[caption id="attachment_49168" align="alignleft" width="134"] विराट अनुपम[/caption]

‘निद्रामा हैन चेतनाले देखेको सपना पुरा हुन्छ’ इटहरीको टेंग्रा खोलामा पहिलो पटक भएको नेपालकै पहिलो सिटी र्याफ्टिङ टिमको तस्बिर मुनी कवि देवान किरातीले लेखेको क्याप्सन हो यो । यसले धेरै अर्थ राख्छ । अर्थ किनपनि राख्छ भने हामीले सपना देख्छौ तर त्यो सपनाको फलोअप गर्दैनौँ ।

फलोअप गर्छौँ तर चेतनाले गर्दैनौँ । आफ्नो व्याक्तिगत अहं र अनुभवले मात्रै गर्छौ । तर यसोहुँदाहुँदै पनि, कतिपय अजेण्डाहरु सपना बन्दा रहेछन । सपना बन्नुमा त्यो अजेण्डाको महत्व र प्रेमले काम गर्दो हो ।

हो, मलाइ इटहरीमै मुहान भएको इटहरीको मुटु भएर बग्ने टेंग्रा खोलामा सिटी र्याफ्टिङ गर्ने रहर थियो । सोचेका सबै रहर पुरा नहुने यो नेपाली सिस्टममा सपनानै थियो भन्दा पनि हुन्छ । विदेशमा बनेको अक्यारियमामा किनेर आनन्द मान्ने हामीले इटहरीको टेंग्रा खोला जस्तो प्राक्रितिक अक्यारियममा भने आनन्द लिन पाइका थिएनौँ ।

नपाँउनुमा टेंग्राको बढ्दो अतिक्रमण, फोहोर र ढलको थुप्रो फाल्ने कामहरु दोषी थिए । दोशी त हामी स्थानिय क्षेत्रमा काम गर्ने प्रेस जगत, पब्लिक जगत र सचेत सर्वसाधारण पनि थियौँ । यहि कुराले मलाइ पिन्च गर्यो । टेंग्राको व्युटि र व्यवशायिकता अनि पर्यटन सबै जोड्न मलाइ सिटी र्याफ्टिङ गरेमा सबै चाहाना पुरा हुने लागेर आर्टिकलै लेख्न मन लाग्यो ।

अन्य देशका उदाहरणहरुले यो कुरामा उत्साह थपे । मध्य शहर भएर बग्ने नदिमा बोट, ट्युव वा र्याफ्टमा जलबिहार गर्न सकिने पढेपछि इटहरीमा पनि स्थानिय रुपमा यो कुराको उठान गर्नैपर्छ भन्ने लाग्यो । क्यानडाको ओटवा सिटी र्याफ्टिङ र अमेरिकाको कोलोराडो सिटी र्याफ्टिङको दाम, काम र क्रेजको प्रशंग ल्याएर इटहरीमा पनि टेंग्रामा सिटी र्याफ्टिङ संभव छ भनेर ब्लास्टमा २०७३ को असारमा एक आलेख लेखे । ‘इटहरीमा सिटी र्याफ्टिङको संभावना’ शिर्षक आर्टिकल आएपछि इटहरीमा टेंग्रामा ग्रिन बेल्ट, साइकल लेन र ओपन पार्क बनाँउने आदि कुरामा केहि नयाँ पर्यटकिय कोण आउला कि भन्ने मेरो आशय थियो । तर, सकरात्मक रुपमा लिने स्टेकहोल्डर बारेमा भने मलाइ आशा थिएन ।

र्याफ्टिङ भन्ने वित्तिकै तमोर, अरुण र सुनकोशी तथा भोटेकोशी सुन्दै आएका इटहरी बासिलाइ त्यो नपच्ला कि जस्तो लागेको थियो तर त्यो गलत प्रमाणित भयो । र पत्रिका र अनलाइन दुबैमा निरन्तर सकरात्मक प्रतिक्रियाहरु आए । अनलाइनमा त थुप्रै प्रतिक्रियाहरु पनि आए ।यो त टेंग्राको पर्यटकिय कुराको एक मिडियो बहश थियो ।

