भद्रपुर । सरकारले धान सुपरजोन क्षेत्र घोषणा गरेको गाँउपालिकालाई अध्यक्षले इटा उद्योग सञ्चालनका लागि कागजी प्रक्रिया सुरु गरेपछि स्थानीय विरोधमा उत्रिएका छन् । झापाको दक्षिणी क्षेत्र साविक पाठामारी गाविस १ हाल कचनकवल गाँउपालिका ५ स्थित आमजुवानी गाँउबासी त्यसको विरोधमा उत्रिएका हुन् । कचनकवल गाउपालिका अध्यक्ष अञ्जार आलमले उद्योग सञ्चालनका निम्त्ति कागजी प्रक्रिया सुरु गरेपछि पीडित बनेको स्थानीय धनलाल राजवंशीले बताए । गाँउपालिका अध्यक्ष आलमले स्थानीयको भावन र धनजनको वस्ता नगरी एकलौटी रुपमा निर्णय गर्न थालेपछि प्रशासन कार्यालय झापा आएकोे बताएका छन् ।
वातावरणलाई प्रभाव पार्दै खेती योग्य जमिनमा नियमवितरीत ईटा उद्योग खोल्ने क्रम बढेपछि विरोधमा उत्रिएका स्थानीयबासीले आइतबार जिल्ला प्रशासन कार्यालय झापामा फेरी लिखितपत्र बुझाएका छन् । एक दर्जनबढी स्थानीयले उचित न्याय दिलाई दिन माग राख्दै सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद तिवारीलाई पत्र बुझाएका हुन् । सोही ठाँउका जानतुम खातुनले ईटा उद्योग खोल्न गाउपालिकासंग अनुमति माग गरेपछि गाँउबासीले जनधनको रक्षा गरी पाँउ भन्दै गत भदौ ११ गते हस्ताक्षर सहितको लिखितपत्र प्रशासन कार्यालय झापामा बुझाएका थिए । प्रशासनमा बुझाएको पत्रको वेवस्ता र स्थानीयलाई सहभागि नगराई कचनकवल गाउपालिकाले उद्योगलाई अनुमति दिन खोजेपछि न्यायका लागि पुनः प्रशासन कार्यालय आएको बताएका छन् । यसअघि नै प्रशासनले पीडित बनेका स्थानीयको सहभागितामा प्रारम्भिक वातावरण परिक्षण गरेमात्र अनुमति दिन भनि घरेलु तथा साना उद्योग कार्यालयलाई पत्र पठाएको थियो । घरेलुको पत्र अनुसार कचनकवल गाउपालिकाले छलफल गराउदा तीन जना स्थानीयलाई बोलाए पनि उनीहरुले नमानेपछि गाउपालिका प्रमुख आलमले प्रक्रिया अघि बढाएको स्थानीय मुवल हुसेलले बताए
उनका अनुसार साविक पाठामारी १ र ९ मा पर्ने ७८२, ६८९, ७१४, ७७७, ७९५, ३५९, ३६० र ३५४ कित्ता नम्बरको जमिनमा खातुनले फिक्स चिम्नीको ईटा उद्योग सञ्चालनका लागि वडा कार्यालयमा सिफारिस माग गरेपछि पीडित किशान र स्थानीयले दावी विरोधका लागि निवेदन पेश गर्दा पनि जालसाज गरी वडा कार्यालयले सिफारिस दिएको थियो । वडाबाट सिफारिस भएपछि सञ्चालक खातुनले पत्रिकामा प्रारम्भिक वातावरण परिक्षण सम्बन्धी १५ दिने सूचना निकालेका थिए । सूचना पनि कागजी प्रक्रिया मै सिमित भएको स्थानीयले बताए । गाँउबासीले पटक पटक वडा कार्यालय र गाउपालिकामा गएर दावी विरोधको माग राखेपनि त्यहाँबाट सुनवाई नभएपछि प्रशासन समक्ष आउन बाध्य भएको हुसेनले बताए । दुई सय बढी घरपरिवारसहित किशानको खेतीयोग्य जमिनमा प्रत्यक्ष असर पर्ने भन्दै न्याय खोज्दै हिडेको स्थानीय गोपाल बोहोराले थपे । यसरी नै गाँउमा इटा उद्योग थप्दै जाने हो, भने सामाजिक, भौतिक, रसायनिक र जैविक पक्षमा असर परेपछि धान लगायतको अन्नबाली उत्पादनमा हस आउने छ । साथै स्थानीय त्यहाँबाट विस्थापित हुनुपर्ने अवस्था सृजना भइसकेको रतन राजवंशीको भनाई छ । सो क्षेत्रमा हाल चार वटा ईटा उद्योग सञ्चालन रहेको छ । प्रेम, ज्योति, चण्डी र डिबीआई ब्राण्डका ईटा उत्पादन भइरहेका छन् ।
कचनकवल गाउपालिका अध्यक्ष आलमले त्यहा सञ्चालन गर्दै आइरहेका ईटा उद्योगीमा आवद्ध केही व्यक्तिको लैलैमा लागेर स्थानीयले विरोध गरिरहेको बताए । त्यहा सञ्चालनमा भएको ईटा उद्योगले अहिले सम्म स्थानीयबासीलाई असर नगरेको उनको भनाई छ । एउटा उद्योग थपिदैमा असर गर्ने यो म माथि नियोजित आरोप लगाएको उनको भनाई छ । कचनकवल गाउपालिकालाई औधोगिक क्षेत्रको रुपमा विकास गर्दै रोजगारी दिने मुख्य लक्ष्यका साथ उद्योग धन्दा थप्ने अभियानमा आफु लागि परेको उनले बताए ।