धरान / राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) धरानको सम्पन्न भएको प्रथम पालिका अधिवेशनबाट सुमन श्रेष्ठलाई पुन सभापतिमा चयन गरिएको छ। शुक्रबार धरानमा सम्पन्न भएको अधिवेशन ले उपसभापतिमा राम कार्की, सचिवमा ख्यामप्रसाद फुयाल र सहसचिवमा सन्दिप शाक्य चयन भएका छन्।
त्यसैगरी अधिवेशनले १० जना सदस्यहरू पनि चयन गरेको छ। सदस्यहरूमा अतुल श्रेष्ठ, तोर्ण बहादुर कार्की, बन प्रसाद गुरुङ्ग, थाङ्गा बहादुर राई, मिरा लोहार, सुनिता श्रेष्ठ, ईन्द्रबहादुर कार्की, जीवन आचार्य, मेघराज पोखरेल, र मन कुमारी बिश्वकर्मा चयन भएको धरान उपमहानगरका संस्थापक सभापति राम कार्कीले जानकारी दिए ।
यस अघि पनि सुमनको नेतृत्वमा कमिटी रहेको थियो । पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनीधिसभा सदस्य अशोककुमार चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनमा केन्द्रीय सदस्य ज्वाला सग्रौला, बागमति प्रदेश पूर्वमहामन्त्री सीता बराललगायतको उपस्थिति रहेको थियो ।