देउसी परम्परा धान्ने नाममा विकृती बढिरहेका छन् । देउसीको सैली र देउसी खेल्ने प्रयोजनले साँस्कृतिक पहिचानको ‘देउसी’ लाई विकृत बनाइरहेको छ । देउसीका नाममा हुने असाँस्कृतिक उफ्रीपाफ्री अनि पिकनिक खाएर रमाइलो गर्नका लागि दानका नाममा पैसा धेरै तान्ने ‘बार्गेनिङ’ले देउसीको मर्मलाई पराजित गरेको दुःखद पक्ष हाम्रासामु जगजाहेर छ । प्रत्येक पछिल्ला वर्षमा देउसी ‘विचरा’ बन्दै गएको छ । मेरा सहपाठी मित्र मनोज गजुरेल अमेरिकी राष्ट्पति ट्रम्प भएर र अर्कामित्र सिताराम कट्टेल नेपालका प्रधानमन्त्री देउवा भएर खेलेको समसामयिक हाँस्यव्यंग्य देउसीको फरकखाले स्वाद दिमागमा एकातिर थियो । अर्कातिर यस वर्षको तिहारमा पनि गाउँवस्तीतिर देउसीलाई नाङ्गेझार बनाएको वि?प स्व?प देखा परेको यस्तै सन्दर्भ र प्रसंग यो मथिंगलमा खेलिरहेको बेला इलाम चुलाचुलीका मेरा पुराना गजलकार मित्रले मेरो फोनको घण्टी बजाए । चुलाचुलीको बहुसाँस्कृतिक देउसी नाच हेर्न निम्तो गरे । स्वादिलो साँस्कृतिक प्रस्तुतिमा रमाउन पाउने कुराले मेरो मन फु?ङ भयो । जवकि यस अघिका केही वर्षदेखि चुलाचुलीको देउसीको मीठो स्वाद मैले चाख्दै आएको थिए । पथरी बजारको यलम्बर चोक अघिल्ला वर्षह?को पनि चुलाचुलीको देउसी प्रस्तुतिका लागि साझा थलो बन्दै आएको थियो । यसपाली पनि त्यही थलो तर आयोजक भनें अलग देखियो । समाजसुधार युवा समूहको प्रस्तुति जस्तै यो वर्षको प्रस्तुति रहेछ फाल्गुनन्द लफयङ बहुभाषिक पाठशाला चुलाचुली १ को । देउसीको बहुसाँस्कृतिक प्रभावकारी स्वाद दिलाउने कुराको नृत्य संयोजनमा पनि उनै दिनेश माङ्मो लिम्बू र प्रितम लिम्बू रहेछन् । अर्कातर्फ उनै गजलका प्रभावशाली रचयिता र चोटिलो प्रस्तुतिका प्रस्तोला विवशको रमाइलो उद्घोषणमा ‘तिहारै आयो’ नृत्यबाट कार्यक्रम थालनी भयो । त्यसपछि सेतो पहिरनमा खुँडा बोकेर युवा युवतीह? निस्किए पश्चिम नेपालको ‘हुड्केलीे’ नृत्य लिएर । केटा केटी भएर नाच्ने परम्पराको ‘मा?नीे’ नाच देखाए युवतीह?ले । नृत्य प्रशिक्षकद्धयले पनि अलिपछि निकै फुर्तिलो र बेजोड प्रस्तुतिमा मा?नीको स्वाद चखाए । लिम्बू जातिको ‘केलाङ’ पनि जम्यो । अनि आए चुलाचुलीबाट गायनमा आफ्नो पहिचान बनाएर उदाउँदै गरेका न्यूसन राई । उनले यम बरालले गाएको ‘बादलुको घुम्टो’ गाए । यलम्बर युवा समूहको सहयोगमा व्यवस्थापन गरिएको कार्यक्रमले सवैको मन खिचिरहेको थियो । त्यसपछि साकेला थान समेत सिर्जना गरेर आइपुग्यो राई जातिको ‘साकेला’ नृत्य । युवाअवस्थामै पार्थिव शरीर त्याग गरेर सृजनामा अमर खेमराज गु?