विराटनगर/ सरकारले प्रतिक्वीन्टल उखुको समर्थन मुल्य ५ सय ३० रुपैयाँ तोकेको छ । यो मुल्य सरकारले गत वर्ष नै तोकिदिएको हो ।
सरकारले तोके अनुसार मोरङ, सुनसरी र झापाका २ हजार ४ सय कृषकले सुनसरी स्थित बुर्ज गाउँपालिकामा रहेको इष्टन सुगर मिललाई गत वर्ष उखु विक्री गरे । तर, यस वर्ष कृषकले लगाएको उखु इष्टन सुगर मिलले गत वर्षको मुल्यमा खरिद नगर्ने भन्दै मिल बन्द गरेर बसेको छ ।
मिल सञ्चालक हितेस गोल्साले कृषकले प्रति क्वीन्टल ३ सय ८५ रुपैयाँ दिए मात्र उखु खरिद गर्ने भन्दै मिल बन्द गरेर बसेका हुन् । यता कृषकहरूले भने सरकारले गत वर्ष तोकिएको समर्थन मुल्य अनुसार उखु खरिद गनुपर्ने माग राखेका छन् ।
इष्टन सुगर मिलका सञ्चालक र सुनसरी, मोरङका उखु किसानसँग उखुको मुल्य निर्धारणको लागि शुक्रबार विराटनरमा बसेको वार्ता समेत विना निस्कर्ष टुगिंएको छ । मिल सञ्चालकहरूले सरकारले तोके अनुसारको मुल्यमा उखु खरिद गर्न नसक्ने भनेपछि वार्ता अगाडी बढन नसकेको कोशी उखु उत्पादन संघको अध्यक्ष शिवलाल चौधरीले बताए ।
‘विराटनगरस्थित एक होटलमा उखुको मुल्य निर्धारण गर्न मिल सञ्चालकले वार्तामा बोलायोे, सनुसरी र मोरङका प्रतिनिधिमुलक कृषकसमेत आयाैँ,’ अध्यक्ष चौधरीले भने, ‘मिल ऋणमा डुब्यो भन्दै प्रतिक्वीन्टल ३ सय ८५ रुपैयाँमा उखु विक्री गर्न मिलका सञ्चालकले आग्रह गर्यो ।
मिल भनेअनुसार उखु विक्री गर्न नसक्ने भन्दै हामी वार्ताबाट निस्कयौँ,’ उनले भने । ‘सरकारले तोकेको समर्थन मुल्यमा उखु विक्री गर्दा समेत हामीलाई खर्च कटाएर थोरै मात्र मुनाफा हुने गर्दछ,’ १० बिघा क्षेत्रफलमा उखु खेती गर्दै आएका सुनसरी देवानगन्जका कृषक राम प्रसाद मेहताले भने, ‘मलखाद र जहान लगाएको खर्च कटाएर एक विघामा २/३ हजार मुनाफा हुन्छ ।
हामीले पनि त १/२ पैसाँ हुन्छ भनेर खेती गरेका हौं ।’ यति पनि नभए जान परिवार पाल्न गाह्रो हुने उनले बताए । गतवर्षको मुल्य अनुसार मिलले उखु खरिद नगरे घाटा खाएर यस पटकको उखु विक्री नगर्ने तयारीमा यहाँका कृषकहरू रहेका छन् ।
तर प्रदेशमा एक अधिकार जमाएर बसेको एउटा मात्र सुगर मिल इष्टनले भने कृषकले मुल्य घटाएर विक्री नगरे उखु खरिद नै नगर्ने भन्दै किसानलाई डर देखाउन खोजेका छन् ।
‘यहाँको कृषकले धेरै पनि कहाँ भनेका छन् र,’ ७ विघा क्षेत्रफलमा उखु खेती गर्दै आएका बर्जु गाउँपालिका १ का रघुनन्दन यादवले भने, ‘सरकारले तोकिदिएको मुल्यमा उखु किनिदेउ भनेका छौं ।’ सरकारले तोके अनुसारको मुल्यमा उखु खरिद मिलले नगरे त्यसभन्दा एक पैसाँ पनि नघटने बरु बारीमै आगो लगाएर बस्ने कृषकहरूको एकमत राय रहेको छ ।
यता इस्टन सुगर मिलका सञ्चालक हितेस गोल्साले चिनी उद्योग धरायसीमा गएकोले कृषकलाई मुल्य घटाउन आग्रह गरेको बताए । ‘गत वर्ष भारतबाट २ लाख ३६ हजार मेक्टूीकटन चिनी आयत भयो,’ उनले भने, ‘अझै गोदाममा ७५ हजार मेक्ट्रिन चिनी गोदाममा भण्डार गरिएको छ ।’ यहाँकै चिनी विक्री नभइरहेको अवस्थामा गत वर्ष मात्रै इस्टन सुगर मिल २१ करोड घाटामा रहेको उनले बताए ।
यस्तो अवस्थामा स्वदेश उद्योगलाई कसरी बचाउने भन्ने उद्देश्यले हामीले कृषकसँग छलफल गरेको उनले बताए । उनले भने, ‘सरकारले तोकेको मुल्यमा किसानको उखु खिरद गर्ने हो भने मिल चाँडै बन्दछ हुनेछ ।’