भद्रपुर/ झापाका विभिन्न नदी तथा खोलामा सञ्चालित डुंगा(नाउ)ठेकेदारले खोला वारपार गर्ने यात्रुसंग चर्को भाडा लिने गरेको पाइएको छ । डुंगा सञ्चालन गर्ने ठेकेदारहरुले जिल्ला समन्वय समिति र सम्बन्धित स्थानीय तहबाट कम दरमा ठेक्का लिइ यात्रुसंग आफूखुसी भाडा असुल्ने गरेको पाइएको हो ।
जिल्लाको मेची, कनकाई, किस्ने, कमल–बनियानी , रतुवा लगायत खोलाका दक्षिणी क्षेत्रमा वर्षायाममा काठको डुंगा सञ्चालन हुने गरेको मौका पारेर नियमबिपति रकम लिने गरेका छन् । मेची खोलाकै भद्रपुर ५ घाटमा डुंगा सञ्चालकले चर्को भाडा असुल्ने गरेको स्थानीयको गुनासो छ । विगतमा जिससले ठेक्का लगाउ“दै आएकोमा साउन र भदौंको लागि भद्रपुर नगरपालिकाले ठेक्का लगाएको छ । नगरपालिकाले दुई महिनाको लागि १२ हजारमा स्थानीय लक्ष्मीसिंह राजपुतलाई ठेक्का लगाएको हो । नगरपालिकाले यात्रु र साइकलको १०÷१०, मोटसाइकलको ४०, पशुचौपायाको १० रुपैया“,पटुवा प्रतिमन १० भाडा तोकिदिएको छ । तर, डुंगा सञ्चालकले यात्रुको ५० रुपैया“सम्म भाडा असुल्ने गरेको स्थानीयको आरोप छ । उक्त घाट भएर दैनिक ५ सयभन्दा बढी व्यापारी एवं सर्वसाधारण वारिपारी गर्छन् ।
वर्खासगै चाड पर्व सुरु भएकोले खोलामा आवत जावतको संख्यामा बृद्धि भएको र विभिन्न कामको शिलशिलामा भारतवाट नेपाल आएर काम गर्ने लेवरसंग रकम बढीलिने गरेका छन् । मेचीनदीमा वर्षौदेखि भद्रपुर छोटी भन्सार अगाडि र भद्रपुर नगरपालिका देविवस्ती नाकामा सञ्चालित नाउले लुट मच्चाइ रहेपनि कुनै निकायले चासो लिएको छैन ।
ठेकदार लक्ष्मी सिंले आफुले नियमविपरित रकम नउठाएको दाबी गरेपनि ब्लाष्टकर्मीमाझ यात्रुसंग ठेकेदारले बढी रकम लिने गरेको पाइयो । त्यस्तैकचनकवल गाउ“पालिका ५ साविक पाठामारी ५ स्थित मेची खोलामा सञ्चालित डुंगा ठेकेदारले एकतर्फी यात्रा गरेको प्रतिव्यक्ति भारु १० रुपैया“ लिने गरेको पाइएको छ ।
खोलामा बाढी आएको समयमा भारु २० रुपैया“सम्म लिने गरेको स्थानीयले बताए । उक्त स्थानमा स्थानीय मउनुद्दिन शेकले दुई वटा डुंगा सञ्चालन गर्दै आएका छन् । उनले साइकलको भारु २० र मोटरसाइकलको नेरु ५० रुपैया“ भाडा लिने गरेका छन् ।
