इटहरी/इटहरीमा केही समयको पर्खाइपछि फोहोर व्यवस्थापन हुने आशा पलाएको छ । इटहरी दक्षिणको बूढी खोला किनारको जग्गामा यतिबेला डम्पिङसाइटको पूर्वाधार निर्माण भइरहेका छन् ।ठाउँको अनिश्चितता र प्रशोधनको समस्याका कारण इटहरीमा हाल भने फोहोर व्यवस्थापनको जिम्मा लिएको इन्भारो केयर कन्सर्नलाई टाउको दुखाइ बन्दै आएको छ । ‘दैनिक सङ्कलन भएको फोहोर कहाँ लगेर प्mयाँक्ने भन्ने चिन्ता हुन्छ’, इन्भारो केयरका प्रमुख मानध्वज मोक्तानले भने, ‘ल्याण्डफिल साइडको प्रयोग गर्न पाए आम्दानी पनि हुने थियो ।’
इटहरीमामा त पछिल्लो एक दशकमा जनसङ्ख्या पनि दोब्बरको हाराहारीमा बढेको छ । त्योसँगै फोहोर उत्पादन हुनु स्वाभाविक भयो । इटहरीका मुख्य बजार क्षेत्रमा मात्रै दैनिक २० टन फोहोर निस्कने तत्कालीन नगरपालिकाको एक अध्ययनले देखाएको थियो । २०५८ सालमा इटहरीमा ४१ हजार दुई सय १० जनसङ्ख्या रहेकोमा अहिले डेढ लाख नाघिसकेको छ । फोहोरमैला व्यवस्थापन ऐन ०६८ ले फोहोरलाई घरमा नै कम्तीमा कुहिने र नकुहिने छुट्याउनुपर्ने, नगरपालिकाको तोकेको ठाउँ र समयमा फाल्नुपर्ने व्यवस्था गरेको छ । तर, त्यो नियम नगरवासीले पनि पालना गरेको अवस्था छैन ।निर्माण सम्पन्नपछि इटहरी–१० को खनारको डम्पिङ साइटमा फालिएका फोहोर शुरुमा प्रशोधन समेत गरिने छ । अहिले सो स्थानमा फोहोर छुट्याउने र प्रशोधन गर्ने ‘सेड’ को निर्माण र साइटसम्म पुग्ने पहुँच मार्ग निर्माण भइरहेको उपमहानगरपालिकाका वरिष्ठ इञ्जिनियर अर्जुन दाहालले बताए ।
सत्र करोड रुपैयाँ खर्च हुने सो आयोजना यसै आर्थिक वर्षमा सम्पन्न हुने बताइएको छ । डम्पिङ साइट निर्माणस्थल वरपरका स्थानीयहरुका लागि व्यवस्थित सडक निर्माण, र उपभोक्ताबाट सम्भव निर्माणका कामहरु उपभोक्तबाटै गराउने उपमहानगरपालिकाका कार्यकारी अधिकृत टीकादत्त राईले बताए ।डम्पिङ साइटको निर्माणाधीन क्षेत्रमा अवलोकनका लागि सुनसरी क्षेत्र नम्बर २ का सांसद रेवतीरमण भण्डारीसहित इटहरी उपमहानगरपालिकाका इञ्जिनियर तथा कर्मचारी शुक्रबार त्यतातिर गएका थिए । यता, फोहोर विसर्जन क्षेत्रमा पार्क र हरियाली क्षेत्र बनाउनुका साथै उर्जा उत्पादन समेत गरिने बताइएको छ ।
तीन दशकभन्दा बढीको लागि समस्या नहुने अनुमान गरएको सो डम्पिङ साइट वरपरका वासिन्दा भने बस्ती वरपरको क्षेत्र विकास हुने आशमा योजनालाई समर्थन गरिरहेको छन् । अहिलेसम्म इटहरी उपमहानगरपालिकाले कहिले चारकोशे जङ्गल र कहिले व्यक्तिको जग्गा लिजमा लिएर फोहोर विसर्जन गर्दै आएको छ ।तीन÷चार वर्षअघि इटहरी उपमहानगरपालिका नबन्दै विराटनगर, इटहरी, इनरुवा र धरानसहित नगरपालिकालाई डम्पिङसाइटको केही आशलाग्लो योजना बनेको थियो । तर, त्यो पनि पूरा हुन सकेन । जसका लागि विराटनगर उपमहानगरपालिकाले सेनेटरी ल्याण्डफिलका लागि दुईपटक जमिन खरिद ग¥यो । दुवैपटक असफल बन्यो ।