व्यस्तशहर भित्र निर्मित एक दृश्य हरदिन दोहोरी रहन्छ त्यो एउटा बूढो माग्ने भन्दै छ “एक रुपैयाँ देऊ ! एक रुपैयाँ देऊ !!” झट्ट हेर्दा पागल जस्तै लाग्छ लामो लट्टा परेको कपाल , घिनलाग्दो दाह्री गन्हाउने लुगा लक्ष्य विहीन जिन्दगी, हिँड्दै छ गन्तव्य हीन यात्रामा! न छन् आफन्त, न पराई कोही न छन् मित्र, न त शत्रु कोही। ओहो...!कति सम्माननीय व्यवहार ! कोही संग रिसाउँदैन ऊ, नराख्छ कसै संग गुनासो, छापिएको छ, सबको ओठमा नजरमा । तर,प्रत्यक्ष देख्दाअदृश्य ठान्दै अन्धोपनको घुम्टो ओढेर हिँड्छ मान्छे।। टन्टलापुर घाम होस् या मुसलधारे पानी चाहे दिनहोस् या अन्धकार रात जहाँ पैताला बजार्छ त्यहीँउसको घर र बिछ्यौनापनि, मन्दिर अगाडि पुग्छ एकटकले हेरिरहन्छ ढुङ्गा प्रती मान्छेको मोह एउटा आस पलाउँछ ऊ भित्र कतै केही पाउँछ कित्यहाँ । तर ! ऊमाग्ने हो । उसको भोक र नाङ्गोपन देख्दैन मान्छे!! उसको कथा पर्दामा उतार्दा, हजारौंको घुइँचो लाग्छ सिनेघर अगिल्तिर नाटकीय भुमिकामा छाउने नायक कहलिन्छ । करोडौंमा कारोबार हुन्छ उसको कथा, तर वास्तविक जीवनदेखि अन्जान बनिदिन्छ मान्छे । केही पलको कथा चाख लाग्दो मानेर हेरिरहँदा, देख्दैन मान्छेले एक रुपैयाँको माग, पल पल पिल्सिरहेको हुन्छ, हरेस खाँदैन कहिलै फेरि भौतारि रहन्छ यता उतामात्र एक रुपैयाँको आसमा “एक रुपैयाँ देऊ, एक रुपैयाँ देऊ” सविता भण्डारी, धनकुटा हाल : विराटनगर