डुंगा सञ्चालन गर्न शेकले मुख्य ठेकेदार सरमुद्दिन हकसंग तीन बर्षको लागि एक लाख ८० हजार रुपैया“मा ठेक्का लिएको स्विकारेका छन् । हकले भने जिल्ला समन्वय समितिमा बार्षिक २ हजार रुपैया“ बुझाउने गरि डुंगा सञ्चालन गर्न घाट ठेक्कामा लिएका हुन् ।जिल्ला समन्वय समितिका अनुसार डुंगा सञ्चालन गर्दा प्रतिव्यक्ति २ रुपैया“, धान–चामलको १ रुपैया“, सागसब्जीको ५० पैंसा, रा“गा–घोडाको ५ रुपैया“, बाख्राको १ रुपैया“ भाडा लिने ठेक्का सम्झौतामा उल्लेख भएको बताए । तर, डुंगा सञ्चालकले सम्झौताभन्दा १० गुणबढी भाडा असुलेपनि सरोकारवाला निकायले कुनै चासो राखेको छैन ।
हकले बार्षिक २ हजारको ठेक्का शेकलाई झण्डै २ लाख रुपैया“मा लगाएको बारे जिससलाई कुनै जानकारी नभएको अधिकृत मैनालीले बताए । उनले डुंगामा यात्रा गर्दा स्थानीयले बढी भाडा तिर्नुपरेकोबारे पनि केही थाहा नभएको बताए । कहिले काहि त बजारबाट किनेर ल्याउने सामानभन्दा डुंगाको भाडा मह“गो हुने पाठामारीका हिमलाल गणेशले बताए ।
उनले स्थानीयवासीलाई मर्का नपर्ने गरि भाडा तय गर्नुपर्ने माग राखे । सवै सामग्रीको लागि भारतीय बजार जानु परेकोले सुरुमा नाउको भाडा छुट्याएर मात्र सामान खरिद गर्नु पर्ने बाध्यता रहेको स्थानीय कुरवानी मियाले गुनासो गरे । यो ठाउमा चाडो पुल बनाइदिन उनले अनुरोध समेत गरे । भारतमा रहेको पाठामारीमा शनिवार र मंगलवार तथा ठाकुरगञ्जमा शुक्रवार र सोमवार वजार लाग्ने गरेको मियाले बताए । पाठामारी नाका जिम्मा लिएका शेकले आफुले कसैसग बढी रकम नलिएको बचाउ गरे ।
आफुले २० वर्षदेखि बर्खामा नाउ हिउदमा बासेपुलवाट रकम उठाउदै आएको बताए । डुंगा सञ्चालक शेकका अनुसार पाठामारी घाटबाट दैनिक ३ सय यात्रु खोला वारिपारी गर्छन् । त्यसैगरि कनकाई खोलाका विभिन्न स्थानमा डुंगा सञ्चालन हुने गरेको छ । शिवसताक्षी नगरपालिका र गौरीगञ्ज गाउ“पालिका अन्तर्गत पर्ने खोला वारपार गर्दा पनि यात्रुले चर्को शुल्क तिर्नुपरिरहेको छ ।
कनकाई खोलाको पश्चिम किनारमा शिवगञ्ज, रंगियाथान, चौरीलगायतका स्थानमा डुंगा चल्छ । यस्तै खजुरगाछीबाट मोरङको सिजुवातर्फ आवतजावत गर्न रतुवा खोलामा डंगा चढ्नुपर्ने बाध्यता छ ।
उक्त घाट भएर डुंगामा यात्रा गर्दा यात्रुले न्यूनतम् प्रतिव्यक्ति ३० रुपैया“ बुझाउनु परेको गौरीगञ्ज गाउ“पालिका ६ की अनाबती ठाकुरले बताइन । रतुवा खोलामा २ बर्षअघि नै पुल बनेपनि सञ्चालनमा आउन नसक्दा अझै स्थानीय डुंगामा चर्को भाडा तिरेर जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
इन्जिनियरले गलत डिजाइन गरिदिदा खोलाभन्दा पुल सानो बनेकोले पुल सञ्चालनमा आउन सकेको छैन । नियमविपरित काम गरेको फेला परेमा कानुनबमोजिम कारवाही गरिने स्थानीय विकास अधिकारी खेमराज ओझाले आश्वासन दिएका छन् ।