवालाहरू लागिहाल्नु पर्ने अवस्था आएको छ । त्यसकारण घरभित्र वा घरबाहिर जमेको पानीको लार्भालाई नष्ट गर्ने थुप्रै घरेलु साधनहरू तपाईं हामीले प्रयोग गर्न सक्छौं ।

लार्भाको रोकथाम
सबैभन्दा उत्तम उपाय मच्छरको लार्भालाई निषेध गर्नु हो । त्यसो गर्नका लागि ड्रम, बाल्टी, खेलौना, प्लाष्टिकका झोला जहा“ थोरै भए पनि पानी जम्न सक्छ त्यस्तो सामानलाई खाली गर्नु र घोप्ट्याएर राख्नु राम्रो हुन्छ । पानी जम्न सक्ने जुनसुकै स्थान जहाँ मच्छरको लार्भा हुन्छ त्यस्तो तपाईंको वरिपरिको ठाउँहरू निरीक्षण गर्नुहोस् र खाल्डाखुल्डीको पानी हटाउनुका साथै घरमा भएको पानी ट्याङ्की छोपिएको छैन भने छोप्ने पट्टि ध्यान पुर्याइहाल्नुपर्ने हुन्छ । तपाईंको घरपछाडि वा अगाडि कतै माछा पोखरी छ भने त्यसका छेउछाउमा मच्छरलाई मन नपर्ने रुख विरुवाहरू ब्रम्हबुटी (catnip) वा पुदिनाका विरुवाहरू रोप्नु पर्छ र राम्ररी हावा चल्ने ठाउँ हुनु राम्रो हुन्छ ।

लार्भा नष्ट कसरी गर्ने
यदि तपाईंको घर वरपर, भित्र, बाहिर लार्भा रहेको पाउनु भयो भने लार्भालाई मार्न तपाईंले घरेलु उपायहरू अपनाउन सक्नुहुन्छ । आफू वरिपरिको वातावरणलाई ध्यान दिनुहोस् र बच्चा वा घरपालुवा जनावरहरूको सुरक्षातर्फ सजग हुँदै नियन्त्रणमुखी विधि अपनाउनु पर्छ । कुनै मच्छर कुनै विधि र कुनै मच्छर अर्कै विधिबाट नियन्त्रणमा आउन सक्ने भएकाले बहु विधिको प्रयोग गर्नेतर्फ ध्यान दिने र जुन विधि उपयुक्त लाग्छ त्यसैलाई निरन्तरता दिँदा राम्रो हुन्छ ।

तेल
एउटा विधि जमेको पानीको सतहमा वनस्पति तेल वा जैतुनको तेल हालिदिँदा लार्भालाई चाँडै मार्छ । यो विधिमा तपाईं दालचिनी तेलको पनि प्रयोग गर्न सक्नुहुन्छ । एक ग्यालेन पानी बराबर एक चिया चम्ची तेलमात्र हाले पुग्छ । माछा पोखरीमा यो विधि प्रयोग गर्नु हुँदैन ।

एप्पल साइडर भिनेगर

1 1
एप्पल साइडर भिनेगर मानवीय स्वास्थ्य अति उत्तम औषधी पनि हो । यो गोरखा डिपार्टमेण्टल स्टोरलगायतका स्टोरहरूमा सजिलै पाइन्छ । यसले जमेको पानीमा हुने मच्छरको लार्भालाई प्रभावकारी रूपमा मार्न सक्छ तर लार्भा मर्न करिब १८ घण्टा लाग्न सक्छ । विषादीरहित यो भिनेगर ८५ प्रतिशत पानीमा १५ प्रतिशतको अनुपातमा लाउनु पर्ने हुन्छ । उक्त अनुपात भन्दा कम भिनेगरको प्रयोगले लार्भा मर्दैन । भिनेगर वातावरणमैत्री पनि हुने भएको यसको प्रयोग राम्रो हुन्छ । यो मच्छर भगाउनका लागि पनि प्रयोग गर्न सकिन्छ ।

साबुन
कतिपय हार्डवेयर पसलहरुले, औषधिपसलहरूले किटनाशक साबुनहरू राखेका हुन्छन् । जसले मुसा, साङ्लाहरू मार्ने काम गर्छ । हुन त कुनै पनि साबुनले पनि मर्न सक्छ । लार्भाबाट मुक्ति पाउनका लागि केही मात्रामा जमेको पानीमा हालिदिएमा लार्भा मर्छ । एक मिलिलिटर साबुन ( तरल जस्तो स्याम्पु ) ले एक ग्यालेन बराबर पानीमा राम्रो काम गर्छ र लार्भा मार्छ ।

ब्लिचिङ झोल

blinching jhol
वातावरणमैत्री नहुँदा नहुँदै पनि ब्लाष्ट ब्लिच, कोलोरोक्स ब्लिच, सुपर क्लिन ब्लिच, स्पार्कल हाउसहोल्ड ब्लिचजस्ता नामले बजारमा पाइने यो झोलले लार्भालाई सजिलै मार्छ । तर यसको प्रयोग गर्दा अन्तिम उपायका रूपमा र त्यसको प्रयोग गरेको पानीमा घरपालुवा जनावर पुग्दैन भने मात्र प्रयोग गर्नु उचित हुन्छ । क्लोरिन ब्लिच विषादी भएकाले सो लगायतका माथि उल्लिखित ब्लिचहरू मध्ये एक चिया चम्चा ब्लिचले एक ग्यालेन बराबरको पानीलाई पुग्ने हुँदा सोही अनुपातमा जमेको पानीमा प्रयोग गर्दा राम्रो नतिजा आउ“छ । हिलो भएको खाल्डो भएमा १ लिटर पानीमा १ लिटर नै ब्लिचको प्रयोग राम्रो हुन्छ ।

ब्याक्टेरिया (जीवाणु)

bakteriya
घरेलु सामग्री नभएता पनि मस्किटो डङ्क ( मच्छर मार्ने औषधि) सुरक्षित तवरबाट मच्छरको लार्भा मार्ने एक राम्रो तरिका हो । यो रोटी आकारमा पाइने विषादीमा बेसिल्लस थुरिन्जेनिस इसराइलेनिस भन्ने ब्याक्टेरिया पाइन्छ जसले मच्छरको लार्भालाई मात्र हानी पुर्याउँछ । एउटा रोटी आकारको डङ्कले १०० वर्गफिटसम्म जमेको पानीमा काम गर्छ भने यसको असर ३० दिनसम्म रहन्छ । यो लार्भाको लागि काल भए पनि घरपालुवा जीवजन्तुका लागि हानिकारक भने छैन ।

सन्दर्भ स्रोतः मिचेल मिली
https://www.hunker.com/13406498/how-to-kill-mosquito-larvae-in-standing-water-with-household-products