
माया भन्ने चिजै गजबको । कुनै एउटीलाई मनमा सजाइयो भने उसको गाउँ, बाआमा, उसका आफन्त, उसको समाज सबै आफ्नै लाग्ने । उसका हरेक पक्ष मन पर्ने ।
ठ्याक्कै त्यस्तै भएको थियो त्यो बेला । म उसको प्रेममा यसरी फसेको थिएँ कि उसको घर जाने बाटोलाई स्वर्ग जाने बाटो सम्झन्थे । उसको गाउँलाई स्वर्गको एउटा टुक्रा अनि उसलाई स्वर्गकी परी ।
उसको गाउँ जाने गाडीलाई देख्दा होस् या उसको गाउँबाट आएका मान्छेलाई होस् । म नियालिरहन्थे । सबैमा उसैलाई पाउँथे । अचम्म पर्छु आज, किन यति फिदा थिए म उसको मायामा रु
उसको नामसँग मेल खाने हरेक बस्तुमा मेरो अधिकार छ झै लाग्दथ्यो । अचम्मको थियो अबस्था । माया शब्द मिसिएका हरेक गीत मेरै लागी बने जस्तो फिल हुन्थ्यो । जहाँ माया भन्ने शब्द भेटाउँथे, त्यहाँ म रुक्थे अनि मख्ख पर्थे कारण मेरै लागि लेखिएको सम्झन्थे । म मायाको मायामा फिदा थिए ।
यो जवानीको कथा हो । जवानीमा दुई खुट्टाले उभिएकी भए पुग्छ भन्ने उखानलाई माथ दिँदै मैले स्वर्गकी परीभन्दा अझ सुन्दरीलाई माया गर्थे तर अफसोच, कहिले लभ परेन । सयौ लेटर पठाए, हजारौ आइलभयुका पोका पठाए । उनी आउने बाटोमा पचासौ पटक कुरेर बसे । तर अहँ १ कहिले लभ परेन । लभ धेरै टाढाको कुरा, उसलाई मेरो नामसम्म थाहा भएन रे ।
जवानीमा आफू सुहाउँदो केटीलाई मन पराइन्थ्यो, प्रपोज गरिन्थ्यो । हाम्रो पालामा केटी पट्याउने भनिन्थ्यो । खुबै कोसिस गरियो मायालाई पट्याउन तर सकिन । लाखौ कोसिस खेर गए । हजारौ आइलभयुका पोका ब्यर्थ भए ।
समय परिवर्तनशील छ । मान्छेहरु समाज बदलियो भन्छन् । म चै समाज हैन समय बदलियो भन्छु । बदलिएको समाजसँगै हामी टाढियौ । हरायौ दुनियाँमा, को कहाँ को कहाँ जस्तै भएर ।
म भगवानप्रति आस्था राख्दिन तर पनि हरेक पटक मन्दिर देख्नासाथ मायालाई माग्थे । बुढासुब्बा मन्दिरको बाँसमा, बिन्दबासिनी मन्दिरको घण्टमा, सुपादेउराली मन्दिरको ढोकामा जहाँ पनि म मायाको नाम लेख्थे । मलाई भरोसा त थिएन ती भगवानप्रति तर आस्थालाई समाजले माने अनुसार मैले पनि केही आशा गरे भगवानबाट अनि आस्था राखेरै मागे भगवानसँग ।
परिवर्तित समयसँगै हराएका हामी हराइरह्यौं । बिकसित समाजमा फेसबुक आयो, दुनियाभरका मान्छेलाई भेटाए तर मायालाई भेटाएन । फेसबुक सर्चमा कहिले नेपाली अक्षर हालेर खोजे, कहिले मेचुवल फ्रेण्ड लिस्टमा खोजे तर भेटिन । कर्ममा माया लेखेको थिएन त्यसैले पनि भेटिन ।
सुनेको थिए उसको उतिबेलै बिहे भयो, जतिबेला मैले मन पराउँथे । तर पनि म पछि लाग्न छाडेन, पछ्याउन छाडेन । अन्ततः हार खाएर थन्किए आफ्नै समाजको एउटा कुनामा ।
समय आयो, उमेर पुग्यो अनि मैले पनि बिहे गरे । म मेरो संसारमा रमाउन थाले । तर खोज्न छाडेन । उसको गाउँको त्यति माया लाग्थ्यो जति त्यो बेला लाग्थ्यो । उसको घरको त्यति माया लाग्थ्यो जति त्यो बेला लाग्थ्यो । साँच्चै भन्दा उसको नामै काफी थियो मेरा लागि । माया भन्ने नामै मायालु ।
आफ्नै संसारमा हराइरहँदा पनि मैले दैनिक फेसबुकमा मायालाई खोजे । दिनमा एकपटक सर्च गरे । भेटाउने कुरै भएन । मैले खोज्न छाडेन ।
एक दिन सधै जसो बिहान भयो, सधै जसो पूर्बबाट सूर्य उदायो । सधै जसो म उठेर फेसबुक चलाए । अनि पहिलो सर्च मायाको नाममा गरे । भेटाउछु कि भनेर ।
लामो कपाल, आधा अनुहार कपालले ढाकेकी हल्का नक्कल पारेकी एउटी मायाकै नाममा भेटिई । मैले प्रोफाईल खोले, हेरे ।
