श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल भदौ १ गते सोमबार, १७ अगष्ट २०२६, रौद्रनाम संवत्सर। श्रावण शुक्लपक्षको पञ्चमी तिथि ०५ः२० बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र चित्रा भोलि ०५ः१६ बजेसम्म, उप्रान्त स्वाती, चन्द्रमा राशि कन्या, सूर्योदय ०५ः३५ बजे र सूर्यास्त ०६ः४०बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
काममा केही चुनौतीहरू देखिनेछन् । वैधानिक प्रावधानले पनि लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ। 
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रतिस्पर्धी बढ्नाले अधकिार सुरक्षा गर्न जुट्नुपर्नेछ। काम रोकिनाले उद्देश्यमा पुग्न समय लाग्नेछ। 
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
खर्चका साथै ठगीमा परिने योग भएकाले होसियार रहनुहोला। सावधानीले उपलब्धि जोगाउँदै लाभ लिन सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
समय लागे पनि निर्णायक कार्य गर्ने समय छ। उल्झन समाप्त हुनाले रोकिएको काम थालनी गर्न सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बुद्धिको उपयोगले लक्ष्यनजिक पुग्न सकिनेछ। व्यवसायमा पनि केही लगानी र पूर्वाधार तयार पार्ने समय छ। 
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समस्या दर्शाउँदा अभिभावक तथा शुभचिन्तकहरूले साथ दिनेछन्। गुरुजनको मार्गदर्शन प्राप्त हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। बेसुरमा बोल्ने बानीले गोपनीयता भङ्ग हुनसक्छ। 
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विशेष योजना सार्वजनिक नगर्नुहोला।  साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भङ्ग हुनसक्छ। 
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अरूको व्यवहारले शङ्का उब्जाए पनि परिवारजनको साथ–सहयोग प्राप्त हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सहयोगीहरू पछि हट्नाले बढी मिहिनेत गर्नुपर्ने समय छ। प्रतिपस्पर्धीहरूले अवरोध पु¥याउन सक्छन्। 
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ काम थाल्न उपयुक्त साइत पर्खनुहोला। व्यवसायमा सामान्य लाभ हुनेछ तर सोचेको दाम नउठ्न सक्छ। 
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफ्नो लाभांशमाथि अरूले दाबी गर्न सक्छन्। प्रतिस्पर्धीलाई कमजोर नठान्नुहोला। स्वास्थ्यमा ध्यान दिनु होला ।