[caption id="attachment_55794" align="alignleft" width="453"] दुध चिस्याउने मेसिन देखाउँदै प्रोपाईटर रिजाल ।[/caption]

धनकुटा/धनकुटा नगरपालिका वडा नं.१ निगाले घर भएका वर्ष ६९ का नारयण प्रसाद रिजालले दुग्ध उधोग स्थापना गरेर दुग्ध परिकारहरु उत्पादन गर्न थालेको अहिले २१ वर्ष पुगेको छ ।

तर अहिलेसम्म उनले दुग्धका परिकारहरु निशान डेरी उधोग मार्फत उत्पानद गरेर वजारिकरण गर्न थालेको २१ वर्ष वित्न लाग्दा पनि वजारको माग अनुसारको दुग्द उत्पादनका परिकारहरु आपुर्ति गर्न सकेका छैन्न । रिजालले ०५३ सालमा ९ जना साथीहरुसंग मिलेर १ लाख रुपयाँको लगानीमा निशान देवी डेरी उधोग स्थापना गरेका थिए । रिजालले ०५३ साल देखी ०६९ सालसम्म ९ जना पार्टनर साथीहरुसंग नै मिलेर निशान देवी डेरी उधोग चलाएका । उवेलासम्ममा डेरी उधोगको लगानी १६ लाख रुपयाँ पुगेको थियो । अहिले उधोगको कुल पुँजी १ करोडको हाराहारीमा पुगेको रिजालले वताएका छन् । ०६९ साल देखी रिजालले निशान डेरी उधोगलाई एक्लौटी वनाएर दुधका विभिन्न परिकार वनाउँदै संचालन गर्दै आएका छन् ।

निशान डेरी उधोगले हिजोआज दिनको ११ सय लिटर दुध किसानहरुवाट संकलन गरेर विभिन्न दुग्ध परिकारहरु उत्पादन गरिहेको छ । उधोगका प्रोपाईटर नारयण प्रसाद रिजालका अनुसार उधोगले दैनिक रुपमा दहि १ सय लिटर, महि १ सय लिटर, दुध ५ सय ५० लिटर, पनिर १ सय लिटरको र छुर्पि दैनिक रुपमा ५ देखी १० केजीसम्म विक्री हुने गरेको छ । अहिले उनको उधोग मै ग्राहकहरु दुग्ध परिकारहरु किन्न आउने गरेका छन् । निशान डेरीमा छुर्पि प्रति केजी ९ सय रुपयाँ, नौनी घिउ प्रति केजी ६ सय रुपयाँ, खरुवा घिउ प्रति केजी ८ सय रुपयाँ, कुराउनी प्रति केजी ५ सय रुपयाँ, पनिर प्रति केजी ५ सय ५० रुपयाँ, ललिपप ठूलो पाकेट १ सय रुपयाँ, सानो पाकेट ५० रुपयाँ, वम्वैसन प्रति केजी ५ सय रुपयाँ, क्रिम प्रति केजी ४ सय रुपयाँ, दही प्रति लिटर ५० रुपयाँ, पोष्टकारी प्रतिलिटर ४ सय रुपयाँ र मही प्रति लिटर ३० रुपयाँको दरले विक्री हुने गरेको छ ।

किसानहरुवाट डेरीले दुधको मात्रा तथा गुणस्तर फ्याट र ल्याक्टो हेरेर प्रति लिटर ३८ रुपयाँ देखी ६२ रुपयाँसम्ममा लिने गरेका छन् । रिजालले आफ्नो डेरी उधोगको उत्पादनहरु विक्रि गर्नको लागी जिल्ला सदरमुकाम धनकुटा वजारमा र पर्यटकिय वजार साँगुरीगढी गाउपालिका अन्तरगत पर्ने भेडेटार वजारमा समेत विक्रि कक्ष स्थापना गरेका छन् ।  आफुले उधोग खोलेर स्थानिय युवालाई रोजगार र स्थानिय उत्पादन स्थानिय रुपमा सदुपयोग गर्न सफल भएको प्रोपाईटर रिजाल वताउँछन् ।

अहिले उनको उधोगमा ११ जना कामदार कार्यरत रहेका छन् । जसमध्ये ५ जना फुलटाईमर, ३ जना पार्टाइमर र ३ जना कमिसनमा काम गर्दै आईरहेका छन् । उनले फुल टाइम काम गर्नेलाई प्रति महिना तलव १५ हजार, पार्टाइम काम गर्नेलाई प्रति महिना ८ हजार दिने गरेको र कमिसनमा काम गर्नेले दिनको ५ सय रुपयाँ कमाउँदै आएको वताएका छन् ।

