त्यहाँ पुग्दा उनीहरूका यी शव्दले सधैं मन निकै भावुक वन्छ । आफन्तीपनको अभावमा वाँच्नेहरू देखेर मन पोल्छ । मन भक्कानिन्छ । अनि उनीहरूको निश्छल र निश्चल हाँसो देखेर मन सम्हालिन्छ । उनीहरूको ममताको काख छैन, भरोसाको काँध छैन । कतिको त घर र थरको टुंगो छैन । कति सडकमा भेटिएका हुन्, कति फ्याँकिएको झाडीमा फेला परेका हुन् । कति त ढुंगाको मुुटु भएका आमाहरूका सन्तान हुनु परेको अवस्थाबाट जीवन सिक्दैछन् । सन्तानको अथाह ममता हुँदाहुँदै पनि अशिक्षा र आर्थिक विपन्नताको जाँतोमा पिसिएर नीरिह बन्नु परेका बाबुआमाका सन्तान पनि छन् । द्धन्द तथा विपत्तिले आमाबुबा गुमाउन वाध्य भएका टुहुरा मनह? पनि आइपुगेका छन् त्यहाँ । यिनीहरूलाई जो कोहीले पनि आफुहरूलाई आफ्नै सन्तान भनेर माया गरिदिए औधी खुसी र सन्तुष्ठि मिल्छ । त्यही भएर उनीहरूले सहयोगी मनहरू आफ्नो साझा घरमा आएर गर्ने कार्यक्रममा स्वागत गर्दै यसखाले आफ्ना कुण्डामिश्रित अभिव्यक्ति दिने गर्छन् । उनीहरूको यसखाले स्वागत गीतले सवैलाई रूवाउँछ । म पनि पटक पटक भित्र भित्र मात्र होइन बाहिर नै रोएको छु । यस क्रममा दशैंको सन्दर्भमा पुनः ०७४ असोजको ६ गते दिउँसो उनीहरूले रूवाए ।
उर्लाबारी र पथरीशनिश्चरे क्षेत्रका संस्थागत ( नीजि) विद्यालयका शिक्षक र कर्मचारीले खडागरेको सुन्दरफूल सहकारी र दमकस्थित रोटरी क्लबले दशैंको सन्दर्भमा तिनै वालबालिकालाई सहयोग हस्तान्तरण गर्ने कार्यक्रमको सन्दर्भमा त्यहाँ ती नानीबाबूह?सँग भेट भयो । त्यहाँ ४६ जना वालवालिकाले आफ्नो घर मात्र होइन आफ्नो सम्पूर्ण ठानेर नमूना वालगृहको परिवारमा सदस्यका रूपमा सामेल छन् । १२ पास २ छोरा, २ छोरी १२ पढ्दै, २ जना ११, २ जना बालिविज्ञानमा पढ्दै गरेका छन् । ४ जना १० पढ्दै गरेको अवस्था छ । अरू त्यो भन्दा साना कक्षामा छन् । सवैभन्दा सानी ३ वर्षकी छिन् । वाल शिक्षा त्यहीँ सञ्चालनमा छ । चेपाङ जातिदेखि हिमाली शेर्पा र तराई मुलका जाति सहित मेचीदेखि महाकालीसम्मका मायालु अनुहारहरूको साझा घर बनेको छ त्यो । निकै विपत्तिपूर्ण अवस्था खेपेकी उर्लाबारीकी बालिका नमूनाको नामबाट ०५७ सालमा महिला तथा वालवालिका चेतना केन्द्रमार्फत नमूना बालगृहकोे नाम राखेर उनीह?को संरक्षण सुरू गर्ने कुराको अगुवाई सन्तानविहीन समाजसेवी मीना वरालबाट भयो । बरालबाट आफ्नो भएको जायजेथा समेत ती वालवालिकालाई आफ्नै सन्तान ठानेर उनीहरूकै लागि समर्पण भयो । त्यहीँ बालगृहलाई नै आफ्नो घर ठानेर बराल पनि त्यहीँ वस्नुहुन्छ । मीना आमा र त्यहाँ आउने सवै एउटै परिवारका दाजू भाई र दिदी वहिनीका रूपमा सन्तान वनिए । जति टाढा भएपनि विपत्तिपूर्ण र अनाथ बनेको बालबालिकाको खवर थाहा पाउनकासाथ वालगृह उद्धारमा पुगिहाल्छ ।
