तरहरा/ सडकमा सवारी गुड्ने लेन , बटुवा हिड्ने पेटी , बाटो काट्ने जेव्राक्रस, यु र्टन गर्ने लेनको व्यवस्था नगरी प्रचारबाजीको लागी गरएिको एक नम्बर प्रदेशलाई नै हर्न निषेधीत क्षेत्र घोषणा नामै मात्रको हुन पुगेको छ । बढ्दो सवारी दुर्घटना र ध्वनी प्रदुषण कम गर्न पूर्व क्षेत्रीय ट्राफिक प्रहरीको यो नियमकै वेवास्ता गर्दै बजारमा हर्न बजाउँदै हिड्ने सवारीको कमी छैन ।
आवश्यक पूर्व तयारी र पूर्वाधारको व्यवस्थापन विनै लगाइएको यो नियम अहिले कार्यान्वयनमा समस्या देखिएको छ । सडकमा यात्रा गर्ने यात्रु, सफारी चालकलाई ट्राफिक नियमको जानकारी नै छैन । अर्को तर्फ सडक पनि अतिक्रमका कारण साँघुँरा छन् । कुनैै प्रर्व तयारी सस्तोे लोकप्रियताको लागी गरीएको यो अभियान अहिले सर्वसाधरणले खिल्ली उडाउँने माध्याम बनेको छ माओवादी केन्द्रका केन्द्रिय सदस्य मदन चुडालले भने ।
अहिलेकै अवस्थामा हर्न निषेध उपयुक्त नदेखिएको यात्रुको जनगुनासोे बढ्दो छ । यो नियम लगाउनु पूर्व बाटोका खाल्डाखुल्डी, हम्स, अतिक्रमीत सडकलाई खुल्ला गराउनुपर्ने उनीहरु बताउँछन् । नयाँ टाफिक प्रमुख आए सँगै परिर्वतन भईरहने नियमले अहिले सडकमा सवारी चलाउनेलाई धर्म संकट नै पारेको छ । नियमै नजानेका सफारीहरुले सवारी चालकहरुको लागी टाउको दुखाई बन्दै गईरहेको लामो समय देखि स्कारपियो चलाउँदै आएका प्रकाश नेपालीले वताए । उनले भने टाफिकको यो नियम इटहरीकै चौकमा लागु भएको छैन प्रदेश एकमा कसरी हुन्छ ?
इटहरी चौकमा वसेका टाफिक प्रहरीलाई अधिकांस गाडी चालकहरुले हर्न वजाई जिस्काउँने गरेको एक टाफिकले नाम नखुलाउँने सर्तमा वताए । उनले भने खै कसरी कार्यन्वयन होला यो नियम इटहरी चौकको हालत त यस्तो छ । नियम लगाएर कार्यन्वयन गर्ने नसक्नेहरुले सबै तयारी पुरा गरेर मात्र यस्ता नियम लगाउँनु पर्ने नेपाली काग्रेसका इटहरी नगर सभापति हेमकर्ण पौडेल वताउँछन । उनी भन्छन् हतारमा लिएको यस्तो निर्णय केवल नामै मात्रको भईरहेको छ । नियम लगाई सकेपछि त्यसको कार्यान्वयनलाई कडाईका साथ अनुगमन पनि गर्नुपर्छ । यस तर्फ सम्बन्धित पक्षको ध्यानजाओस् उनले थपे ।
यता पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी राजकुमार लम्सालले भने नियम लागु गर्ने वित्तिकै पूर्ण कार्यान्वयन गर्न नसकिए पनि पछि विस्तारै हुँदै जाने वतउाँछन । दुर्घटना न्यूनिकरण गर्न सुरु गरिएको यो निमय केही समय पछि कार्यान्वयन हुने उनको तर्क छ । सवारी चालकहरुले पनि ओभर टेक गर्ने स्थानबाट मात्र गर्ने, यात्रु, सफारी चालकले पनि सम्बन्धित ठाउँबाटै बाटो काट्ने हो केही हद सम्म यो नियम लागु होला । तर सवैभन्दा पहिले यस विषयमा सचेतना जगाउनुपर्ने सवारी चालकहरु बताउँछन् । नियम लगाउनु नै सवै कुरा हुँदैन । त्यसका लागि आवश्यक पूर्वाधार र तयारी पनि चाहिन्छ ।