रिजालले उधोगमा दक्ष जनशक्तिको अभाव, विधुत आपुर्ति भने जस्तो नियमित नहुनु, आर्थिक लागत भने वढी रहनु र नाफा कम हुने गरेको गुनासो पनि गरेका छन् । रिजालले ११ जना कर्मचारीलाई मासिक तलव ७५ हजार, उधोगमा मर्मत खर्च १ लाख खर्च कटाई प्रति महनिा ६० हजार देखी १ लाख रुपयाँसम्म आम्दामी हुने गरेको वताएका छन् । रिजाल आफ्ना ४ भाई छोरा मध्ये साँहिला छोरा लेखनाथ रिजालसंग ६ जनाको परिवार श्रीमती, वुहारी र नातानातिनीहरुको साथमा वस्दै आएका छन् । रिजालले स्थानिय जनता निमावी लाँकुरेमा ३५ वर्ष शिक्षक सेवा पनि गरेका छन् ।

हालसम्म उधोगलाई प्राविधिक रुपमा सरकारी तथा गैह्रसरकारी निकायवाट सहयोग समेत प्राप्त भैरहेको प्रोपाइटर रिजालले वताएका छन् । उनका अनुसार धनकुटा स्थित् घरेलु तथा साना उधोग विकास समितिले आ.व.०५७/०५८ मा ६४ हजार आर्थिक सहयोगमा डिफ्रिज २ थान, प्याकिङ्ग गर्ने हाते मेसिन २ थान प्राप्त गरेको वताएका छन् । त्यसैगरी जिल्ला पशुसेवा कार्यालय धनकुटावाट आ.व.०६६/०६७ मा फ्याट तताउने मेसिन १ थान र खुट्टाले थिचेर प्याक गर्ने मेसिन १ थान ४२ हजार आर्थिक सहयोगमा खरिद गरेको वताएका छन् । त्यसैगरी आ.व.०७३/०७४ मा पशपंक्षि वजार प्रवद्र्धृन केन्द्रवाट २ लाख र युवा स्वरोजगार कार्यक्रमवाट २ लाख गरि जम्मा ४ लाखको लागतमा दुध उमाल्ने वोइलर मेसिन खरिद गरेर हाल प्रयोगमा ल्याई रहेको वताएका छन् ।

रिजालले उधोग संचालन गर्ने क्रममा क्रममा आ.वं. ०७१/०७२ मा राष्ट्रिय वाणिज्य वैंक धनकुटा शाखावाट २५ लाख रुपयाँ ऋण लिएर १६ लाखमा दुध वोक्ने गाडी खरिद गरेको वताएका छन् । उधोगमा गाडी खरिद गरेयता वजारमा ग्राहकको माग अनुसार भनेको समयमा दुग्ध उत्पादन आपुर्ति गर्न सहज भएको छ । त्यसैगरी डेनिस सरकारको सहयोगमा संचालित उन्नती परियोजना धनकुटा मार्फत उधोगलाई आ.व.०७३/०७४ मा ५७ लाख, ९१ हजार, ३७ रुपयाँ अनुदान सहयोग प्राप्त भएको छ । जस अन्तर्गत हालसम्म उन्नती परियोजनाको सहयोगमा ७ लाख, ४८ हजार वरवारको ३० केभिएको अटोमेटिक जेनेरेटर, १ लाख, ५९ हजार, ५ सय वरावरको मिल्क एनालाईजर, २ लाख, ८५ हजार, ५ सय वरावरको भ्याकुम प्याकिङ्ग मेसिन, ५ लाख, ३१ हजार, १ सय रुपयाँ वरावरको चिलिङ्ग भ्याट मेसिन २ वटा खरिद गरेको, ७० हजार मुल्य वरावरको छुर्पि चेप्ने मसिन २ वटा खरिद गरेका छन् ।

उन्नती परियोजनाले प्रदान गरेको विनियाजित रकम मध्येवाट कोल्ड रुम र हटरुम ल्याउन वाँकी रहेको प्रोपाईटर रिजालले वताएका छन् । त्यसैगरी धनकुटा नगरपालिकाको पारिपात्ले, निगाले, वेलहाराका २ सय ५० जना किसानहरुलाई २/२ पटक स्वाच्छ दुध उत्पादन गर्नको लागी उन्नती परियोजनाको सहयोगमा तालिम दिइएको पनि निशान डेरी उधोग संचालक रिजालले वताएका छन् ।