इटहरी/पौष दोश्रो हप्ता मोरङ्गको याङ्गसिलामा स्कुले विद्यार्थीहरुलाइ नेपाली सेनाले हरेक बर्ष दिने राष्ट्रिय सेवा दलको यो बर्षको पुर्वको पहिलो खण्डको समापन कार्यक्रम थियो । सेवा दलका प्रमुख सेनानी कृष्ण खड्का क्षेत्री, सेनानी आदित्य कार्की लगायत पुर्वका विभिन्न जिल्लाका ३६० स्कुले विद्यार्थी तथा अभिवावकहरुको बाक्लो उपस्थिती रहेको थियो ।
नेपाली सेनाको पुर्वी पृतना हेड क्वाटर इटहरीका निमित्त पृतनापती सुवर्णबहादुर शाह प्रमुख अतिथी भएको समारोहमा सय दिने तालिम सकेका विद्यार्थीहरुले आ–आफ्ना कार्यकौशलहरु प्रस्तुत गरिरहेका थए । कसैले कराँते, कसैले एरोबिक डान्स, कसैले खुकुरी ड्रिल, कसैले कवाज क्रमैसँग प्रस्तुत गरिरहेका थिए । सुरुमा प्रमुख अतिथीलाइ सलामी र परेड प्रस्तुत गरेर अगाडी बढेको कार्यक्रममा विद्यार्थीहरुले प्रस्तुत गरेको कार्यकौशल हेरेर अभिभावकहरु मख्ख देखिन्थे । सुर्य बोर्डिङ्ग स्कुल संखुवासभाबाट आफ्नो छोरा निशान श्रेष्ठको प्रस्तुती हेरिरहेकी आमा कविता श्रेष्ठ त भन्दैथिइन,‘जे होस छोराले धेरै कुरा सिकेछ । गौरव लाग्यो । अनुशासन र समय पनि सिकेछ ।’ ३६ जना विद्यार्थीहरु सामेल भएको सुर्य बोडिङ्ग स्कुलका शिक्षक मेघराज तुलाङ्गे पनि उत्तिकै उत्साहित थिए । ‘विद्यालयमा हामीले सिकाँउने सामान्य कोर्षका कार्यक्रमहरु भन्दा अनेकन सिल्पहरु यहाँ सिकेका छन हाम्रा विद्यार्थीहरुले जुन उनिहरुको कवाज तथा अन्य प्रस्तुतीबाट देखियो’, विद्यार्थीको कवाज हेदै बोलेका शिक्षक तुलाङ्गेले भने,‘यस्ता कार्यक्रमले मात्रै विद्यार्थीको शारिरक, मानशिक तथा बैद्धिक विकास हुन्छ ।’यता आफ्नो छोरी सभ्या ठकुरीको परेड हेरेकी उदयपुरकी जानुका ठकुरी त सेनाले दिएको सेवा दलको कार्यक्रमबाट देखिनेगरि खुशी थिइन । ‘यो तालिम त अनुशाशन, आत्मरक्षा र देशभक्ति सिकाँउने राम्रो तालिम हो’, आफ्नी छोरीको भविष्यमा सोचेको सपनाबारे बोल्दै ठकुरीले भनिन, ‘उमेर पुगेपछि म त छोरीलाइ आर्मी नै बनाउछु ।’
शिक्षक मेघराज तुलाङ्गे, अभिभावकहरु कविता श्रेष्ठ र जानुका श्रेष्ठ जस्तै उपस्थित दर्जनौँ अभिभावकहरुले आफ्ना छोरा छोरीको कार्यकौशलता र क्षमता प्रदर्शन हेरेर खुशी भएको बताए । यो त भयो अभिभावकको कुरा । सय दिने राष्ट्रिय सेवा दलको कार्यक्रमपछि घर फर्किने दिनमा त थुप्रै विद्यार्थीहरु डाको छोडेर रोए । सरस्वती स्कुल मोरङ्गकी ऐस्वर्या राजवंशी, सन्जु विक र उनका साथीहरु घर जान मानिरहेका थिएनन । सोहि स्कुलकि सविना राजवंशी पनि छुट्ने दिन आफ्ना साथिहरु र शिक्षकहरुको समुह बाहिर एक्लै बसेकि थिइन । किन भित्र नगएको भन्दा भन्दैथिइन, ‘भित्र जाँदा सबै साथी रुदैछ अनि राइहालिन्छ ।’ सविना सेवा दलको कार्यक्रममा चिनीएका साथीहरु र शिक्षकहरु छोडेर जाँदा दुःख लागेको बताँइन । किन लोकप्रीय बन्यो सेनाको राष्ट्रिय सेवा दल? विद्यार्थीहरुको चौतर्फी विकास हुनुपर्नेमा विद्यालयको पढाइले सबै कुराहरु समेटेको हुदैन । किताबी किरो बन्दै गरेका विद्यार्थीहरुलाइ अनुशाशन, देशभक्ती, अन्तर साँस्कृतिक अन्तरघुलन, आत्मरक्षा, समयको सम्मान जस्ता कुराहरु विद्यार्थीहरुले व्यवहारीक रुपमा नसिकेकोले यस्ता कुरा सिकाउन सेवा दलको कार्यक्रम लोकप्रीय भएको अफ्नी छोरी लक्ष्मी कट्वाललाइ सेवा दलमा पठाएका अभिभावक राम कुमार कट्वाल बताँउछन ।
खोटाङ्गका कट्वालको जस्तै विचार छ संखुवासभाकी अभिभावक कविता श्रेष्ठको । श्रेष्ठ त सेवा दलले आफ्नो छोरालाइ समाज र थोरै भएपनि जीवन चिनाउन सहयोग गरेको बताँउछिन । विद्यार्थीहरुलाइ मास पिटी, व्याक्तित्व विकास, नेतृत्व विकास, तनाव व्यवस्थापन, मास पिटी, खुकुरी ड्रिल, कराँते, तेकवान्दो, एरोविक तथा साँस्कुतिक नृत्य, विप्पत्त व्यवस्थापन, प्राथामिक उपचार आदि धेरै कुराहरुले भरिएको हुन्छ सेवा दलको सय दिने पाठ्याक्रम । सेवा दलने निशुःल्क दिने तालिम फाल्टु फाुल्टु आफ्ना विद्यार्थीहरुलाइ दिँदा हजारौँ खर्च लाग्ने हुनाले पनि सेवा दलमा अभिभावकको आकर्षण हुने अभिभावक कट्वाल बताँउछन । लामो समय देखी सेवा दलमा आबद्ध सेनानी आदित्य कार्की सेवा दलमा आएर घर फर्केका विद्यार्थीहरुले समाजमा पनि राम्रो कार्यकौशल प्रस्तुत गरेकोले अभिभावकहरु झनै आकर्षित भएको बताँउछन । तत बर्षको भुकम्पको बेला भएको खोज, राहत, उद्धार र प्राथामिक उपचारमा सेवा दलमा तालिम लिएकाहरुले स्वतःस्फुर्त स्वयंसेवा गरेको कार्कीको अनुभव छ ।
सेवा दलको कार्यक्रमले विद्यार्थीहरुलाइ आँट, उर्जा,उत्साह र अनुशाशन दिने भएकोले यसको अपत्यक्ष प्रभाव व्यापक हुने कार्की बताँउछन । भन्छन, ‘झट्ट हेर्दा त केहि पनि प्रभाव गरेको देखिदैन तर यसले दिने नदेखीने प्रभावहरु भने व्यापक हुन्छन जसको अनुभव तालिम लिएका विद्यार्थीहरु र तीनका अभिभावकहरुले महँशुस गर्छन ।’ सुरुसुरुवा सेवा दलबारे खाशै धेरै मान्छेहरु जानकार नभएकोमा पछिल्लो समयमा उत्पादित क्याडेट (सेवा दलका विद्यार्थी)हरुले समाजमा राखेको सकरात्मक प्रभावका आधारमा थुप्रै आकर्षित भएको सेनानी कार्कीले बताए । ‘अब त सेवा दलमा आबद्ध हुन चाहाने विद्यालयहरुको आवेदनको ओइरो लागेको छ’, मेजर कार्की भन्छन, ‘सेवा दलमा आवेदन दिने सार्वजनिक तथा निजी विद्यालयहरुको संख्या हरेक बर्ष बढेको छ ।’ के हो राष्टिय सेवा दल? स्कुले विद्यार्थीहरुलाइ अनुशाशित, कर्तव्यनिष्ठ र देशभक्त बनाँउन नेपाल सेवा दल बनेको दलका मेजर आदित्य कार्कीले बताए । कार्कीका अनुसार नेपाल सहित संसारका १८१ देशमा राष्ट्रिय सेवा दलको जस्तै कार्यक्रमहरु सन्चालन हुन्छन । २०२२ सालबाट सुरु भएको शिक्षा मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयको संयुक्त कार्यक्रम राष्ट्रिय सेवा दलका सुरुका दिनहरुमा पाँच सय भन्दा कम संख्यामा विद्यार्थीहरुलाइ तामिल प्रदान गरिएकोमा पछिल्ला बर्षहरुमा संख्या बढ्दै यो बर्षमा चार हजार पुगेको मेजर कार्कीले बताए । अर्को बर्षबाट यो संख्या ६ हजार पुग्ने कार्कीले बताए । स्कुले विद्यार्थीहरुलाइ दिइने यो तालिमका सहभागीलाइ जील्ला शिक्षा कार्यालय र स्थानिय सेनाको व्यारेकले छनौट गर्ने मेजर कार्कीले बताए ।
१०० दिने तालिममा ७९ दिन सम्बन्धित जील्लाका सम्बन्धित विद्यालयमा गएर पाठ्यक्रम अनुसारका मास पिटी, ड्रील, विप्पद्ध व्यवस्थापन आदिका कार्यक्रमहरु प्रदान गर्ने मेजर कार्कीले जानकारी दिए । विद्यार्थीको पढाइलाइ असर नगरी यस्ता कार्यक्रम विद्यालयमै गएर गर्ने बताएका मेजर कार्कीका अनुसार २१ दिने कार्यक्रममा पनि दिनको दुइ घण्टा विद्यार्थीहरुलइ पढाइको कोचिङ्गका बेग्लै कक्षाहरु राखिन्छन । उनका अनुसार २१ दिनका बाँकि कक्षाहरु भने व्याक्तित्व विकास,समुदायसँगको अन्तरघुलन, साँस्कृतिक कार्यक्रमहरुमा एकै ठाँउमा विद्यार्थीहरुलाइ ल्याएर प्रदान गरिन्छ । ‘यो कोर्षमा केटा र केटी आधा आधा हुन्छन,’ नेसनल क्याडेट क्रर्प्स भनेर चिनिने यो कोर्ष बारे बताँउदै कार्कीले थपे, ‘हाम्रो यो पुर्वको तीन चरणको कार्यक्रमा पहिलो मंशिर २६ बाट सुरु भएर पौष १४ मा सकियो भने दोश्रो कोर्ष पौष १७ देखी माघ ८ सम्म हुन्छ । अनि तेश्रो चै माघ ८ बाट माघ २९ सम्म हुन्छ ।’ पुर्वमा १ हजार ८० विद्यार्थीहरुले पाँउने यो कार्यक्रमको हरेक किस्तामा ३६० विद्यार्थी रहने कार्कीले बताए ।
चलिवेटी बेचविखन, ट्राफिक नियम,तनाव व्यवस्थापन तथा कुलतबारेका सचेतना जस्ता थुप्रै कार्यक्रमहरु कोर्ष भित्र रहेको कार्की बताँउछन । तालिम लिएकाहको रेकर्ड सिडीयो कार्यालय तथा जिल्ला शिक्षा कार्यलयले राख्ने र देशमा अफ्ट्यारो समयमा त्यो जनशक्तिलाय स्वयंशेवी शक्तिको रुपमा प्रयोग गर्न सकिने कार्कीले बताए । ‘पछिल्लो भुकम्पमा म दोलखा, सिन्धुपाल्चोक, रामेछाप गाएको थिए’, यस्ता तालिमको राष्ट्रलाइ हुने प्रत्यक्ष फाइदा बारेको आफ्नो अनुभव बाँड्दै मेजर कार्की भन्छन, ‘नेसनल क्याडेट क्रप्र्स(राष्ट्रिय सेवा दल) तालिम लिएका पुर्व विद्यार्थीहरुले प्रकोप व्यवस्थापनमा नेतृत्व गरेको पाँए त्यस्ता कामले देशलाइ असहज हुँदा सहज पार्छन ।’