ङप्रति श्रद्धासुमन अर्पण गर्दै उनको ज्यादै लोकप्रीय पूर्वेली लोकगीतको धरोहर बनेको ‘वारी जमूना पारी जमूना’मा युवाह?को नृत्य आयो । पथरीकै जगत रानाले अतिथि कलाकारका ?पमा वैदेशिक रोजगारले परिवार पीडा बोध गराएको गीत ‘सुन साइँली’ गाएर मर्म झल्काए । अनि पालो आयो घोडाको आकृति सहितको प्रस्तुतिमा तयार रहेको तराईवासी सन्थाल जातिको ‘सन्थाल नृत्य’ । मुख्यत झापा, मोरङमा बसोवास गर्ने आदिवासी धिमाल समूदायको ‘सायो सायो’ धिमाल नृत्यले पनि उस्तै स्वाद पस्कियो । तामाङको ‘तामाङ सेलो’ सकेपछि माझी जातिको नृत्यको फरक प्रस्तुति देखा पर्यो । माझी जातिका श्रीमतिह?ले माछा मार्ने काममा कसैको वाधाव्यवधान नहोस् र आफ्नो काम निरन्तर फलिफापपूर्ण होस् भनेर पुकार गरेका थिए माझी नृत्यमा । क्षेत्री ब्राह्मण जातिको ‘संगीनी’को पनि उस्तै आकर्षण थियो । पथरीशनिश्चरे नगर क्षेत्रका विभिन्न पक्षका अगुवाह?को सहभागितामा निकै मनोरम बनेको कार्यक्रममा स्थानीय गायक रविन कन्दङ्वाले पनि अतिथिका ?पमा नगाइ धर पाएनन् । ‘दिलहिरा’ एल्बमको ‘दिलहिरा’ गीतमार्फत चिनिएका शिक्षासेवी उनले आफ्नो सोही गीतले आनन्दित पारे । विराटचोकका रोशन न्यौपानेले ‘पिउँदिन भन्दा भन्दै’ गजलमा नृत्य गरे । पथरीकै स्वस्तिका राई, अनिता मगर सहितको नृत्य प्रस्तुतिपछि मौलिक  ‘कौडो’ नृत्य हुँदै अहिलेको समयको सर्वाधिक लोकप्रीय बनेको गीत ‘कुटुमा कुटु’ मा नृत्यपछि ज्यादै आनन्दित कार्यक्रमको विश्राम भयो । साविक मोरङ २ का सांसद चण्डीप्रसाद राई प्रमुख अतिथिका ?पमा सहभागि थिए । पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राई ( किशोर) सहित समाजका अगुवाह?ले बहुसाँस्कृतिक प्रस्तुतिलाई औधि स्वादिलो माने । यसखाले कार्यक्रमले मौलिक सँस्कृतिको जर्गेना गर्नमा गजबले चिमोटेको अनुभूति भयो । पाठशालाका अध्यक्ष तथा अध्यापन क्षेत्रमा संलग्न डम्बर तुम्वापो भन्दै थिए ‘भाषा लिपी, संस्कार सँस्कृतिको संरक्षण प्रवद्र्धनका लागि ०६९ सालदेखि दिपावली र बलिहाङ तुङ्नामको अवसरमा बहुसांस्कृतिक देउसी खेल्दै सांस्कृतिक जागरमा लागि रहेका छौं ।’ चुलाचुली १ मा ०७२ मा संविधानसभामा पूर्व सभाध्यक्ष सुवास नेम्वाङबाट बहुभाषिक पाठशालाको उद्घाटन् भएको रहेछ । ०७३ मंसिर १० मा तात्कालिन शिक्षामन्त्री धनिराम पौडेलको प्रमुख आतिथ्यतामा प्रथम वार्षिकोत्सव गरी राज्यका माथिल्लो निकायको समेत बहुभाषिक पाठशालाको आवश्यकताप्रति ध्यान खिच्ने काम भएको रहेछ । अवको मंसिर १० मा तेस्रो वार्षिकोत्सवमा जुटेको पाठशालामा यसबेला किरात भाषा पठाइ भइरहेको र अव सँस्कृत भाषाको सु?