मोडलबाट नन बनेकी सोफिया हयात विवाहको एक वर्षपछि श्रीमानसँग अलग्गिएकी छिन् । उनले इन्स्टाग्राममा एउटा भिडियो पोष्ट गरेकी छिन् जसमा उनी क्वाँक्वाँ रोइरहेको देखिन्छिन् । श्रीमानको धोकाले सोफिया निकै दुःखी भएको देखिन्छिन् ।

उनले श्रीमानलाई धोका दिएको भन्दै घरबाट निकालेकी छिन् । सोफियाले श्रीमानमाथि इन्गेजमेन्टको औंठी र घडी बेचेको आरोप लगाएकी छिन् ।

सोफियाले रुँदै ब्रेकअपसँग डील गर्न निकै गाह्रो भएको बताउँछिन् । उनी भन्छिन्, ‘एउटै समयमा श्रीमान र बच्चा गुमाउनु ठूलो पीडा हो । मैले यो कुरा सार्वजनिक गर्नुको कारण यो हो कि म उसलाई पाठ पढाउन चाहन्छु । यी सबै कुरा सहन निकै गाह्रो भइरहेको छ । केही चमत्कार भइदिए हुन्थ्यो र चाँडै नै यो समय बिते हुन्थ्यो । म भ्लादलाई घृणा गर्दिनँ तर उनले जे गरे त्यसपछि उनी मेरो जीवनबाट अलग्गिएकै राम्रो ।’