यो त्यै माया थिई, जसका लागि म १५ बर्षदेखि तडपिँदै आएको थिए । हिजो प्रेमीको रुपमा तडपिएको थिए भने आजभोलि अतितको यादमा तडपिन्थे । कुनै जमानामा फिदा थिए मायाप्रति भन्ने यादले पनि मलाई हसाउँथ्यो । पाउन नसकेको मायाका बारेमा सयौं कथा लेखे । तर आज फेसबुकमा उसलाई पाउँदा ती सबै कथा डिलेट गर्देउ झै लाग्यो । उसलाई कतिबेला हेल्लो भनेर बोलाउ झै लाग्यो अनि फ्रेन रिक्वेस्ट सेण्ड गरेसँगै म्यासेज पनि गर्दिए, उसको ध्यान तान्न ।
हामी फेसबुकमा साथी भयौं, गफ शुरु भए । उतिबेलाको माया र अहिलेको मायामा आकास–जमिनको फरक थियो । उतिबेला लजालु माया यतिबेलासम्म आइपुग्दा निक्कै चलाख भैसकेको जस्तो लाग्यो । उसका हरेक फोटोले यही बतायो ।
गाली गरे, श्राप दिए । मेरो प्रेमको अबमूल्यन गरेका कारण रिसाए पनि । तर अब यी सबै ब्यर्थ थिए । किनभने हामी एक नदीका दुईटा किनार भैसकेका थियौ ।
म बिबाहित थिए । घरमा माया गर्ने बुढी अनि छोरो थियो । उनको आफ्नै समाज थियो । आफ्नै सपना । तर पनि च्याटबाटै भन्दिए ‘आइलभयु माया १’
उनले बिना संकोच रिप्लाई गरिन्– ‘लभ यु टू दीपक १’
अब मैले आफूलाई भाग्यमानी ठानौ कि अभागी रु
यही प्रश्नले तीन दिनसम्म मलाई खेलायो । भाग्यमानी ठानौ मायालाई पाउन सकेन । अभागी ठानौ एकपटक मायाको मुखबाट ‘लभ यु टू १’ सुन्न पाएँ ।
भाग्यमानी त पक्कै होइन म । किन भने दुई बर्षसम्म मायाका लागि रोए, मायाको गल्ली धाएँ । मायाकै आशामा जिएँ तर सबै ब्यर्थ भए । अभागी पनि त हैन नि । जीवन रहँदै मायाको माया पाए । मन दोधारे बनाउँदै भेटने प्रपोज गरे ।
आइलभयुका प्रपोज तीन दिनमै हजारौ पठाए । माया आतिन्थिन अनि भन्थिन्– ‘कति सस्तो भएको यो आइलभयु को शब्द रु’
मैले सजिलै भन्थे– ‘१५ बर्षदेखि भन्न नपाएका लाखौ आइलभयुलाई मनमा गुम्स्याएर राखेको छु । अब हरेक दिन हजारौंको संख्यामा भनेर कटाउँछु ।’
उनी हास्थिन । म पनि हाँस्थे । सायद पिरतीले कहिले हसाउँछ, कहिले रुवाउँछ भन्या यै होला ।
भुलिसकेको थिए मायाको अनुहार । मलाई याद यति मात्र थियो कि, उसको लामो कपाल छ । अगाडि दुईवटा दात निक्कै राम्रा थिए । बाहुनको जस्तो चुच्चे नाक थियो । अनि बोल्दै नबोल्ने बानी थियो । अहिले सबै उस्तै होलाकी, फेरिएको होला रु
मनमा कौतुहलता ज्यादै थियो । कस्ती होली माया रु १५ बर्ष पछाडि पनि उस्तै होली कि फेरिएकी होली रु
पक्कै दाँत उस्तै होलान्, कपाल काटेकी होली, नाक उस्तै होला, अलि बढी बोल्ने भएकी होली । मनमा यस्तै कुराले परेड खेल्न थाले अनि उसलाई भेट्न निस्किए ।
ठ्याक्कै उस्तै थिई, माया । बरु म फेरिएको थिए । बूढो भएको थिए तर उ अझै उस्तै । पाउन नसकेको मायालाई सम्झेर आँखा रसाए । उसले चाल नपाउने गरी आँसु पुछे । मनमा अनेकौ कुरा खेल्दै थिए तर बोल्ने आँट ममा थिएन । म नर्भस थिए । ऊ हसिलो अनुहारमा बोल्दै गै । म चाहन्थे ऊ बोलिरहोस् । म उसलाई हेरेर घण्टौ बस्न चाहन्थे । उसले बोलेको सुनेरै म निदाउन चाहन्थे ।
उसलाई अंगालोमा बेरेर रुन मन थियो, उसलाई चुम्न मन थियो । उसलाई पिट्न मन थियो, उसलाई कोपर्न मन थियो । तर सक्दिनथे किनकी हामी आकासको फल आँखा तरी मर भन्ने उखानसँग मिल्ने प्रेमिल जोडी बनिसकेका थियौ । अब चाहेर पनि एक अर्कामा बाधिन सक्दैनौ भन्ने राम्रोसँग थाहा थियो ।
उसलाई पनि पछुतो हुनुपर्छ सायद हाम्रो मिलन हुन नसक्नुमा । मलाई झन धेरै पछुतो थियो । तर अब पछुताएर के फाइदा । भगवानको मन्दिरलाई देखाउँदै भने ‘त्यो भगवानको कसम खाएर भन्न सक्छ्यौ आइलभयु भनेर रु’
उसले बिना हिच्किचाहट भनी–
‘आइलभ यु दीपक ।’