यसै क्रममा ग्रिन इटहरीको पक्षका काम गर्ने इटहरीका सामाजीक संस्थाहरु किप इटहरी क्लिन, बार्ष ग्रुप, जिवन विज्ञान केन्द्र, ट्विटेरियन सोसाइटि आदि सामाजीक समुहहरुले टेंग्रा खोलाको निरन्तर सफाइको कार्यक्रम नै चलाएर टेंग्रामा जलबिहार र व्युटिफिकेसनको कुरा इटहरीको एकखाले मुल मुद्धा नै बन्यो ।

अन्ततः नेकपा माओवादी केन्द्रको घोषणापत्रमै इटहरीको टेंग्रामा अध्ययन गरेर र्याफ्टिङ गर्ने कुरा आयो । कांग्रेसको वडा नम्बर ६ र एमालेको वडा नम्बर ४ का वडाध्यक्षको समुहले पनि टेंग्रामा जलबिहार समेत गर्न मिल्ने पर्यटकिय प्रोजेक्ट गर्ने भनेर लिखित घोषणा नै गरे ।

चार नम्बर वडाका वडाअध्यक्ष चन्द्र भट्टाराइले त आफुले जितेको केहि हप्ता पछिनै म लगायत पत्रकार यात्री शेखर, हिमाल दाहाल र स्थानिय सामाजीक अगुवा युवाहरु होमनाथ धमला र सुनिल कार्कीको टेंग्रा र्याफ्टिङको फलोअप सकरात्मक रुपमा मात्रै लिनुभएन । वडा बैठकमा प्रस्ताव पेश गरेर हामी नै समेटेको टेंग्रामा जलबिहार संचालनको प्रारम्भिक संभावनाको अध्ययन गर्ने वडासदस्य डिबी राईको संयोजकत्वमा समिती नै बन्ने कुरा प्रस्तावै गर्नुभयो ।

र्याफ्टिङ भन्ने वित्तिकै तमोर, अरुण र सुनकोशी तथा भोटेकोशी सुन्दै आएका इटहरी बासिलाइ त्यो नपच्ला कि जस्तो लागेको थियो तर त्यो गलत प्रमाणित भयो । र पत्रिका र अनलाइन दुबैमा निरन्तर सकरात्मक प्रतिक्रियाहरु आए । अनलाइनमा त थुप्रै प्रतिक्रियाहरु पनि आए ।यो त टेंग्राको पर्यटकिय कुराको एक मिडियो बहश थियो ।

समिती बनेपछि तातेका हामीले तमोर, अरुण र सुनकोशी जस्ता नेपालमा प्रशिद्ध र्याफ्टिङ नदिहरुमा र्याफ्टिङ गराँउने इटहरी दुइमै कार्यालय भएको रिभर डिप र्याििफ्टङसँग छलफलमा जुट्यौँ । छलफलको क्रममा थोरैमा एक फिट मात्रै पानी जमिकोमा र्याफ्टिङ हुने कुराको जानकारी भयो ।

र वडा नम्बर चारको फलामे पुलदेखी पानधारे बाँध सम्म त्यो तत्काललाइ हुने कुरा र्याफ्टिङ गाइडहरुलाइ स्थलगत अध्ययन गराएपछि संचालक सुरेश बस्नेतले बताँउनु भयो । यसरी ६ गते बनेको समितीले ७ गते नै व्यवशयिक सिटी र्याफ्टिङको परिक्षण गर्ने कुराको टुंगो लाग्यो । यसमा नेपाल हामीलाइ पत्रकार त्रय हिमाल दाहाल, प्रेम बास्तोला र मिलन बिछोडको सक्रिय साथ रह्यो । कवित्रय बद्रि भिखारी, देवान किराँती र मनु मन्जिल अनि थिएटर कर्मि सोनु जयन्तिको पनि फास्ट ट्रयाकमा काम गर्न थप हौसला पुर्याउनु भयो । केआइसीका अभियानकर्मि दिव्यराज गुरुङको सहयोग पनि उत्साहप्रद थियो ।