यसो हुँदैजाँदा ४६ जना बालबालिकालाई हेरचाह गर्ने समेत गरी ५२ जनाको ठूलो परिवार सधैं आज खाए भरे के खाने भन्ने संकटमा गुज्रिरहेको कुराले हामी जो कोहीको मनमा पीडा महसुस हुन्छ । हुनत उनीहरूका लागि अक्षयकोषको अवधारणा अगाडि ल्याइएपनि त्यसले अभियानगत रूपमा प्रभावकारिता हाँसिल गर्न सकिरहेको छैन । जहाँबाट जस्ले जति सहयोग गर्छ, त्यसकै भरमा उनीहरूको जीवन चलिरहेको छ । देश विदेशमा रहेका नेपाली मनले व्यक्तिगत सहयोग गरेपनि सरकारी पक्षबाट त्यसखाले सहयोग नभएकोमा अभियन्ताको मन कुँढिएको छ । महिनामा डेढलाख भन्दा बढी रकम उनीहरूको खानपान र लालनपोषणमा नियमित हुने खर्च निकै ठूलो खर्च हो । त्यो धान्न निकै मुस्किल छ । तरैपनि सहयोगी मनहरूले उनीहरूको जीवन टिकाइरहेका मात्र छैनन् पठन पाठनको प्रवन्ध समेत गरिदिएका छन् । उर्लाबारीका नीजि विद्यालयहरूले समेत निशुल्क पठनपाठनको सहयोग पुर्याएका छन् । दाताहरूको सहयोगमा झण्डै २ विगाहा जग्गा जुटेको छ । तरैपनि दैनिक रूपमा नियमित हुने ठूलो खर्च धान्नका लागि आर्थिक व्यवस्थापनको दिगो समाधान अत्यन्तै टड्कारो आवश्यकता बनेको छ । यो देशको कर्णधार ती वालवालिकाको पनि सहरमा बाबुआमाको लाडप्यार सहित मस्तसँग बस्नेहरूको जस्तै सुन्दर सपना छ । उनीहरू अघि उभिएको समस्याको अग्लो पहाडले सपनाको बाटो रोक्ने हरदम प्रयत्न गरिरहेको छ । तथापि उनीहरूले आफ्नो मनोवल गिराएका छैनन् । उनीहरूले त्यहाँ संघर्ष गर्न सिक्दैछन् । तर मात्र तपाईहरूको आत्मिय साथ आवश्यक छ भनेर उनीहरूले यसरी भन्दैछन् : हजूर हाम्रा बुबा आमा दाजू दिदी पनि हो नत्र भनें भनिदिनुहोस् हाम्रो गार्जेन को हो ? बाबुआमा हाम्रो राष्ट् दाजू दिदी विश्व हो सवै मिली रक्षा गरे हाम्लाई बेश हुन्थ्यो । आफैंले नजन्माएपनि आमाको सवैथोकको भूमिका निर्वाह गरेर प्यारा छोराछोरी ठानेकी मीनाले नै गीतका ?पमाासिर्जना गरेको यी भावुक शब्दहरू अतिथिहरू आँउदा अतिथि स्वागतमा प्रस्तुति हुँदै आएको छ । जव ती वालवालिका यो गीतबाट अतिथि अनि सहयोगीको स्वागतमा उत्रिन्छन् तव मान्छे भित्रको संवेदना उर्लिन्छ । कहाँ जन्मिए उनीहरू, के हो थर ? थाहाछैन । थाहा हुनेको थर लेखिन्छ र नहुनेको थर नेपालको वासिन्दाको अर्थमा ‘नेपाली’ लेखिएको छ । कहाँ थिए हाम्रा गार्जेन कहाँथियो घर पनि ? नाउसम्म थाहाछैन कोनी के हो थर पनि ?