घटना १.                                                                                                                                                                                गत सोमबार उर्लाबारी ७ मा कामाख्या ग्यास विष्फोट हुँदा स्थानीय रेणुका थापाको मृत्यु भयो । पुरानो सिलिण्डर भएको कारणले गर्दा ग्यास लिएर भएर विप्फोट हुँदा घर समेत जलेर पूर्ण रुपमा नष्ट भयो ।

घटना २ .                                                                                                                                                                          असोजमा विराटनगरकै विशाल चोकमा ग्याँस लिक भएर आगलागी हुँदा मुन्नी खातुन घाइते भएकी थिइन् । पुरानो सिलेण्डर भएकोले कारणले गर्दा अचानक ग्यास लिकं भयो र आजगनी भएको थियो । आगजनी हुँदा मानवीय छति नभएपनि नोक्सानी भने भयो ।

घटना ३.                                                                                                                                                                              असोजमै विराटनगरकै केशलीया मार्ग, दुर्गाचोक र चाँदनी चोकमा भएको छुटाछुट्टै आगलागीका घटना पनि ग्याँस लिक भएरै भएको प्रहरीको भनाइ छ । यतिका विघ्न आगलागी र जनधनको क्षति सिलिण्डरबाटै भइरहँदा पनि अनुगमन गर्ने निकाय मौन रहेको ग्याँस विक्रेता महासंघकै भनाइ छ ।

विराटनगर/ चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा जिल्लामा भएको यी तीन वटा प्रतिनिधीमुलक घटना हर्ने हो भने अधिकांश सिलिण्डर पुराना हुनु र ग्याँस सिलिण्डरको समय–समयमा अनुगमन नहुँदा सर्वसाधरणको घर–घरमा ग्याँस सिलिण्डर, सिलिण्डर नभएर बमको रुप धारण गरिरहेको पुष्टि गर्दछ ।

मोरङमा चालु आर्थिक वर्षको ६ महिनामा जिल्लामा ७३ वटा आगोलागीको घटना भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । जसमा २ जनाको मृत्यु भएको प्रहरीको अभिलेखमा छ ।

जसमा ग्याँस लिक भएर आगलागीका घटना समेत बढेको छ । ७३ वटा आगोलागीको घटना मध्ये पुरानो सिलेण्डर भइ ग्यास लिक भएर आगोजना भएको घटना दर्जन जति रहेको प्रहरीले जनाएको छ ।

कतिपय सिलिण्डर विष्फोट भएका छन् भने कतिपय सिलिण्डरबाट ग्याँस लिक भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रसाशन कार्यालय मोरङले ग्याँस विष्फोटलगायत दुर्घटना कम गराउने उपाय अवलम्बन गर्न सकेको छैन । अनुगमन गर्ने निकाय जिप्रका र वाणिज्य कार्यालयसमेत अनुगमन र निरीक्षण गर्ने चासो देखाएको छैन् ।

पुरानो सिलेण्डर लिक भइ बिस्फोटन घटना बढेको भन्दै अनुगमन गरि त्यस्तो सिलेण्डर जफत गर्न माग राख्दै एलपी ग्यास विक्रेता संघ मोरङले स्थानिय प्रशासनलाई ज्ञापन पत्र समेत बुझाएको थियो ।

संघका अध्यक्ष विकास लालवानीले पुरानो सिलेण्डरले विस्फोटनको घटना बढाएको उक्त उद्योगको सिलेन्डरको गुणस्तर मापन गर्न माग राख्दै प्रशासनलाई ज्ञापनपत्र बुझाएको बताए ।

संघले ज्ञापन पत्र बुझाएको तीन दिन बढी हुँदा पनि जिल्ला प्रशासन कार्यालयले भने प्रभावकारी कदम चाल्न सकेको छैन । जसका कारण दिनदिनै सर्वसाधरणको घरमा ग्याँस लिक भएर वा विष्फोट भएर धनको साथसाथै जनको पनि क्षति भइरहेको छ ।

हाल सुनसरी मोरङ औद्योगिक क्षेत्रमा कोशी ग्याँस, प्रिमा ग्याँस, रिजाल ग्याँसलगायतका धेरै कम्पनी छन् । सरकारी निकायले ग्याँस सिलिण्डर जस्तो संवेदनशील विषयमा जिम्मेवारीपूर्वक अनुगमन गर्नुपर्ने खाँचो रहेको एलपी ग्यास विक्रेता महासंघको १ नम्बर प्रदेश अध्यक्ष सरलराज पोखरेलले बताए ।

फुटरिङ काटेर सिलिण्डर विक्री गर्ने, पुराना र विग्रिएका सिलिण्डर विक्री गरेर नाफा मात्रै कमाउन सोच्ने ग्याँस उद्योगलाई कानूनी दायरामा ल्याएर सुरक्षित तरिकाले ग्याँस उपभोग गर्न पाउने उपभोक्ताको अधिकारको सम्मान हुनुपर्ने उपभोक्ताबादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुङगेलले बताए ।

‘ग्याँस सिलिण्डरको म्याद कति हुने भन्ने विषयमा उपभोक्ता सचेत छैनन्,’ उनले भने, ‘यस विषयमा उपभोक्तासमेत सचेत हुन जरुरी छ ।’

यता जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश प्रसाद पाण्डेले ग्याँस उद्योगको अनुगमनमा आफूहरु छिट्टै लाग्ने बताए । उर्लाबारीमा रिना थापाको ग्याँस सिलिण्डर विष्फोटबाट मृत्यु भएको घटनाले आफूहरुलाई गम्भिर बनाएको उनको भनाइ छ ।

‘यहाँ रहेको ग्यास उद्योगको अनुगमन चाँडै गर्ने योजना छ,’ उनले भने ।