।। १ ।। म सुन्न सक्छु मुटुको प्रवेग बुझेर तिम्रा क्षण एक एक नजानिदो तन्मयता विशेष बिरक्तिनु के ? क्षण हुन्न शेष ।। ।। २ ।। छ राग कस्तो ? आनुराग जस्तो परागले सिञ्चित बाग जस्तो । त्यस् बागका पुष्प लता विचार झुमिरहेझैँ झन बार बार ।। ।। ३ ।। यो सृष्टिको अन्तरमा रमाऊ ! यो सृष्टिभित्रै परमार्थ पाऊ । यो सृष्टि छाडी कहीँ जानु छैन यै सृष्टिमा नाच यहीँ बिलाऊ ।। ।। ४ ।। म सूर्यको विम्ब सरी फिजारूँ विशेष मेरा शील शब्द चारू । म यै धरा धाम भरी रमेर प्रभातमा झुल्किन पाउँ धेर।। ।। ५ ।। म कोरुँ संश्लेषित शब्दचित्र गरेर विश्लेषण भित्र भित्र म भावनाका रहमा हराऊँ हराई अन्तर मनभित्र पाऊँ ।। ।। ६ ।। खुलेर हाँसे बुझ एक सास म सुँघ्न सक्छु दिलको सुवास । नानाथरीका पीर जो हजार फुकाउदै हाँस अनेक बार ।।   राताेपाटीबाट