लाक्ष्यणीकरुपमा तरल र द्वन्दात्मक अवस्थाबाट गुज्रिरहेको आजको हाम्रो समसामयिक परिबेश र वस्तुस्थितीकालागि बुद्धज्ञान र शान्ति आजको हाम्रो आवश्यकता बनेको छ । हामीलाई मात्र होईन सारा विश्वलाई आज बुद्धको ज्ञान र विबेक चाहिएको छ । जताततै हिंसा र आतङ्कको चपेटामा जेलिएको युगमा नेपालको लुम्बिनीमा ई. पू. ५६५ मा जन्मेका बुद्धको दर्शन र मान्यता आजको दिनमा ज्यादै उपयोगी महत्वको रहेको छ । भगवान बुद्धका सिद्धान्त र वाणीले आध्यात्मिक मार्गलाई मात्र समृद्ध तुल्याएको छ्रैन, सबै देश, वर्ग, जातजाती एवं मान्यता र सम्प्रदायमा मानवीय आचरणको विकाश फुलाउदै, संसारलाई अहिंसाबादी नैतिकवान आदर्शको गोरेटो तर्फ निर्देश गरेको छ । र बिश्व शान्तिको ध्वन्यात्मक बिगुल फुकेको छ ।
संसारका गुणी, अमृतवाणीका स्रष्टा भगवान बुद्धको मार्गका बारेमा कुरा गर्दा, बुद्धधर्मको प्रचारका सन्दर्भमा जानकारी राख्नुपर्ने हुन्छ । बुद्ध मान्यता धर्मको स्वरुपमा छिट्टै र सजिलै बिकास भएको होईन । यसका निम्ति बुद्धको बौद्विकत्व सम्पूर्ण जीवन नै खर्च भएको छ । बुद्धको जीवनकालमा अनुयायीहरु सीमित थिए । प्रचारप्रसार कम थियो । तर देह त्याग पछि यिनको अभुतपूर्व दर्शनको प्रभावले अनुयायीहरु असिमित रुपमा बृद्धि हुदै गए र क्रमसः बौद्ध दृष्टिकोण धर्मको रुपमा परिभाषीत हुदै गयो ।
मुलतः बौद्ध धर्मलाई संसारमा फैलाउने प्रमुख श्रेय ईसापूर्व तेस्रो शताब्दिका भारतका मौर्यसम्राट् असोकलाई जान्छ । यिनको समय र यिनीपछिको समयमा नै बौद्ध धर्मको प्रभावमा ब्यापकता आएको हो । तर बिडम्बना रु बुद्धको अवसान भएपछि भने ब्यापकता संगसगै बौद्ध अनुयायीहरुमा सैद्धान्तिक बिचलन पनि देखा पर्यो । यिनीहरुको वैचारिक मतभेदले गर्दा पहिलो शताब्दितिर बुद्धधर्मले हिनयान र महायान दुई हाूगामा बिभाजित हुनुपर्यो ।
बिभाजितताको यो परिण।ममा प्राकृत बौद्ध धर्म र मान्यताले ठूलो परिबर्तन स्वीकारेको थियो । जुन स्वीकारोक्तिमा पहिलो मतका हीनयानीहरु परम्पराबादी गनिए भने, महायानीहरु बुद्धलाई देउताको रुपमा मान्नेमा प्रचारित भए । हिनयानीहरुको प्रचारप्रसार रहेको बाहुल्य स्थान भनेको बर्मा, थाईल्याण्ड, कम्बोडिया आदी देशहरु हुन् । महायानीहरुको प्रभाव स्थल एसिया, चीन, कोरिया, अप्mगानस्थान, जापान आदी हुन् । महायानीहरु बुद्धमूर्ति पूजामा आश्रित भएका कारण जहा जहा महायानीहरुको प्रभाव बन्यो त्यहाू बुद्ध मुर्तिकलाको पनि बिकाश भयो ।