इटहरी चारका पुर्व मेयर सर्वध्यव साँवा, पुर्व वडाअध्यक्ष रमेश विष्ट लगायतले पनि देखिने र नदेखिने दुवै सहयोग दिएपछि हामी थप उत्साहित भयौँ । एमाले इटहरी अध्यक्ष रेवति घिमिेरे , कांग्रेस इटहरी सभापति हेमकर्ण पौडल लगायतका नेतृत्वले हामाजीक संजालमा सकरात्मक कमेन्ट गरेर हैसलामा अर्को हौसला थप्नुभयो ।र र्याफ्टिङ गर्नलाइ मिती तोक्यौँ असोज सात गते शनिवार । शनिवारको पनि विहान ८ बजे नै तोक्यौँ ।

धेरै हल्लाखल्ला नगरी काम गर्ने र सफल भएमा मात्रै थप मान्छेलाइ जानकारी दिने सल्लाह बमोजिम हामीले धेरैलाइ खबर गरिनौँ । तर, जब हाम्रो यात्रा सफल भयो हामी धेरै उत्साहित बन्यौँ । वडाध्यक्ष भट्टराई र सम्पुर्णै सवा समिती सहितको हामी जलयात्रा गर्ने समुहमा इटहरीका कवि, पत्रकार, युवा, कलाकर्मि देखी केहि सामाजीक अभियान्ताहरुको समेत उपस्थित थियो । वान वे र्याफ्टिङ दुरी आधा किलोमिटर रहेकोमा हामीले पुनः दोहोर्याएर गर्न पनि हौसियौँ । सबैले आनन्द र ऐतिहासीक महँशुस गरेको इटहरीको प्रथम सिटी र्याफ्टिङको परिक्षणमै सफल भयो ।

परिक्षणमा सफल भएको र इटहरीको बजार क्षेत्रमा बग्ने र इटहरीको पर्यटकिय क्षेत्र तालतलैयामा मुहान भएको टेंग्रामा जलबिहार संभव भएको प्रमाणित भयो । अब धेरै बजेट भएको अवस्थामा राम्रो लगानीमा इटहरीको मुख्य बजार क्षेत्रबाट पानी च्यानलाइज गरेर वा जमाएर तातलैया सम्मै पुग्ने स्टिमर र आँउने र्याफ्टिङ संचालन गर्न सकिन्छ ।

किरब ६ किलोमिटरको यो खोला परियोजनामा खोलाका दुवै किनारमा ग्रिन बेल्ट सहितको पैदलयात्रा गर्ने पेभमेन्ट बनाँउन सकिन्छ । करोडौ लगानी लाग्ने त्यो सबै गर्न नसकेपनि २,३,४ र ६ वडा क्षेत्रमा पर्ने टेंग्राको पानीमा आवस्यकता अनुसार बोट, र्याफ्ट वा ट्युव संचालन गर्न सकिन्छ । त्यहाँ छट पुजा गर्न मिल्ने खोलाको व्यवस्थित र सुरक्षित किनार निर्माण गर्न सकिन्छ । यत्ति भएमा इटहरी नेपालकै पहिलो सिटी जलबिहार गराँउने सहर बन्ने छ ।

यसले खोलाको बर्षेनि बढ्दो डुबान र बाढि आतंक पनि कम गर्नेछ ।यसले इटहरीको पर्यटकिय चहलपहल बढाँउने छ । तर, त्यसको लागी पुरा हुने सपना भने हामीले देख्नुपर्छ । त्यस्तो र त्यसरी सार्वजनिक र महत्वकांशी सपना देखौँ जुन पुरा होस । कवि देवान किरातीले लेखेको र्याफ्टिङ तस्बिरको क्याम्पन जस्तैः ‘निद्रामा हैन चेतनाले देखेको सपना पुरा हुन्छ ।’