तेह्रथुम/केही वर्ष अघि सम्म गाई वस्तुलाई सोत्तर ओछ्याउने काममा मात्र प्रयोगमा आउने गरेको अर्गेलीबाट अहिले जापानीज गुणस्तरको कागज उत्पादन हुन थालेको छ । जंगलमै उच्च गुणस्तरको जापानीज कागज उत्पादन हुन थालेपछि अर्गेली र लोक्ताको पाटको मुल्य समेत आकासीएको छ ।

[caption id="attachment_54519" align="alignnone" width="3072"] तेह्रथुम र संखुवासभाको सिमा टुटे देउलालीमा निम्न आय भएकाहरुले संचालन गरेको हाते कागज उद्याेगमा उत्पादन भएको कागज सुकाउदै कमदार ।[/caption]

अर्गेलीको रेशाबाट उच्च गुणस्तरको नेपाली हाते कागज उत्पादन गर्दै आएको तीनजुरे गैरकाष्ठ वन पैदावर उत्पादन तथा प्रशोधन प्राँलीले गत वर्ष देखी जापानिज गुणस्तरको कागज उत्पादन गर्न थालेको हो । उत्पादीत कागज अहिले जापान तर्फ निर्यात भैरहेको प्रालीका अध्यक्ष वलमान गुरुङले बताए । जंगलमा प्राँकृतिक रुपमा उम्रीएको अर्गेलीको पाटबाट जापानी पैसा आउन थालेपछि यस क्षेँत्रका लेकाली गाउ“का किसानहरु अर्गेलीको व्यवसायीक खेतीमा लागेका छन् । अहिले तेह्रथुमवाट मात्र वार्षिक २५ हजार केजी भन्दा वढी लोक्ताको पाट उत्पादन हुने गरेको यसको व्यवसायमा लागेकाहरुको भनाई छ । अर्गेलीको व्यवसायीक खेतीमा लागेका किसानहरु मिलेर देउरालीमा नेपाली हाते कागज उद्योग समेत संचालन गरेका छन् । लोक्ताको पाट स्थानीय स्तरमा प्रशोधन भएर कागज उत्पादन हुन थालेपछि यस क्षेत्रमा त्यसै खेर गएको लोक्ता र अर्गेलीले अन्तराष्ट्रिय बजार पाएको छ ।

तेह्रथुम र संखुवासभाका सामुदायीक तथा निजी वन क्षेत्रमा १५ हजार वढि किसानले अर्गेलीको व्यवसायीक खेती गरीरहेको जिल्ला वन कार्यालयले जनाएको छ । जिल्लामा नीजि, सामुदायीक र राष्ट्रिय वन क्षेँत्रमा गरी ८ सय ९१ हेक्टरमा अर्गेलीको व्यवसायीक खेती हुने गरेको जिल्ला वन कार्यालयले जनाएकोछ । कार्यालयका अनुसार गत आवमा २५ हजार केजी अर्गेलीको पाट उत्पादन भएको थियो । पहिले जंगलमा प्राकृतिक रुपमा मात्र रहेको अर्गेलीको २०५५-५६ सालतिर वाट किसानले व्यवसायीक रुपमा खेती विस्तार शुरु गरेको अर्गेलीको व्यवसायीक खेतीमा लागेका वसन्तपुर ३ टुटेका राम वहाुदुर गुरुङले वताए । एक दशक अघि सम्म जंगलमा गोठालो जानेहरुले दाम्लो, नाम्लो, डोरी बाट्ने लगायतका काममा मात्र अर्गेली र लोक्ताको पाटलाई प्रयोगमा ल्याउथे । ‘उत्पादित कागजलाई वजारको कुनै समस्या छैन्’ प्रालीका व्यवस्थापक टिकाराम दाहालले वताए ।

शुरुका दिनमा एक्ला एक्लै अर्गेलीको खेती शुरु गरेका किसानहरु अहिले आएर सामुदायीक वनको माद्यामवाट सामुहिक खेतीमा लागेका छन् । ‘सामुहिक खेती गर्दा धेरै कुराको सजीलो हुँदो रहेछ’ प्रालीका अध्यक्ष गुरुङले भने । उद्याेगले गत वर्षमात्र २५ लाखको कागज उत्पादन गरेर विक्री गरेको थियो । खेर जाने अर्गेली वाट नेपाली हाते र उच्च गुणस्तरको जापानीज कागज वन्न थालेपछि किसानले वर्षभरी नै आमदामी र रोजगारी पाएका छन् । अर्गेली रोप्ने, काट्ने, पाट काड्ने, पाटको वोक्रा खुर्कीने, सुकाउने, पेल्ने, कागज वनाउने लगायतको काममा २ हजार वढि स्थानीयले रोजगार पाएको प्राँलीका व्यवस्थापक दाहालले वताए । अर्गेली खेतीमा नया“ संभावना देखीए पछि यस क्ष्ँोत्रका धेरै युवाहरु विदेशीनवाट रोकीएको तिनजुरे हात्तिसार सामुदायीक वन उपभोक्ता समुहका पुर्व अध्यक्ष डम्वर वहादुर वुढाथोकीले वताए । यहा“ उत्पादित कागज व्यापारी आङदावा शेर्पा मार्फत जापान सम्म पुग्ने गरेको छ । कागजको उत्पादनको तुलनामा माग वढी भएकाले माग धान्न गाह्रो भएको अध्यक्ष गुरुङले वताए ।

प्राँलीले अहिले दैनिक ४ सय प्रति जापनीज र ७ सय प्रति हाते गरी ११ सय प्रति कागज उत्पादन गर्दै आएको छ । उद्योग स्थापना भए पछि सामुदायीक वनमा आवद्ध निम्न आय भएकाहरुले अर्गेलीको संकलन, ओसार पसार तथा त्यसको प्रसोधन र उत्पादनमा समेत काम पाएका छन् । जंगलमा संकलन गरेर ल्याएको अर्गेलीको पाटलाई उधोगले ६० रुपैया प्रतिकेजीका दरले खरिद गरिरहेको छ । किसानले अर्गेलीको व्यवसायीक खेतीका लागि देउरालीमा वार्षिक ३० हजार वढि विरुवा समेत आफै उत्पादन गर्र्र्दै आएका छन् ।