आज कथा होइन बास्तविकता लेख्छु । यो लेख्दैन, त्यो लेख्छु या त्यो लेख्दैन, यो लेख्छु भनेर भन्न थालेको छ महिना भयो । काल्पनिक कथाहरु भन्दा पर रहेर कसैको भोगाई, कसैको जीवन अनि कसैको खुशी लेख्न थालेको छु । अस्ति ग्वाँतेको दुःख लेखें, अलि अस्ति माघेको भोगाई । आज आफ्नै हिजो लेखम कि झैं भैरा‘को छ ।
लेख्नलाई समय चाहिन्छ भन्ने धेरै लेखक भेटेको छु, मैले । ‘कतिखेर समय मिलाउँछस् यार १ लेख्नलाई रु’ धेरै जसो शुभचिन्तक र अग्रजहरुको पहिलो प्रश्न यही हुन्छ, मेरा लागि । म खिस्स हाँसेर टारिदिन्छु । उनी अनि उहाँहरुलाई चित्त बुझ्दैन, सायद । फेरि त्यही प्रश्न दोहोरिन्छ । म कुरा अन्तै मोडिदिन्छु ।
मेरो पनि आफ्नै भोगाई छन् । कति अरुसँग मिल्छन् र तिनै कथा बनिदिन्छन्, कति अझै ओकल्न बाँकी छन् । ओकल्ने तरिका भनेकै लेख्ने हो । पढ्नेहरु वा १ वा ११ भन्दै आउँछन् कथा जस्तै मानेर । नपढ्नेहरु पनि शीर्षक मात्र पढेर भए पनि आउँछन् वा १ वा ११ गर्दै । तर हौसला चै सबैले दिन्छन् ।
‘कति पीडा मात्र लेख्छस् यार १ कहिलेकाहीँ त जीवनका मोजमस्ती पनि लेख न । एक हप्ता अघि यस्तै गुनासो लिएर एक जना शुभचिन्तक अफिसमै आइपुगे । खिसिक्क हाँस्दौ भन्दिएँ ‘जीवनमा पीडा बाहेक केही छैन । जति निस्कन्छन् सबै पीडाका कथा बनिदिन्छन् । अब खुशी हुने दिन नजिकै छन् त्यसपछि खुशी नै खुसी ।’ ऊ हाँस्यो । म नहाँस्ने कुरै भएन ।
उसको ध्यान अन्यत्र मोड्न चाहे ‘चिया पिउँ है ?’ उसले घडी हेर्यो’, अब चिसो चिया पिउने बेला भयो, कुन चिया खुवाउँछस् ?’ एकछिन दुबै हाँस्यौ, फेरि । मैले छिमेकमा भएको चिया पसलबाट दुई कप चिया अर्डर गरे अनि मोबाइलको स्क्रिन अन गरे । तीनवटा म्यासेज । एउटा उनको थियो । उनी’.... परिचय हजुरहरुसँग पनि गराउन मन छ, तर सक्दैन । उनले रोकेको पनि हैन । तर म आफै सक्दैन । उनी अर्थात् मेरो गोप्य लभर ।’ ह्या १ लभर पनि गोप्य हुन्छन् रु यस्तै प्रश्नले मनमनै मलाई गाली गर्दै हुनुहुन्छ होला है ? जीवनमा केही त्यस्ता पात्र हुन्छन् जो समाजमा देखिँदा छुट्टै नातामा देखिन्छन् भने गोप्यमा छुट्टै नाता । हो मैले पनि एउटी यस्ती पात्र भेटाएको छु जो समाजको अगाडि साथी मात्र हो रे, असल साथी तर भित्रभित्र सबै हुन्छन् । ‘सबै भन्नाले ?’ फेरि यही नकारात्मक प्रश्नले हजुरलाई खुल्दुली मच्चायो होला । मैले उसलाई बुढी भन्छु, उ मलाई बुढा भन्छे । अब त्यो भन्दामाथिको सबै के हुन्छ होला र है ? तर एउटा खास कुरा अहिलेसम्म देखेको छैन, न त राम्रोसँग चिनेको नै छु ।
ऊ पत्रकार हो । पश्चिमको पत्रकार । मेरो घरभन्दा करिब करिब दुई सय किलोमिटर पश्चिम । अब कोइकोई साथीले हिसाब लगाउँदै हुनुहुन्छ होला । को होली भनेर । तर, ठम्याउन मुस्किल पर्नेछ । किनकि हाम्रो सम्बन्धलाई देखेर ¥याल चुहाउने धेरै भेटिएलान तर पत्ता लगाउने एउटा भेटिँदैन लौ जा !
