उदयपुर/ उदयपुरका पश्चिमी नगरपालिकाको सिरिसेका एक जेष्ठ नागरिकले आफ्नै प्रविधिमा व्यवसायीक तरकारी खेति गर्दै आएको छ ।  कटारी नगरपालिका वडा नं ८ सिरिसे निवासी ७४ वर्षीय चतुर्मान तामाङ्गले आफ्नै प्रविधिमा व्यावसायीक तरकारी खेती गर्दै आएको हो ।

बाल्यकाल देखि नै कृषी पेसा गर्दै आएका तामाङ्ग जेष्ठ नागरिकको भत्ता खादा समेत युवा झै तरकारी खेतिमा हौसिएका छन् । सिचाईको सुविधा नभएको गाउँमा आफ्नै लगानिमा केहि मिटर पाईप किनेर व्यावसायीक तरकारी खेतिको सुरुवात गरेको तामाङ्गले बताए ।

वडा कार्यालय र बाल विकास समाज नेपाल उदयपुरको साझेदारी सहयोगमा भएको व्यावसायीक तरकारी खेतिको तालिमबाट तरकारी खेती गर्ने हौसल्ला मिलेको तामाङ्गले बताए ।

सुक्खा डाँडा भएकोेले चाडो सुक्ने तरकारीमा हातले पानी लगाउदा समस्या आएकोले सिकाकाई तेलको रबरको बट्टालाई पुवाल पारि पाईपमा लगाई झिर्रर पानी फाल्ने प्रविधि बनाई तरकारीमा पानी छिट्दै आएको तामाङ्गले बताए ।

जति पानी लगाएपनि सुख्खा हुने बारीलाई अहिले उक्त प्रविधिको प्रयोग गरी प्रसस्त पानी पुर्याउन सकेको तामाङ्गले बताए । अन्न बालि छरेको, रोपेको भए १/२ पाथी हुन्थ्यो तर तरकारी निकै राम्रो भएकोले आफु खुसी भएको तामाङ्गले बताए ।

तरकारी बारीमा गाई वस्तुको गोठे मल मात्रै प्रयोग गरेको र विभिन्न रोग र किराको लागि औषधी पनि नहानेको उनले बताए । कुनै बेला पानीले दुख दिने गरेको तामाङ्गले बताए । उनले भने भरखर देखि तरकारी खेती गर्न थालेको आम्दानी चै गरेको छैन तर अन्न भन्दा बढी नै पैसा आउने आशा छ ।

बारिमा बन्दा, कोपी र साग मात्रै रोपेको तामाङ्गले बताए । कोदो रोप्ने, फापर र दाल छर्ने बारीमा तरकारी खेतीको सुरुवात गरेको तामाङ्गले बताए । 

आफ्नै ठाउँमा मेहनत गरेमा विदेशमा भन्दा बढि पैसा कमाउन सकिने तरकारी व्यावसायी रामजी तामाङ्गले बताए । उनले भने २५/३० हजारको लागि विदेशीनु पर्दैन मेहतन मात्रै गरे पुग्छ ।  तर अल्छेपनाले नव युवाहरु विदेशीदै गरेको तामाङ्गले बताए ।

तामाङ्गले भने म २ वर्ष विदेश बसेर आएपछि विदेश नजाने अठोट गरेर तरकारी खेतिमा लागेको हुँ । विदेशमा जति खट्ने हो भने नेपालमै अरबपती बन्न केहि समय नलाग्ने तामाङ्गले बताए । तर स्थानिय स्तरमा उत्पादन भएको वस्तुको बजारीकरण हुन नसकेकोले कृषकहरु मर्कामा परेको तामाङले बताए ।

पैसा कमाउने हो भने परम्परागत कृषी पेसालाई थोरै परिवर्तन गरि आधुनीक प्रविधिमा ढाल्न सके पैसा होइन सुन फलाउन सकिन्छ तामाङ्गले बताए ।  स्थानिय उत्पादकले सडक, विद्युत र बजारीकरणको मार भोग्नु परेको छ । विद्युत हुने हो भने प्रकाश जालको प्रयोग गरि किराहरुलाई नियन्त्रण गर्न सकिन्थ्यो ।

तर विद्युत छैन विभिन्न रोग र किराबाट बचाएर उत्पादन गरेको वस्तुको सडकको पहुच नहुदा बजारसम्म लाने साधन छैन । डोकोमा बोकेर बजार सम्म पुर्यायो दलालले ठग्छ । सहि बजार मुल्य पाउन सक्दैनौ तामाङ्गले बताए ।

सरकारले विकासको पूर्वधारको व्यावस्था र बजारीकरण मात्रै गरिदिए पुग्ने तामाङ्गले बताए । दुख मेहनत गरेर उत्पादन गरेको तरकारी डोकोमा बोकेर बजारसम्म पुर्याउदा बजारको दरभाउ नपाउदा किसानहरुको मन मर्ने गरेकोले कृषकहरु पलायन हुने क्रम बढ्ने तामाङ्गले बताए ।

तरकारी खेतीको लागि फागुन, चैत्र, बैशाख र जेष्ठ महिनामा पानीका मुहानहरु सुक्ने भएकोले समस्या आउने गरेको तामाङ्गले बताए । गाउँघरमा रसायनिक तत्वको प्रयोग नगर्ने सोचले अर्गानिक मल र औषधी प्रयोग गर्दै आएको तामाङ्गले बताए ।

स्थानिय उत्पादनलाई संरक्षण तथा प्रर्वद्धन मात्रै गर्न सके स्थानिय जनताको आर्थीक स्तर उक्सने तामाङ्गको दाबी छ । तरकारी खेतीले स्वास्थ्य बनाउने र आम्दानी पनि बढाउने भएकोले कृषी पेसामा विशेष महत्वका साथ स्थानिय सरकारले हेर्नु पर्ने तामाङ्गले बताए ।

बढ्दो वैदेशिक रोजगारीमा जाने युवा युवतीहरुलाई आफ्नै ठाँउमा रोक्न सके समृद्ध नेपाल बन्ने तामाङ्गले बताए । थोरै आधुनिक तरीकाले कृषि पेसा गरे पहाडी गाउँबासीको आर्थिक उन्नतीमा वृद्धी र समृद्ध समाजको र्सिजना हुने तामाङ्गले बताए ।