दाइ जाने हो ?
जीवनले मेरो एकोहोरोपनालाई भङ्ग गर्दै भन्यो– साँझको खाना खाएर थ्री नट थ्री राइफललाई बेडको कुनातिर राखेर कलकलाउँदो श्रीमती र तोते बोल्ने छोरालाई घरमा छाडेर माओवादी युद्धको उद्गमस्थल रोल्पामा फसेको मेरो जीवनका छुटकाराका लागि अवसरहरू सोच्दै थिएँ । बाहिर कतै टाढा पड्किएका बम र बन्दुकका आवाजहरू मेरो कानमा लगातार प्रतिध्वनि भइरहेको थियो ।कहाँ जाने ? उसलाई हेर्दै भने दाइ पनि कहाँ रे ?
बाहिर जाऊँ न यसो बरालिएर आउँला ।मर्ने मन छ कि क्याहो तिम्लाई । सुनेका छैनौँ र बाहिर बम पड्केको आवाज बम त पारी पाखाहरूमा पो पड्किरा’छन् यहाँ कहाँ पड्किनु, तपार्इं त कस्तो डराएको ? म रोल्पामा सरूवा भएर गएको करिब एक महिना हुँदै थियो । ऊ भने लिवाड्मै बसेको आठ महिना भइसकेको थियो ।मैले भने– यो के बरालिन बाहिर निस्किने समय हो रु भो जाऊ तिमी म जाँदिन ।अरे दाइ तपाईंले बुझ्नु भएन के । बरालिनुको अर्थ हावा खान जाऊँ वा घुम्न जाऊँ भनेको होइन । के हो त ? यो बन्दुकलाई च्यापेर कति सुत्नु हो । यसो रमाइलो गर्नुपर्छ र टेन्सन मुक्त भइन्छ नि । क्लियर भनन के भन्न खोजेको ? सेक्स ? कहाँ ? केटी भएको ठाउँ पुर्याउँछु क्यारे । तिम्रो गर्लफ्रेन्ड होला, म चै कहाँ जानु रु जाऊ न तिमी । के को गर्लफ्रेन्ड हुनु, यहाँ त दिनैपिच्छे फेर्छु भने पनि मिल्छ । कसरी ? त्यस्तो पनि सम्भव हुन्छ त ? मेरो प्रश्नको जवाफ उसले यसरी दियो । दाइ माओवादी युद्धलाई समर्थन नगर्नेलाई माओवादीले कतिलाई सफाया गरेका छन् भने कतिको घरबारी कब्जा गरी गाउबाट लखेटेका छन् । लखेटिनेमध्ये अलि धनीहरू नेपालगञ्ज, सुर्खेत, दाड र काठमाडौँ जस्ता शहरमा गएका छन् भने विस्थापित मध्यम वर्ग र गरिब वर्गका जनताहरू यतै लिवाड्मा कोठा लिएर आफूलाई सुरक्षित ठानी बसेका छन् । यो सानो ठाउँ रोजगारीको खास कुनै क्षेत्र छैन ।
जीवनको कुरा सुन्दै हाँ मा हाँ मिलाउँदै अझै बढी सुन्न बुझ्न उत्सुक थिएँ म । यसभन्दा पहिले यावत कुराहरू कसैसँग बुझ्ने मौका मिलेको थिएन । मैले त सबै सुरक्षाकर्मीहरू बलिको बोका हुन् राज्य र राज्यले घोषणा गरेका आतङ्ककारी माओवादीहहरूको युद्धमा मृत्युवरणको लागि पालो पर्खेको आभाष गरेको थिए । दैनिकजसो सुरक्षाकर्मीहरू र आतङ्ककारीबीच मुठभेड भइरहँदा आतङ्ककारीहरू भन्दा बढी सुरक्षाकर्मीहरू मृत्युवरण गरेका समाचारहरू नेपालका पत्रपत्रिकाका हेडलाइन बन्ने गर्थे । जनताहरूको पनि अवस्था यति साह्रो कारूणिक रहेको कुरा कही कतै सुनेको थिइनँ मैले । जीवनको कुरा सुनिरहन मन लाग्यो ।
ऊ अगाडि भन्दै गयो, रोजगारी नभए पनी उनीहरूले बाँच्नु पर्यो, परिवार पाल्नुपर्यो अनि अरू उपाय नभएपछि विस्थापित धेरै महिलाहरूले सेक्सलाई यहाँ रोजगारी बनाएका छन् । मलाई लाग्छ लोग्ने र परिवारका अन्य सदस्यहरू आफ्नो घरमा भएको महिलालाई बाहिर सेक्स गर्न छुट दिएका छन्, पेट पाल्नका लागि । त्यति मात्र कहाँ हो र कुनै लोग्ने ले त श्रीमतीको लागी आफै ग्राहक खोज्नेसम्म भेटेको छु ।
कति लिन्छन् ? पचास, सय जति दिए पनि हुन्छ, कहिलेकहीँ त नास्तामा पनि । किनभने उनीहरू हामीसँग पनि डराउँछन् कतै माओवादी भनेर गोली हानी मार्न सक्छ भनेर ।जीवनलाई प्रश्न गरे, होटलमा जान पनि त खतरा हुन्छ नि रु होटलमा त जानु हुँदैन किनभने माओवादी पछि लाग्न सक्छन् । उनीहरूको कोठामा जाँदा हुन्छ ।अनि कोठामा रु पुरै परिवार एउटै कोठा होला त विचरा विस्थापितहरू ?
उनीहरू एउटै कोठामा भए पनी ग्राहक आएपछि दिनमा हो भने आफै पुरूषहरू बाहिर निस्किन्छन्, राति हो भने अन्जान, अन्देखा भएर मुख छोपेर सुतिरहन्छन् । यो नै उनीहरूको रोजीरोटीको माध्यम बनाउन बाध्य भएकाहरू । जीवनको कुराले मेरो मुटुमा ढ्याङ्ग्राे ठोक्यो । मन आक्रोशित भयो । जनताका लागी क्रान्ति गर्दैछौँ र आफूलाई जनताको सुरक्षाका ठेकेदार हौँ भन्नेहरूबाट निर्दोष जनतालाई एक छाक खानका लागि शरीर बेच्न बाध्य बनाउने ती क्रान्तिकारी भनौदाहरू र विस्थापन नागरिकको यौन शोषण गर्ने सुरक्षाकर्मीहरूमा कतै मानवता देखिन मैले ।
जाने त दाइ ? भाइ तिमीले आफूलाई र आफ्नो परिवारलाई एक छिन तिनै विस्थापित परिवारहरूले भोगेको जीवनमा कल्पना गरेर हेर त, के तिमीले कल्पना गर्न सक्छौ रु त्यस माथि पनि तिमी त झन् सुरक्षाकर्मी हौ । हामीले उनीहरूबाट फाइदा लुट्ने होइन, उनीहरूलाई सकिन्छ भने विना सर्त सहयोग गर्नुपर्छ । मेरो कुरा सुनेपछि जीवन आफ्नो ब्यारेकतर्फ लाग्यो तर म भने ती कारूणिक जीवनहरूलाई सुन्नुबाहेक अरू केही गर्न नसक्ने निरिह सुरक्षाकर्मी बनेकोमा आफैलाई धिक्कार लाग्यो ।