कति आफ्नै कुरामा जिद्दी गर्नु । मैले मोबाइल खेलाउन थालेसी ती मोजमस्तीका कथा लेख भन्ने महासय टाप कसे । धन्न चिया चै पिएछन् । मैले मोबाइलमा उसलाई रिप्लाई गर्दिएँ । ‘विजी थिएँ कालु ! अब फोन गरम ?’
उताबाट उसको कस्तो म्यासेज आएको थियो होला भन्ने पक्कै थाहा भयो तपाईंहरुलाई । हो, हल्का थर्काई खाने खालको । खाए पनि । फोन गरे, उठेन । अनि ऊसँगका मीठा पलको कथा लेख्न मन लाग्यो, फुर्सदमा ।
अघि कति दुःख, पीडाका मात्र कथा लेख्छस् यार ! कहिलेकाहीं त मोजमस्तीका कथा लेख भन्ने शुभचिन्तकका लागि राम्रो कथा बन्न सक्थ्यो, उसको र मेरो गोप्य प्रेमसम्बन्ध ।
मायापिरती शुरु भएको एक हप्ता पनि भएको छैन । न भेटेको छु, न त राम्ररी चिनेकै छु । कसरी लेख्नु कथा रु एकछिन दिमाग घुम्यो । आफैले आफैलाई भने ‘कथामा ट्विस्ट मिसा न भइहाल्छ नि ।
के ट्विस्ट मिसाउनु रु यही प्रश्न एकछिन घुम्यो दिमागमा । यो ट्विस्टको पनि आफ्नै कथा छ ।
अलि अस्तिनै एक दिन बरिष्ठ दाइ कथाकार ९उमेरमा ठूलो सानो मतलव छैन, कथाकारमा उनी दाइ हुन्० लेनिन बञ्जाडेले मेरो कथा पढेर भने’ कान्छा ! लास्टको हरफमा ट्विस्ट मिसा, अनि मजाको बन्छ ।’
अबे लोफर, यो ट्विस्ट भन्या के हो नबुझ्दै हुञ्च किन भनिस् । फेरि सोध्न मन लाग्यो ‘दाइ के मिसाउने रे रु ट्विस्ट भन्या के ?’ भनेर तर सोधिन । लाज लाग्यो । बडो कथाकार सम्झिन्छ, जाबो ट्विस्ट भन्या था‘ रै‘नछ भन्लान भन्ने लाग्यो । गुगलमा सर्च गरे । भेट्टाएँ । कथाले अर्कै मोड लिनु पो ट्विस्ट रहेछ ।
हो ठ्याक्कै त्यस्तै अर्कैतिर मोडनुपर्ला भनेर कथा लेख्न बसें । जुन कथा अहिले हजुरहरु पढ्दै हुनुहुन्छ । एक हप्ता नबितेको प्रेम सम्बन्धको कथाको न छेउ छ न त टुप्पो । कहाँबाट शुरू गरूँ ।
ऊ च्याटमा रिसाएकी थिई । पैला फकाउँ कि कथा लेख्न थालु । एकछिन फेरि दोधार भयो । पैला फकाउँछु । ऊ नै नरहे कथा कहाँ रहन्छ र ?
ओए ! साथीहरुसँग थिए । नरिसा, कुरा गर । मैले फकाउन जानेको शब्द यत्ति हो । तर, ऊ म्यासेज हेरेर पनि बोलिन । मतलव रिप्लाई गरिन । अनलाइनमै बसेकी उसलाई फेरि लेखें ‘कान्छी! हाम्रो सम्बन्ध जुनीजुनीलाई हो, आधा घण्टा बोलेन भन्दैमा यस्तो नगर ।’ यो पटक उसले म्यासेज हेरेको दुई सेकेण्डमै केही लेख्न थाली ।
‘बादर !’ उसले यत्तिमात्र पठाई । कसैले मलाई बाँदर भनोस् त, ओ हो म साच्चिकै बाँदरै बनेर ऊमाथि जाइलाग्छु होला । बाँदरले न आफ्नो घर बनाउँछ न अरुको बन्न दिन्छ भन्या जस्तै म क्रोधले पागल हुन्थे होला । तर अफसोच ! उसले बाँदर भन्दा म आफूलाई साहरुख खान भन्दा हेन्सम भएको महशुस गरें । संसारकै सबैभन्दा सुन्दर पुरुषको कल्पना आफैमा गरें । यति खुशी भएँ कि अहिले के बयान गरुँ ।
कथा लेख्नको काम बन्द गरेर उसलाई फकाउन च्याटमा हाजिर भएको मैले दस मिनेटमा फकाएर फेरि आफ्नो बनाएँ । मीठो शब्द लेखेर पठाए ‘छुच्ची सबु ।’
