शनिश्चरे/नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् प्रमुख सचेतक भानुभक्त ढकाल यसबेला आफु संघीय संसदको उम्मेदवारका रूपमा अनुमोदित बन्न मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा नेता तथा कार्यकर्ता भेटघाटमा लागेका छन् ।क्षेत्रीय कमिटीले अन्य सहित आफ्नो नाम समेत उम्मेदवारका रूपमा माथिल्लो कमिटीमा सिफारिस गरेको भन्दै ढकालले क्षेत्रस्तरमा भेटघाट कार्यक्रम थालेका हुन् ।

उनले सो क्षेत्रको क क्षेत्रका अगुवाह?सँग सोमबार पथरीशनिश्चरेमा भेटघाट गर्दै एमालेको जीतका लागि सवै लाग्न आग्रह समेत गरेका छन् । आफु उम्मेदवारका रूपमा छानिएपनि र नछानिएपनि पार्टीको जितका लागि आफु लागि पर्ने जनाउँदै माओवादीसँगको एकतालाई समेत विश्वसनीय बनाएर लानुपर्ने जनाए ।

अनौपचारिक छलफल कार्यक्रममा, सोही क्षेत्रका उम्मेदवारका दावेदार निवर्तमान सांसद चण्डीप्रसाद राईले आफ्नो उम्मेदवारीको दावेदारी प्रस्तुत गर्दै माओवादीसँगको सहकार्यलाई व्यवस्थित बनाएर एमालेको अगुवाईको जितका लागि सवैले लाग्नु पर्ने आवश्यकता औंल्याए । एमालेको अगुवाईको माओवादीसँगको सहकार्यको बामपन्थी मोर्चामा एउटै चुनाव चिन्ह नहुँदा असजिलो बनेको कार्यक्रममा चर्चा भएको छ ।

एउटै निर्वाचन क्षेत्रमा संघीय संसद तथा प्रदेशमा एमाले र माओवादीको मिश्रित उम्मेदवार नबनाई आफ्नो क्षेत्रमा आफ्नो पहुँच भएको घटकको उम्मेदवार उठाउने र अर्काे घटकलाई अर्काे निर्वाचन क्षेत्र छुट्याएर सहमति गर्दा सजिलो हुने सहभागिले सुझाव दिएका छन् । साथै उनीह?ले ३ नम्बर क्षेत्र एमालेको जिल्लाको प्रमुख पकड क्षेत्र भएकाले संघीय संसद र प्रदेशमा एमालेकै मात्र उम्मेदवार बनाइनु पर्ने राय समेत व्यक्त गरेका छन् ।

पार्टीका तर्फबाट उम्मेदवार बन्ने सम्भावना दौडमा केही अगाडि देखिएका प्रमुख सचेतक ढकाल सो क्षेत्रभित्रको कानेपोखरी, ख क्षेत्रको बेलबारी र विराटचोकमा समेत पार्टीका अगुवाहरूसँग भेटघाटमा व्यस्त रहेका थिए । ३ नम्बर क्षेत्रको प्रदेशसभाका लागि समेत माओवादी केन्द्रसँग उम्मेदवार तय गर्ने कुरामा सहमतिको छलफल हुँन बाँकी रहेको छ । माओवादीले समेत आफ्नै उम्मेदवार तय गरेको अवस्था छ । क्षेत्र कबाट माओवादीले विजय डाँगी सहितको नाम पठाएको उल्लेख छ ।

एमालेको ६० र माओवादीको ४० प्रतिशत उम्मेदवार उठाएर जाने केन्द्रको सहमति अनुसार ६ वटा क्षेत्र कायम रहेको मोरङमा माओवादीले १ र ५ नम्बर क्षेत्र आफ्नो लागि मागेको बुझिएको छ ।यस अघि सिंगो ३ नम्बर क्षेत्रबाट संघीय संसदको निर्वाचनका लागि एमालेले प्रत्यक्षतर्फ ७ जना र समानुपातिकतर्फ २ जनाको नाम पठाइएको थियो ।जसमा, प्रत्यक्षतर्फ यसअघिको २ नम्बर क्षेत्रबाट सांसद बनेका चण्डीप्रसाद राई, ८ नम्बरबाट सांसद बनेका चन्द्रबहादुर गुरूङ, २ पटक सांसद बनिसकेका घनेन्द्र वस्नेत र समानुपातिक सांसद मधु गुरूङको नाम सिफारिस भएको छ ।

त्यसैगरी, तेह्थुम घर भएका एमालेका पोलिटव्यूरो सदस्य तथा प्रमुख सचेतक भानुभक्त ढकाल, सामाजिक अभिययन्ताका रूपमा उस्तै छाप बनाएका मदनभण्डारी स्मृति प्रतिष्ठानका अध्यक्ष एवम् पार्टीका केन्द्रीय सल्लाहकार सदस्य गुरूप्रसाद बरालको नाम सिफारिस भएकोे छ । एमालेका वैकल्पिक केन्द्रीय सदस्य डा. देउमान सम्बाहाम्फे पनि उम्मेदवारका रूपमा रहेका छन् । समानुपातिकतर्फ अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष कृष्णकुमारी राई र पार्टीका सक्रिय भीम बस्नेतकोे नाम सिफारिस भएको छ ।

प्रदेशसभा निर्वाचनका लागि क्षेत्र नम्बर ३ ‘क’ बाट सहमति जुट्न नसकेपछि प्रत्यक्षतर्फ १० र समानुपातिकतर्फ १० जना इच्छुक उम्मेदवारको नाम क्षेत्रीय कमिटीले जिल्ला कमिटीमा पठाएको छ । प्रत्यक्षतर्फ, रामकुमार बस्नेत, रविन थापा, भोला अधिकारी, मोहनकुमार न्यौपाने, मानप्रसाद लिम्बू, युवराज वास्कोटा, युवराज भट्टराई, टीपी थापामगर, सरस्वती चौधरी र टिकाप्रसाद गौतमको नाम सिफारिस गरिएको छ ।

त्यस्तै, समानुपातिकतर्फ मोहन तुम्वापो, कृष्णमाया विक, वीरध्वज शिवा, चन्द्र गुरूङ, टंक भण्डारी, नरेशकुमार विक, रामप्रसाद नेपाल, शंकर गु?ङ, सुमन राई र गोपाल विश्वकर्मा रहेका छन् ।