छिन्ताङ (धनकुटा)/सदियौंदेखि राज्यबाट हेपिएका सोमबहादुर दमाईलाई आफ्नो समुदाय हेपिएकोमा उत्ति गुनासो छैन, जति गुनासो २०३६ सालमा शहीद बनेका बुबा गम्भीरमानलाई राष्ट्रिय शहीद घोषणा नगरेकोमा छ ।पञ्चायती शासकविरुद्ध लड्दा २०३६ कात्तिक २७ गते छिन्ताङस्थित पातालमा गोली हानेर मारिएका चन्द्रबहादुर ३७ वर्ष बितिसक्दा पनि शहीदको नाममा अँटाउन सकेका छैनन् । उनीजस्ता १६ जना शहीद परिवार चार दशकदेखि राज्यबाट राष्ट्रिय शहीद घोषणा होस् भन्ने पक्षमा छन् ।

pic

तर, पञ्चायतविरुद्ध लड्ने छिन्ताङ खाल्साका शहीदहरुलाई राज्यले शहीदको कोटामा राख्न सकेको छैन । ३७ वर्षको बीचमा कयौं प्रधानमन्त्री फेरिए, सरकार फेरिए । पञ्चायत फेरियो, प्रजातन्त्र फेरियो । गणतन्त्र आयो । र, पनि उनीहरु शहीद कहलाउन लायक बनेनन् । जसबाट पीडित परिवार सदैव पीडित बनिरहेको छ ।‘राज्यले छिन्ताङ खाल्साका शहीदहरुलाई शहीदको क्याटगोरीमा राख्न किन चाहेन’, शहीद गोपालआनन्द राईका छोरा योगेन्द्र आक्रोश पोख्छन्, ‘कयौं प्रधानमन्त्री आएर आश्वासन बाँडे । तर, अहिलेसम्म राष्ट्रिय शहीद घोषणा गरिएन ।’ राज्यबाट हरेक पल, हरेक समय हेपिएका शहीद परिवारले वर्षेनी राष्ट्रिय शहीद बनाउन उद्घोष गर्दै शहीद दिवस मनाउने गरेका छन् । कात्तिक २९ लाई शहीद दिवसको संज्ञा दिँदै छिन्ताङमा निर्माण भएको १६ जना शहीदको अर्धकदमा पूmलमालाले माल्यार्पण चढाउँछन् । २०३६ सालमा पञ्चायती सरकारले आँखीसल्ला र छिन्ताङबासीलाई सदैव स्मरण गराउने घाउ दियो । तर, त्यो घाउ अहिलेसम्म मेटिन सकेको छैन । ‘देशको परिवर्तनको लागि लड्नुभयो । तर, अहिलेसम्म पनि राष्ट्रिय शहीद घोषणा नगर्दा धेरै नै दुःख लाग्छ’, शहीद परिवारमध्येका खुशबहादुर बिक भन्छन् । जतिबेला उनको बुबालाई गोली हानेर पञ्चायत सरकारले मा¥यो, त्यो बेला उनी २ वर्षका थिए । अहिले ३९ वर्ष पुगिसके । तर, पनि सरकार शहीद घोषणा गर्ने पक्षमा नदेख्दा पीडाले छाती पोल्ने गरेको बताउँछन् । कम्युनिष्टका बिरुवा राख्नु हुँदैन भन्दै पञ्चायत सरकारले छिन्ताङ खाल्साबासीलाई हिरासतमा लिँदै पछिल्तिरबाट गोली हानेको प्रत्यक्षदर्शी सोमबहादुर बताउँछन् । ‘गाउँघरका कम्युनिष्ट बिरुवा राख्नु हुँदैन भन्दै गोली हाने’, त्यो बेलामा १८ वर्षमात्रै पुगेका सोमबहादुर भन्छन् । ‘तर, अहिले शहीद भएर के पायौं ?’ उनको प्रश्न राज्यलाई छ । शहीद घोषणा गर्नको लागि राज्यलाई कयौंपटक ज्ञापनपत्र, ध्यानाकर्षण पत्र दिए । तर, राज्यले छिन्ताङलाई सधै उपेक्षा गरिराखेको बताउँछन् ।