वात गर्ने योजना अध्यक्ष तुम्वापोले सुनाए । हालको किरात भाषा केन्द्रित पढाईमा पनि किरातीका साथै अंग्रेजी, नेपाली समिश्रण गरेर पढाउने गरिएको रहेछ । आकर्षक बहुसाँस्कृति प्रस्तुतिका साथै पाठशालाको गतिविधिले छुट्टै प्रभाव छोड्यो । कार्तिक २ देखि १० गतेसम्म इलाम, झापा र मोरङका विभिन्न ठाउँमा यही स्वादको प्रस्तुति दिए कलाकारह?ले । देउसीलाई भनें मन छुने बनाउने कुरा वहुसांस्कृतिक प्रस्तुति त हुन् नै । त्यसलाई रमाइलो गरी मनोरञ्जनमार्फत हेरौं र सुनौं सुनौं बनाउने र नजानिदो गरी सन्देश समेत गढ्ने बनाउने विवशको उद्घोषणले पनि प्रभाव पारिरहेको थियो । त्यसमा पनि नयाँपनका साथ गरिएको नृत्य निर्देशन(कोरियोग्राफी ) अझ प्रमुख हो । त्यसमा सवै जातिय प्रस्तुतिमा सवै कलाकारले एउटै कार्यक्रममा पालैपालो १ दर्जन वढी सामुहिक नृत्य प्रस्तुत गर्नु पनि चानचुने कुरा होइन । अर्थात ब्राह्मण क्षेत्री समुदायमा नाचिने संगीनी किराती समुदायकाले र किराती समुदायको साकेला, केलाङ सहितका प्रस्तुतिमा ब्राह्मण क्षेत्री समुदायले दिएको गजबको प्रस्तुतिले सांस्कृतिक अन्तरघुलन तथा जातीय सहिष्णुतामा ज्यादै ठूलो भूमिका निर्वाह गरेको देखियो । कहिले उनीह? धिमाल, कहिले माझी, कहिले सन्थाल, कहिले किराती भएर आउँदा दर्शकश्रोताह? नै छक्क पर्थे । सवै सामूहिक प्रस्तुतिमा देखिने सवै कलाकारह?को नृत्य कौशलताका साथै शारीरिक थकानलाई समेत जितेको उमंग देख्दा युवा पुस्ताको यो उर्जाले एकछिन नाचिउन्जेल मात्र नभएर संस्कृति संरक्षणमा पनि भित्रैदेखि जागरण ल्यायो भनें मौलिकताको पूनर्जारण अवस्य हुनसक्थ्यो भन्ने लाग्यो । यसमा नृत्य गर्ने युवा ढुकढुकीह?, उगेन तामाङ, एलन सुनुवार, सविन साँवा, विनोद राई, रनजित गजमेर, मदन धमला, दिपेश थाम्सुहाङ, समिर दियाली, रनजित नेम्वाङ, दिपेन अधिकारी, इना लावती, दिव्यश्वरी मगर, अनिशा लिंदम, चेसुङ जबेगु, लीला लिंखिम, रस्मा रोक्का, रिजा चेम्जोङ, आनन्दी लिम्बू, निसम राई, चण्डिका राई र दिक्षा अधिकारीको मनमा भित्रैदेखि यो खाले जागरण आओस् । नत्र विवशले आफ्नो यो गजलमा भनेजस्तै पछुतो होला नि । काँचको पो रैछ मुटु फुटेपछि चाल पाएँ । तिम्रो माया मल्हम थियो छुटेपछि चाल पाएँ ।