धनकुटा । धरानबाट तमोर करिडोर हुँदै पाँचथरको यासोक जाने यात्रुवाहक वस आइतवार विहान १०.४५ वजे कोशी लोकमार्गको लेउती भेडेटार सडक खण्डको चारखोले गोलाईमा दुर्घटना भएको छ । 

को १ ख ५१०५ नम्वरको यात्रुवाहक वस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा कति हताहत भए भन्ने कुरा यक्किन नभएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेकाहरुको उद्धार कार्य भईरहेको प्रहरीले जनाएको छ ।

घाईतेहरुको उपचारको लागि उद्धार कार्य तिव्र भईरहेको धनकुटा प्रहरीका प्रवक्ता डिएसपी हेमन्त भण्डारीले जनाकारी दिएका छन् । दुर्घटनाको थप विवरण आउन वाँकी रहेको प्रहरीले जनाएको छ ।