फेरि शुरू भयो हाम्रो प्रेम वार्ता । जीवन चलाउनेदेखि प्रगति गर्नेसम्म, इज्जत गर्नेदेखि नाता सम्बन्ध गाँस्नेसम्म कुरा भए, अनि हुन्थे । जाबो ‘आई लभ यु र मिस यु काले–काली’ त कति भनियो कति । पछिल्लो चरणको च्याटमा त ‘किस यु’ सम्म भन्न भ्याएँ । तर उसले त्यसको रिप्लाई दिएकी थिइनँ ।
च्याटैबाट हाम्रो घाग्रान लभ पर्याे । एक साता नबित्दै ‘जिना सिर्फ मेरे लिए’ भन्ने खालको लभ पर्यो । उताबाट ‘आई लभ यु’का झटारो अनि यताबाट ‘सेम टु यु’का पुष्पगुच्छा कति फ्याँकियो कति । दिनमा सयाैं पटक उसको प्रोफाइल खोलेर हेर्छु, ‘आखिर कस्ती छे त ऊ ?’ भनेर । उसले पनि हेर्छी रे – फोटो आदानप्रदान हुन्छ । सबै इडिटवाला । चट्ट हेन्सम देखिएको फोटो म पठाउँछु । उ पनि उस्तै राम्री भएको फोटो पठाउँछे । सबै क्यामेराको कमाल । चाउरिएको मेरो अनुहार पोटिलो अवस्थामा उसले हेर्छे । सायद म पनि उस्तै अवस्थाको पाउँछु होला । जे भए नि ऊ इज्जतिली छे, समाजमा नाम कमाकी पत्रकार हो, अहिले मेरो गोप्य प्रेमिका ।
उसँगको सम्बन्धलाई लिएर लेखिने यो कथा धेरै लम्बाउन म चाहन्न । लेख्न नबस्दैबाट शुरु भएको हाम्रो प्रेमलीला कथा लेख्न बस्दा छुटिसकेको छ । लेनिनले भने जस्तै यो कथामा ट्विस्ट मिसाउन मन छ, तर खै कसरी मिसाउँ ट्विस्ट ?
ऊ आई, सोचेभन्दा धेरै माया दिई अनि चत्रक्क छाडेर गई । लास्ट म्यासेजमा लेखेको थिए ‘तँ एउटा केटी होस्, जसले मलाई एकै पटक चुचुरोमा पु¥याएर स्वाट्ट भुईमा पछारिदियो ।’ रिप्लाईमा उसले ‘ए पागल !किन यस्तो कुरा गर्दैछस् ?’ पनि भनी, लेखेर पनि पठाई ।
तर म फेरिइसके यति बेला । यो कथा लेख्दै गर्दा ऊ मेरो दिमागबाट आउट भइसकी । एक हप्ता पनि नटिकेको मेरो लभस्टोरी अधुरो छ है ! हो अधुरै छ । सकिएको छैन । आखिर किन छुट्टियौं त हामी ? यो त भन्नै पा‘को छैन ।
ऊ इज्जतिली छे । उ म भन्दा खत्रा साहित्यकार हो सायद । उसका फेसबुक स्टाटस र ट्विटरमा भएका ट्विटले यस्तै झझल्को दिन्छन् । तर म ऊप्रति फिदा थिएँ । च्याटमै लभ पर्यो ! फोनमा र च्याटमा सुख–दुःख बाँडियो अनि च्याटमै ब्रेकअप भयो । हाम्रो सम्बन्ध विच्छेद भयो । कसको गल्ती ?
आवश्यकताभन्दा धेरै माया गर्नु, उमेरको ख्याल नगरी प्रेममा पागल हुनु मेरा कमजोरी थिए । अहिले घैंटामा घाम लाग्यो । अनि ऊसँग टाढिन खोजें । उसका पनि गल्ती थिए । प्रेममा पागल भएको मलाई बेवास्ता गर्नु, मैले खोजे जति माया दिन नसक्नु उसका गल्ती थिए । करिब एक हप्तासम्म चलेको हाम्रो प्रेम कहानी छुट्यो । छुटेको आज दुई दिन भयो अनि यो कथा लेख्न बसें ।
कथाको अन्त्यतिर अलिकति पीडा मिसिएको हुन सक्छ । तर समग्रमा कथा रोमान्टिक लभस्टोरीमा आधारित छ । उसलाई गुमाउँदा मलाई पछुतो छैन र पाउँदा पनि त्यति धेरै खुशी थिएन । मेरा शुभचिन्तकहरुका लागि यो रोमान्टिक कथा हो ।