बुद्धको एतिहासिक जीवनसंग सम्बन्धित घट्ना, कथाहरुबाट प्रेरणा पाई बनिएको मुर्तिहरु आज बिश्वभर फैलिएका छन् । बुद्धको मुर्ति पुजासंग सम्बन्ध राख्ने गान्धार कलाशैली बिश्वको पहिलो बुद्ध मुर्तिकला शैली र संस्कार हो । यसको बिकास इसापूर्व ५० देखि ३०० इस्वीसम्म भएको थियो । यही कलाको शैलीमा भारतको मथुरा, नालन्द, मथुराहरुमा ठूलाठूला बुद्ध प्रतिमाहरु बनेका हुन् ।
अहिलेको भारतको पश्चिम पन्जाव र पूर्वी अफगानस्थान नै प्राचीन गान्धार राज्य हो । गान्धारमा महायानी सम्प्रदायको बिकास बेलैदेखि भएको थियो । त्यसैले त्यहा छुट्टै मुर्तिकलाशैलीको बिकाश भएको हो । यस शैलीमा भगवान बुद्धको युवाअबस्था देखाउने, शिरमा पगडीको आकारमा घुम्रेको जटा बनाउने, दुवै आखीभौं बीच गोलो बिन्दुको प्रयोग गर्ने, खुट्टासम्म झुण्डिएको लुगा र उभिएको बिशाल मुर्ति बनाउने शैली बिशेषता गान्धार शैली नै हो ।
यस्ता शैलीका मुर्तिहरु धरैजसो वामयान उपत्यकामा बनाईएको पाईन्छ । ईस्वीको ७ औं शतकतिर बौद्ध धर्म प्रचारको अध्ययन गर्न चीनबाट यही उपत्यको बाटो हुदै हुएन सा¨ यात्री भारत पसेका थिए । यो क्रममा उनले यो उपत्यका र यहा बनेका बुद्धका बिशाल मुर्तिकलाहरुको चर्चा गरेका छन् । वामयान क्षेत्रको बिशाल पाहाडे चट्टानमा खोपा खोपी त्यसमा मुर्ति बनाईएको उनले यात्रा वृतान्तमा उल्लेख गरेका छन् । उनले सानो र ठूलो भनी मुर्तिको प्रकारको वर्णन गरेका छन् । १३५ फिटको सानोलाई शाक्यबुद्ध भनेका छन् भने २१५ फिटको ठूलोलाई बुद्ध मुर्ति मात्र भनेका छन् । यस्तै धेरै सासाना मुर्तिहरुको पनि यात्रा वर्णनमा उठाएको पाईन्छ ।
यस्ता महत्वपूर्ण धरोहरहरु माथि ईस्वी १२२० तीर मुस्लिमहरुले आक्रमण रचेका थिए । त्यसताका तिनीहरुले धेरै मूर्तिहरु नष्ट पारे । बुद्धमुर्तिकलाहरुको नाक, हात तथा अन्य अङ्घहरु ताछिएको, टुक्रिएको देखिने कारण त्यतिबेला कै कर्त‘त हो । धर्म र सम्प्रदायको नियतमा मानवीय बिकाशको कसी, कलालाई नष्ट गर्ने यो खेल राम्रो थिएन । यतिले नपुगी आजको आधुनिक समयमा पनि केही वर्षअधि तालिवान सरकारले बामियान शहर र कलाको एतिहासिक धरोहर बुद्ध मुर्तिहरु हटाउने गरेको निर्णयले झनै संसारलाई स्तब्ध र आचार्यचकित तुलाएको थियो ।
यस्ता धट्नाहरु बुद्ध परम्परा र कलाको निम्ति दुखःत पक्ष हो । किनकी बुद्धका दर्शनको उपादेयता वा महत्व आज आध्यात्मिकबादमा मात्र सिमित रहेको छैन् भौतिक, सामाजिक, नैतिक र आदर्श राजनीतिका निम्ति पनि फलदायी रहेको छ । आज सबैको निम्ति बुद्ध दर्शन आवश्यकीय रहेको छ ।
(लेखक कलाकार एंव कलासमीक्षक हुन्)
