‘छिन्ताङलाई सधैं उपेक्षा गरिराखेको छ’, उनी भन्छन् । शहीद घोषणा त के सामान्य अनुदानको लायकसमेत नसम्झिँदा राज्यप्रति शहीद परिवारको थप आक्रोश छ ।शहीद लाखमान राईका कान्छा छोरा गङ्गाबहादुर राई भन्छन्, ‘शहीद परिवारलाई शिक्षा–दीक्षा निःशुल्क हुनु पर्ने हो । अहिलेसम्म केही पनि दिएको छैन । अलि–अलि दियो । राज्यले शहीद घोषणा गर्ने दुस्साहस गरेको छैन ।’ छिन्ताङका शहीदको नाममा धरानको हिमायती जनसाँस्कृतिक समूहले ‘खोकु छिन्ताङ दुख्यो कि अरुण सुसाउँदा’ बोल नै तयार ग¥यो । उक्त गीत किशोर थुलुङले गाए । राज्यले शहीदलाई बिर्सिएको बेला यो गीतले शहीद परिवारलाई बेलाबेला थप स्मरण गराउने गरेको छ । तर, राज्यले जसरी शहीद घोषणा गर्नुपर्ने हो, त्यसरी नगरेकोमा आक्रोश व्यक्त गर्छन् हिमायतीका संयोजक हर्क चुम्मे । भन्छन्, ‘राज्यले छिन्ताङलाई उपेक्षा गरेको छ । यसपछिका धेरैलाई शहीद घोषणा गरिसक्यो । तर, पञ्चायतविरुद्ध लडेका यी तमाम शहीदलाई राष्ट्रिय शहीद बनाउन किन कञ्जुस्याइँ गरेको ?’छिन्ताङका शहीदहरुलाई देशको शहीद घोषणा गरिनु पर्ने तर्क राख्दै यसपटक हिमायतीले छिन्ताङमै पुगेर कार्यक्रमसमेत ग¥यो । यसबाट शहीदका परिवार थप भावविह्वल बने । राज्यले बिर्सिएका बेला कार्यक्रममार्पmत् अघि बढ्न प्रेरणा दिएको शहीद प्रतिष्ठानका सचिव डिकबहादुर राईले बताए ।

उनले भने, ‘शहीदलाई देशले सम्झिनु पर्छ । तर, राज्यले पहिले पनि सुनेन, अहिले पनि सुनिरहेको छैन ।’ उनले छिन्ताङ खाल्साका १६÷१६ जना शहीद ओझेलमा परेको बताउँदै छिन्ताङ सदैब राज्यबाट पीडित बनेको बताए । ‘शहीदले देखेको सपना साकार भएन’पञ्चायती शासकविरुद्ध आप्mनो ज्यानको आहुती दिएका छिन्ताङका १६ जना शहीदले परिकल्पना गरेको परिवर्तन अभैm नआएकोमा शहीद परिवार गुनासो गर्छन् । ‘परिवर्तनको लागि बुबाले जसरी ज्यानको आहुती दिनुभयोे, त्यस अनुसार देश बन्न सकेको छैन’, खुशबहादुरले सुनाए । उनले बुबाले परिवारको लागि नभइ देशको लागि ज्यान आहुती दिएको बताए । शहीदले देखेको सपना साकार हुन नसकेकोमा उनी दुःख व्यक्त गर्छन् ।

शहीद परिवारहरु राज्यसँग एउटै प्रश्न छ, ‘पञ्चायती तानाशाहको विरुद्धमा लड्ने यी १६ जनाचाहिँ किन राष्ट्रिय शहीद घोषणा हुन सकेनन् ?’ हरेक वर्ष शहीद स्मृति प्रतिष्ठानले कार्यक्रम गर्दै आएको छ । पञ्चायतविरुद्ध बलिदानी दिने शहीद मकुमारी राईको त अझ अर्धकदको सालिकसमेत नहुँदा उनको छोरा लक्ष्मण भन्छन्, ‘मेरो आमा त शहीदको लिष्टमा पनि हुनुहुन्न । जनताको लागि पञ्चायतविरुद्ध लड्नु भयो । तर, अहिले नामै आउँदैन ।’