रङ्गेली/ किसानले वर्षभरि दश नग्रा खियाएर गरेको मेहेनतको प्रतिफल नपाउन भएपछि मर्माहत बनेका छन् । किसानले बाली लगाउने जिवन धान्नकोलागी हो । सुनसरी- मोरङका उखु किसान मिलले नउठाउने भए पछि खेतमा ठाडै सुकेका उखु हेरेर बस्न बाध्य भएका छन् ।

सुनसरी-मोरङको ६ हजार २ सय २२ हेक्टरमा लगाईएको उखु खेतमै सुक्न थालेपछी किशानहरु चिन्तीत भएका छन् । करोडौको लगानीमा वर्षभरी मेहनत गरेर किशानहरुले उब्जाएको उखु चिनी मिलले समयमा खरिद नगर्दा किशानहरु चिन्तीत भएका हुन् ।

तर मिलले तोके बामोजिमको उक्त मुल्यमा खरिद नगर्दा किशानको गुजारा चलाउन समेत समस्या भएको छ ।

सरकारले तोकेको न्यूनतम मूल्यलाई चिनी मिलले अस्वीकार गर्दै किशानहरुको उखु खरिद नगर्दा खेतमै उखु सुक्न थालेको हो । सरकारले चालू आर्थिक वर्ष २०७५/७६ का लागि उखुको मुल्य प्रति क्विन्टल ५ सय ३६ रुपियाँ ५६ पैसा निर्धारण गरेको थियो ।

चिनी उद्योगीहरूले गत वर्षकै चिनी बिक्री नभएको र आफूहरूसँग छलफल नै नगरी मूल्य कायम गरिएको ईस्टन सुगर मिलका कर्मचारी मोहन तिम्सीनाले बताए । मोरङ र सुनसरीका लाखौ उखुकिशनहरुको उखु बिक्रीगर्ने एउटै चिनी मिल ईस्टन सुगर मिल हो । सरकारले तोकेको मुल्य महगो भएकोले उखुक्रसीङ गर्न नसकिने तिम्सीनाले बताए ।

पुस पहिलो सातादेखि कटान शुरु गनुपर्ने उखु माघ महिना शुरु हुदा समेत खेतमै सुकेर बसेको धनपाल थान ६का प्रह्लाद कुमार राजवशि बताए । उखुकाट्न ढिलो हुदा उखु साविक तौलभन्दा कम हुनुका साथै रोगकिरा समेत आक्रमण गर्ने राजवंशिले बताए ।

जसको कारण किसान दोहोरो मारमा परेका छन । उखु लगाउँदा बैङ्कबाट लिएको ऋणको किस्ता तिर्न, बालबच्चालाई पढाउन र घर व्यवहार धान्न धौधौ परेको अर्का किसान गोविन्द मण्डलले बताए ।

वर्षौदेखि मेहनत तथा ऋण गरेर लगाएको बाली समयमै मिलले नउठाउदा किसान ऊखु खेतिबाट पलायन हुने अवस्थामा पुगेका छन् । सरकारले समयमै ऊखु किसानको पक्षमा नसोचे विकराल अवस्था निम्तने पक्का छ ।