श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल कात्तिक २६ गते बुधबार, १२ नोभेम्बर  २०२५। सिद्धार्थीनाम संवत्सर । मङ्सिर कृष्णपक्षको अष्टमी ११ः१२ तिथि नवमी, नक्षत्र अश्लेषा ०६ः४६ बजेसम्म मघा । चन्द्रमा राशी कर्कट । सूर्योदय ०६ः२२ बजे र सूर्यास्त ०५ः१३ बजे हुनेछ ।


मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

तत्काललाई सानो फाइदा हेर्दा पछि पछुतो लाग्न सक्छ। बेसुरमा आश्वासन दिने बानीले पनि दुःख पाइनेछ। 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

तत्काल योजना सार्वजनिक नगर्नुहोला।काम बिग्रने डरले सताउनेछ। समस्या आउनाले सम्झौता भङ्ग हुन सक्छ।  

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

अरूको व्यवहारले शङ्का उब्जाए पनि परिवारजनको साथ–सहयोग प्राप्त हुनेछ। पछि लाभ हुने काम गर्न सकिनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

हिम्मत गर्दा लक्ष्यको उचाइ प्राप्त गर्ने समय छ। पेसा–व्यवसायमा सहयोगीहरूले राम्रो साथ दिनेछन्। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

कृषि र उद्योगतर्फ मनग्य फाइदा उठाउन सकिनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ।  

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

प्रशस्त धन आर्जन गर्ने मौका छ । प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ।  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्ला। नियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ।।  

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। कामको जिम्मेवारी आउनाले समस्यामा परिनेछ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

कामको अवसर प्राप्त भए पनि विशेष भेटघाटमा अलमलिनुपर्ला। खानपानले स्वास्थ्य प्रतिकूल बन्न सक्छ।   

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

राम्रो नतिजा हातपार्न रोकिएको काम दोहो¥याउनुपर्ला । अरूको भरले मात्र सफलता प्राप्त नहुन सक्छ। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

कमजोरी सुधार्न केही काम दोहो¥याउनुपर्ला। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।