इटहरी/ विदेशमा हन्डर खाएर स्वदेश फर्किएका इटहरी १८ रहिपुरका २९ वर्षिय राजु बस्नेत हाँस ,कुखुरा पालन व्यवसायमा जमेर लागेका छन्। लाखौं रुपैयाँ खर्चेर विदेश जाने युवाले भने जस्तो पैसा कमाउन नसके पनि स्वदेशमै लगानी गर्दा मनग्य आम्दानी लिन सकिने भन्दै हाँस र लोकल कुखुरा व्यवसायमा राम्ररी जम्न थालेका छन् ।
विदेशमा करीब ६ वर्षसम्म बस्दा कमाएको रकम आफ्नै गाउँमा जग्गा किनेर बि एण्ड जि अर्गानिक कृषि फर्म खोलेर बसेका छन । विदेशको राम्रै कमाई छोडेर आफ्नै देशमा केहि गर्नु एक वर्ष देखि आफ्नै गाउँमा लोकल कुखुरा र हाँस उत्पादन गर्ने बिक्रि गर्ने थालेका हुन् ।
अहिले सबै खर्च कटाएर मासिक ५० हजार रुपैयाँसम्म आम्दानी गर्न थालेको छु बस्नेतले भने ।
थोरै लगानीमा पनि मनग्ये आम्दानी लिन सकिने भएको कारण किसान कुखुरा पालनतर्फ लागेको बताउँदै बस्नेतले भने कतारमा सिभिल सुपर भाईजको जागीर छोडेर आफ्नै गाउँमा कुखुरा पाल्न थालेको हुँ।
महिनामा डेड लाख कमाए पनि अर्कोको देशमा बसेर दुख गर्नु भन्दा आफ्नै देशमा केहि गर्छु भनेर आए सन्तुष्ट छु उनी भन्छन् । कुखुरा पालनबाट आफु उत्साहित रहेको भन्दै उनले आगमी दिनमा अझै फर्मलाई व्यवस्थित गर्दै लैजाने बताए ।
अहिले लोकल कुखुरा एक हजार र हाँस ६ सय र बट्टाई माछा र गडौलाको मल समेत उत्पादन गदै आएको फर्मले निकट भविष्यमै अझै कुखुराको संख्या थप गर्ने सोचमा रहेको उनको भनाई थियो ।
लोकल कुखुराको बजार माग धेरै भए पनि हाँसको बजार भने सिमित रहेको उनको भनाई थियो । फर्मबाट अहिले कुखुरा,पर्यटकिय क्षेत्र भेडेटार,नाम्चे लगायत इटहरी धरान लगायतको शहरमा माग भएको उनको भनाई थियो ।
नेपालका अधिकांश मानिसहरुको जिविकोपार्जनको लागि मुख्य पेशा कृषि र पशुपालन रहंदै आएको छ । हालको अवस्थामा खास गरी हाम्रो गाउंघरका थोरै घर परीवारले लोकल कुखुरा पाल्दै आएको देखिन्छ । लोकल कुखुरा विशेष गरी मासु, अण्डाको लागि प्रख्यात छ ।
नेपालमा व्यवसायिक कुखुराको तुलनामा लोकल कुखुराको मासुको स्वाद नेपालीहरुले निकै रुचाउछन । त्यसैले लोकल कुखुराको मासु बजारमा दोब्बर पैसा तिरेर पनि किनवेच भएको पाईन्छ ।
स्वास्थ्यको हिसावले पनि लोकल कुखुराको मासु र अण्डा ब्यवसायिक कुखुराको भन्दा राम्रो मानिन्छ । लोकल कुखुरा पालन आम्दानीको राम्रो श्रोत हो । ब्यवस्थित ढंगले लोकल कुखुरा पालन गरेर ग्रामिण स्तरमा राम्रो आम्दानी भै राखेको प्रशस्त उदाहरणहरु छन् । बनाको थोरै रकम लिएर आर्गनिक स्वादमा मासु आईटम खुवाउँने गरेका छन ।
त्यही उदाहरणीय काम गदै गरेका राजु अहिले आफ्नै फर्ममा लोकर कुखुरा ,बट्टाई चरा र हाँसको मासुको परिकार समेत खुवाईने गर्छन । गाउँमा आन्तरीक पर्यटक प्रर्बद्धन गर्ने हिसाबले फर्ममै मासुको परिकार ग्राहककै रोचाईमा खुआउँछौ उनी भन्छन् । ग्राहकको माग अनुसार नै हाम्रो मासुको परिकार खुवाउँछौ ।
सन्सारकै दुर्लभ मानिने कडक नाथ नामक कुखुरा समेत फर्ममा पाल्दै आएको राजु भन्छन् । लोकल कुखुरा र हाँसलाई रोग लाग्दैन रहेछ केहि भई हाले गुगलमा हेर्छु र उपचार गर्छु मेरो डाक्टर अहिले गुगल र युटुभ हो राजु भन्छन् । अहिले हामी फर्मबाट ५ सय ५० मा लोकल कुखुरा,हाँस ८ देखि ९ सय,र बट्टाई १ सय ५० रुपैयाँमा विक्रि गर्ने गरेको उनी बताउँछन ।
खै कहाँ पाईन्छ अनुदान ?
विदेश हुदै कृषि क्षेत्रमा ब्यावसाय गर्नेलाई अनुदान र सहुलिय सरकारले दिन्छ भनेर सुने पछि हौसिएको राजु बस्नेत भने अनुदान प्रति निराश छन । सरकारको अनुदानत परै जाओस बैकहरुबाट दिने सहुलिय पाउँनसम्म उनले सकेका छैनन् । लामो समय देखि ऋणको लागी बैक चाहादै हिडेका राजु अहिलेसम्म बैकले नपत्याएको दुखेसो गर्छन ।
नेपाल बैक झुम्काले करीब ६ महिना सहुलियको श्रmणमा झुलाए पनि दिएन,त्यहाँको प्रमुख राजप्रताप सिंहले मलाई ज्यादै दुःख दिए तर सहुलियतमा ऋण दिएनन् उनले दुखेसो गदै भने ।
सहुलियतको ऋणसम्म अहिले सम्म नपाएको बताउँदै राजुले ऋणको लागी नेपाल बैक इटहरी शाखाले आश्वसन दिएको बताउँछन । केहि दिनमा काम हुन्छ भनेको खै के हुन्छ ।
अनुदानको लागी विभिन्न ठाउँमा आफ चाहारे पनि अहिलेसम्म कहीबाट अनुदान नआएको बताए । सरकारले बार्षिक करोडौ रुपैया अनुदान बाढेको समाचार बाहेक पैसा देख्न पाईएको छैन उनले भने ।
सुली सोर्नेहरुले अनुदान पाउँदैन रहेछन् उनी दुखेसो गदै भन्छन् । सरकारले बास्तवीक किसानलाई भन्दा पनि गैरकिसानहरुलाई ऋण दिने गरेको उनको बुझाई छ ।