ताप्लेजुङ । पूर्वी नेपालको मेची अञ्चल ताप्लेजुङमा रहेको पाथीभरा देवीको दर्शन गर्न जाने भक्तजनहरुको भिड बढेको छ । पाथीभरादेवीको श्रद्धा र भक्ति ताप्लेजुङवासीको मात्र नभएर नेपाल, भारत तथा अन्य विभिन्न मुलुकका भक्तजनको समेत मनकामना पूरा गर्ने अदृश्य अलौकिक शक्तिकी देवीका रुपमा परिणत हुदै गएपछि भक्तजनको भिड बढेको हो । जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थलको रुपमा चर्चा पाईरहेकोले पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्ने गरेको पाइन्छ । झापाको विर्तामोडबाट चारआली हुँदै २सय ३७ किलोमिटरको लामो यात्रापछि ताप्लेजुङ सदरमुकाम पुग्न सकिन्छ । पाथीभरा देवीको मन्दिर सदरमुकाम फुङलिङबाट १९ दशमलब ४ किलोमिटर पूर्व उत्तरी कोणमा रहेको सो मन्दिरकोमा हाल दैनिक १ सय भन्दा बढि भक्तजनहरु जाने गरेका छन् । ३ हजार ७ सय ९४ मिटर , १२ हजार ६ सय ४६ फिट उचाइमा रहेको मन्दिरको दर्शन गरेपछि आफुले चिताएका कुरा पुरा हुने बिश्वास रहदै आएको स्थानीय पुजारीको भनाई छ । ताप्लेजुङको सुकेटार विमानस्थलबाट देउराली, भालुगौंडा र फेदी हुँदै पैदल ८ देखि ९ घण्टामा देवीको मन्दिरस्थलमा पुग्न सकिन्छ । सुकेटारसम्म पुग्नका लागि भने विराटनगर र काठमाडौंबाट हवाईसेवा तथा झापाको चारआलीदेखि सडक यातायातको सुविधा पनि छ । मन्दिर दर्शन साथै जाडोको समय हिउँमा रमाउन आउने पर्यटकहरु समेत त्यतिकै मात्र भेटिने गरेका छन् । नेपालको सुदूरपूर्वी दूर्गम हिमाली जिल्ला ताप्लेजुङस्थित पाथीभरा देवीको दर्शन गर्न आवागमनका लागि ताप्लेजुङ जिल्ला सदरमुकाम तथा सुकेटारसम्म विभिन्न तवरले जान सकिने भए तापनि सुकेटारदेखि भने देउरालीसम्म ट्याक्सी मार्फत यात्रा गर्ने गरिन्छ । त्यसपछि भने भने पैदलयात्रा को रुपमा भक्तजनहरु जाने गदर्छन् । देवीको दर्शन गरेपछि आफुले चिताएको कुराहरु पाउने र केहि भाकल समेत राखेर आफुहरु आउने गरेको भक्तजनहरु बताउँछन् । मन्दिरबाट सोधै कंचनजंघा हिमालको दृश्य अवलोकन समेत गर्न सकिन्छ् ।मन्दिर ब्यवस्थापन समितिले पछिल्लो समय मन्दिर जाने बाटाहरु पूर्ननिमार्ण गरेपछि केहि सहज हुदै आएको छ । भक्तजनहरुलाई सहज होस भन्ने उदेश्यले तल्लो तथा माथिल्लो फेदिमा करिव ४० वटा होटलहरु संचालन हुदै आएका छन् , जहाँ हरेक दिन भक्तजनहरुको रात बस्नेको भिड लाग्ने गरेको छ । होटलमा महिनामा ५ सय बढि बस्ने होटल सञ्चालकको भनाइ छ । मन्दिरको दर्शन गर्न आउने कति पय बिरामीहरु निको भएर जाने गरेका छन् । अशक्त ,बोली बन्द भएका समेत आस्था राखि आएपछि निको पारेर लाने गरेको स्थानीयको भनाई रहेको छ । सामन्य रुपमा २०६० सालबाट बिकास हुन थालेको सो क्षेत्र घना जंगलको बिचबाट भक्तजनहरुले यात्रा गर्नु पर्ने हुन्छ । तसर्थ यस मन्दिर क्षेत्र सम्म पुग्न सडक निमार्ण,सडक बत्ती ,खानेपानी लगायतको सरकारले व्यवस्था गर्न सके अझ भक्तजनहरुको भिड बढ्ने सम्झावना देखिन्छ ।