तरहरा (सुनसरी) कराडौ लगानीमा इटहरीमा व्यवस्थित बधशालाका लागि बनाइएका भौतिक संरचनाहरु अझै प्रयोग विहिन छन् । तर व्यवस्थित स्थलको अभावमा मासु व्यवसायीहरु भने खुल्ला ठाउँमै पशुबध गरी मासु विक्री वितरण भईरहेको पाईन्छ । लामो समय देखि बधशाला सञ्चालनमा नआउँदा करोडौ लगानी बनाइएका बथशाला लथालिंग हुन पुगेको छ ।

आवास तथा शहरी विकास विभाग तथा कृषि विकास विभाग र इटहरी उपमहानगर को ३ करोड बढी साझेदारीमा इटहरीको मुख्य बजार क्षेत्रमा निर्माण सम्पन्न भएको इटहरी पशु बधशाला तथा तरकारी र फलफूल बजारस्थल यतिखेर दुर्गन्धीत समेत हुन पुगेको हो । झन्डै सयवटा सटरसहितको पक्की भौतिक संरचनामा इटहरी नगर क्षेत्रका राँगा, खसी, कुखुरालगायत पशु बधशालाको बजारलाई व्यवस्थित गर्नका लागि वनाईएको बधशाला नामै मात्रको हुन पुगेको स्थानीय अगुवाहरु वताउँछन ।

इटहरीको बुधहाटमा रहेको बधशाला बषै देखि सञ्चालनमा आउँन नसकेको कारण सर्वसाधरण उपभोत्ताहरुले स्वच्छ मासु समेत खान पाएका छैनन् । मासु विक्रिको लागी वनाईएका सटरहरु बन्द सटरहरु व्यवस्थित बधशाला र मासु विक्रि केन्द्रको रुपमा बनाइए पनि अहिले अब्यास्थीत हुन पुगेको बधशाला नजिकै ब्यापार गदै आएका हिरा मण्डलले वताए । उनले भने सरकारको करोडौ लगानी बालुवामा पानी भयो । बधशालालाई ब्यावस्थीत तरीकाबाट सञ्चालनमा ल्याउँनु पर्ने उनको माग छ ।

मासु व्यवसायीहरु त्यही बन्द सटरको अगाडि पाल टाँगेर खुल्ला रुपमै पशुबध गरी मासु विक्री गर्न बाध्य छन् । अब्यास्थीत बजार हुदा सम्म इटहरी उपमहानगरपालिका कानमा तेल हालेर चुप बसेको छ । भौतिक संग्रचनाको प्रयोग गर्दै बधशालालाई व्यवस्थित गर्न नसकेको स्थानीय ब्यापारी सुनिल वस्नेतले भने । बन्द सटरकै अगाडि खुल्ला रुपमा मासु विक्री गर्नुपरेको स्थानिय व्यापारीहरु बताउँछन् । उपमहानगरपालिकाले व्यवस्थित गर्न नसकेको उनीहरुको गुनासो छ ।

यहाँ माछा, खसी,बोका, सुँगुर, राँगाको बध गरी बिक्री गर्ने गरिएको छ । खुल्ला रुपमै बध गर्ने भएकाले दुर्घन्ध धेरै फैलिने गरेको छ । स्थानियहरुको विरोधका वीच व्यापार गर्नुपरेको स्थानीय ब्यापारी समिर झाले भने । व्यापारीका अनुसार सरसफाईका लागि भनेर उपमहानरलाई प्रति पसल ५ सय दिने गरेका छन् तर सफाई पनि राम्रो हुन सकेको छैन । स्वस्थकर मासुको विक्रि वितरणका लागी ट्रिटमेन्ट प्लान्ट, बधशालाबाट निस्कीने फोहोर तथा रगतको प्रशोधन, वायोग्यास प्लान्ट र शौचालयमा सेफ्टी ट्याङ्की निर्माण गर्ने योजना सहित यो संग्रचना निर्माण गरिएको हो ।

यता, उपमहानगरपालिका कर्मचारी महेश सुवेदी व्यवस्थित बधशालाको रुपमा सञ्चालन गर्न नसकेको बताउनुहुन्छ । त्यो ठाउँमा अव अन्यत्र छरिएका सब्जीमण्डीलाई सञ्चालन गर्ने विषयमा जनप्रतिनिधिहरुसँग छलफल गर्ने तयारी भएको सुवेदी वताए । भौतिक संग्रचनाको अभावमा धेरै काम व्यवस्थित हुन सकेका छैनन तर यहाँ भौतिक संग्रचना भएपनि त्यसको प्रयोग गर्न नसक्दा समस्या भएको छ । यस तर्फ उपमहानगरको ध्यान गए, संग्रचना प्रयोगमा आउने थियो भने सर्वसाधरणले स्वस्थ्य मासु खान पाउने थिए ।