मधुमल्ला/ “छोरी माग्न जाँदा,विहे गर्छु भन्दा ससुरा परे दोधारे, भन्छन् तिम्रो छ र के भर ,खोजी आउ पहिले सरकारी जागिर” क्रान्ति आलेको गायकी रहेको कुनै बेलाको यो सर्वप्रिय गीत आजभोलि असान्दर्भिक बनिसकेको छ ।
जीवन निर्वाह गर्न सरकारी जागिर नै सुरक्षित हुन्छ भन्ने मान्यतालाइ दक्षिणी इलाम महामाईका चक्रबहादुर कटुवालले रुचाएनन् । उनको दिनचर्या यतिबेला कृषिकर्ममा बितेको छ ।
१२ वर्षे शिक्षण पेशा हठात छाडेर उनी बाख्रा स्याहारेर बसेका छन् । गाँउका अधिकांस किशोर÷किशोरी सरकारी जागिर खान मरिहत्ते गरिरहेकै बेला कटुवाल भने सरकारी जागिर छोडेर बाख्रा पालन गर्दै आइरहेका छन् । माई नगरपालिका वडा न.ं ६ को आफ्नै घर छेउ व्यवस्थित खोर बनाएर व्यवसायिक बाख्रा पालन गर्दै आइरहेका कटुवालले करिब सात लाखको लगानीमा बोयर र लोकल जातका गरी एक दर्जन बाख्रा पालेका हुन् ।
उनले विगत २ वर्षदेखि बाख्रा पालेका हुन् । अस्थायी दरबन्दी नै भएपनि उनले मासिक २४ हजार तलब बुझ्थे तर पैसा भन्दापनि सन्तुष्टिले बाख्रा पालनतर्फ डोरिएको कटुवालले बताए । “अहिले सुरुवाती चरणमै छु” उनले भने, “बाख्रा बढ्दै छन् हेरौ राम्रै आम्दानी होला ।” उनका अनुसार सुरुमा त जागिर छोडेर बाख्रा पाल्न थाल्दा छरछिमेकीले बौलाइस् कि क्या हो समेत भने । छँदाखाँदाको जागिर छोडेर बाख्रा पाल्न थाल्यो भनेर धेरैले उनलाई खिसिट्युरी गरे ।
कटुवाल भन्दै गए, “तर मैले कसैको सुझावको पर्वाह गरिन । बस् बाख्राको पाठापाठी किनेर पाल्न सुरु गरे ।” गत स्थानीय चुनावमा वडाध्यक्षको उमेद्वार समेत बनेका कटुवाल झिनो मतले चुनाव हारेको सुनाउछन् । यद्दपि, बाख्रापालन सँगै राजनीतिलाई पनि निरन्तरता दिने उनको कथन छ । आधा शताब्दी उमेरमा पाइलो हाल्नै लागेका कटुवाल तत्कालिन माओवादी केन्द्रका सक्रिय कार्यकर्ता हुन् ।
ठुला गफ गरेरै राजनीतिक कर्ममा दिन बिताउनेहरु धेरै भए, त्यस्ताको पछि नलागी पौरख खियाएर जीवन निर्वाह गर्नुपर्छ भन्ने मेरो सोचाई हो, भोगाई हो । सामान्य आर्थिक अवस्थाका उनलाई शिक्षण पेशाबाट आउने तनखाले धेरै भरथेग गथ्र्यो ।
श्रीमती र बालबच्चाको लालनपालन सहज थियो । अकस्मात सरकारी जागिर मात्रै रोजगारी हो र सरकारी जागिर खाएपछि मात्रै जागिर खाएको हुन्छ र भन्ने सोचाई उनको मनमस्तिकमा गडिरह्यो । कटुवालले भने, बरु केहि बर्ष जसोतसो चलौला भनेर परिवारलाई आश्वस्त पारे अनि समाजको पुरानो सोचलाई परिवर्तन गर्न कम्मर कसे । केहि बर्षको मिहिनेत चाँडै सार्थक हँुदैछ, खसीबाख्रा बढ्दैछन् पाठापाठी पनि थप्दैछु उनले दङ्ग हँुदै सुनाए ।