रङगेली/जमेरा महतो मजदुर हुन । सडक निर्माणमा मजदुरी गर्छन । भदौ लागे पछि काम नपाउने बताउने महतोलाई भ्याइ–नभ्याइ छ । उनलाई मात्र होइन मोरङको कटहरी,जहदा र धनपालथान गउपालीको संगम स्थल राम चोक क्षेत्रमा बसोबास गर्ने धेरै मजदुरहरुको दिन एकै प्रकारको व्यस्ततामा बित्छ ।
राम चोकको त्यो बस्तीको छेउ भएर बग्ने लोहन्द्रा खोलामा उनीहरुलाई माछा मार्न भ्याइ–नभ्या छ । मारेका माछा तुरुन्तै विक्रि हुने भए पछि उनीहरु माछा मार्न प्रतिस्प्रधानै हुन्छ ।रङ्गेली–विराटनगर सडकाम पर्ने उक्त बस्ति नजीकै लोहद्रा खोलाको पुल रहेको छ । कोहि पुलमुनी झुल थापि रहेका हुन्छ ।
कोहि जाल फालेर माछा मारीरहेको देख्न सकिन्छ । त्यसरी मारेको माछा पुलको छेउमा फिजाएर बस्ने वित्ति कै विक्ने बताउ छन् कैलाश महतो । रङ्गेली–विराटनगर सडकमा ओहोर–दोहोर गर्नेले माछा किन्ने गरेका छन् ।पुल मुनी दक्षीण तर्फ माछा मार्न जाल फ्याक्ने थुप्रै हुने गरेको कैलाशले बताउ छन् ।
५० वर्षीय कैलाश आफु माछा मार्न जादैनन । उनका छोरा माछा मार्छन । भदौ र असोज महिनामा सडक निर्माणको काम नहुने भएकोले त्यसै बस्नु भन्दा माछा खान पनि पाइने र बेचेर दुई–चार पैसा कमाइ पनि हुने उनले बताए ।खोलामा दिन भरि माछा मार्ने गरेको बताउछन शेखर महतो । खोलामा अहिले माछा बढी आउने भएकोले मार्ने धेरै हुने गरेको उनले बताए । अरुबेला सडकमा मजदुरी गर्ने भए पनि अहिले काम नहुदा माछा मार्ने गरेको बताए । दिन भरी हजार–बाह्रसय कमाउने गरेको उनले सुनाए ।
दिनभरीमा दुई–अढाई किलो माछा जालामा पर्ने उनी बताउ छन् । माछा हेरेर ४ सय रुपैयाँ सम्म विक्ने गरेको छ । मजदुरीमा उनीहरु दिनको ५–६ सय सम्म कमाई गर्छन ।माछा मार्र्ने जाल भारतबाट खरिद गर्ने गरेका छन् । जाल ४ हजार सम्म पर्ने गरेको कैलाश मशतोले बताए । आफैले नबुने पनि सामान्य मर्मत भने गर्छन । पहिला पहिला खोलामा विष हालेर माछा मार्ने गरे पनि आजकल त्यो गर्न नपाइने उनीहरु बताउ छन् । ‘खोलामा दाबाइ हाल्यो भने त मार्छन,’शेखर महतोले भने ।वर्खामा खोलामा पानि बढी हुने र हिउदा पनि खोलामा पानी कम हुने हुदा उनीहरु माछा मार्दैन्न । भदौ र असोज महिनामा खोलामा पानी ठिक्क हुने र माछा पनि धेरै पाइने भएकोले जाल फ्याक्नेको भिड हुने गरेको छ ।
अन्य माछा भन्दा बढी मुल्यमा विक्ने ‘बुहारी माछा’ राती जालमा पर्ने गरेको पप्पु महतोले बताए । बुहारी माछा राती जाल थापेर मार्ने गरेको उनले बताए । राती जाल थापेर माछा मार्दा बुहारी माछा पर्ने पप्पुले बताए । राजतको समयमा माछा मार्न जोखि पनि हुने गरेको छ । राति नदेखिने हुदा सर्पहरुको डर हुन्छ । त्यसैले राती जोकोहि माछा मार्न आउदैनन । उनीहरु लोहद्रा मात्र नभएर नजिकैको जुडी खोला लगायतका खोला सम्म पनि माछा मार्न जाने गरेका छन् । अहिले खेति पातिको समय सकिएकोले कतिपय किसानहरु पनि फुर्सदको समय सदुपयोग माछा मारेर गर्ने गरेका छन् ।