एक महिना अगावैदेखि घरमा लिपपोत सुरु हुनु नै मेरो लागि दशैं आउनुको पूर्व संकेत हुन्थ्यो । घर लिपपोत सुरु भएसँगै बालसुलभ मन त्यसै–त्यसै रमाउँथ्यो । गाउँका दिदीबहिनीहरु घर लिपपोत गर्नको लागि कमेरो माटो लिन जान थालेपछि मेरो मनमा दशैंको पूर्वभाष हुन्थ्यो । करिव एकघण्टाको बाटोबाट कमेरो माटो लिएर घरलाई रंग्याउने त्यो बेलाको प्रचलन नै थियो गाउँघरको । अहिलेको जस्तो बास्नादार र मखलेल रङ्गहरु थिएन उतिबेला । घर रंग्याउनको लागि त्यही कमेरो माटो नै बास्नादार, फूलदार सबै हुन्थ्यो गाउँघरको लागि । विभिन्न रंगमा घरहरु पोत्नु र कस्ले राम्रो पोत्ने भन्ने प्रतिस्पर्धा नै हुन्थ्यो त्यो बेला । घर पोत्ने काम सुरु भए पछि नै खुसीले ‘दशैं आयो, खाउला पिउला’ भाका हाल्थ्यौ । त्यो बेला कस्को घर राम्रो रंगियो भनेर घरहरु चहाथ्र्यो । अनि भन्थ्यौं, ‘ओइ तेरो घर भन्दा त मेरै घर राम्रो’ ! हैन, मेरै राम्रो ! यस्तै जुहारी चल्थ्यो साथीभाइबीच । घर हेराहेर हुन्थ्यो । रंगले नै घर चिन्थ्यौं । कस्को घरमा बढी चित्र बनाएको छ त्यही घर उत्कृष्ट ठहर्याउथ्यो हाम्रा बालसुलभ मनहरूले । मेरो दिदीले विभिन्न आकार प्रकारका चित्रहरू बनाएर घर सजाउँथिन् । त्यो हेरेर फलाना घर त यस्तो राम्रो बनाएको छ, हाम्रो चाही यस्तो भन्दै मेरा साथीहरु पनि आफ्ना दिदी वा आमाबुबासँग गुनासो पोख्थे । रोईकराई गर्थे । लडिबुडी गर्थे । अन्यकोमा हुँदा म पनि त्यसै गर्थे । जति जति दशैं नजिकिदै जान्छ । मन उत्ति उती खुसीले नाच्थ्यो । किनकी नयाँ लुगा लगाउन पाउने, मिठो मिठो खान पाउने र मामाघर जान पाउने । त्यो भन्दा पनि बढी गाडी चढ्न पाउने भनेपछि मेरो मन त्यसै खुसी हुन्थ्यो । त्यो बेला बस देख्नु भनेको दसैँ नै आउनु पथ्र्यो । नयाँ लुगा लगाउनु पनि त्यस्तै हुन्थ्यो । करिव आधा घण्टा तलतिरको दोहमना बजार पुगेर आमाबुबाले लुगा किनिदिनु हुन्थ्यो । बजारमा लुगा हेथ्र्यौ । कती राम्रा–राम्रा लुगाहरु हुन्थे । हार मिलाएर राखेका । हारमा मिलाएका रंगविरंगी कपडा मध्ये सबैभन्दा राम्रो र महंगो कपडा छान्थ्यौं । तर, हाम्रो रोजाइ भन्दा बढी बुबाअमाको रोजाई हुन्थ्यो । किनकी बुबाअमाके गच्छे अनुसारके लुगा लाउनु हाम्रो बाध्यता थियो । बुबाआमाले जस्तो किनिदिनु हुन्थ्यो त्यो नै हाम्रो लागि दशैंको नयाँ लुगा हुन्थ्यो । त्यही लगाएर हामी वर्ष्दिनको दशैँ छेल्थ्यौ । हाम्रा अङमा नयाँ लुगा फेरि अर्को वर्षको दशैंमा मात्रै चढ्न्थ्यो । त्यही लुगा जतन गरेर एकवर्ष चलाउनु पथ्र्यो । बीचमा फाटे पनि नयाँ लुगा पाउने सम्भावना लगभग न्युन हुन्थ्यो । त्यसैले दशैंको लुगा भनेपछि जतनसाथ लगाउँथ्या । साथीभाइलाई यसपाली त मलाई सर्ट पेन्ट, यसपाली त मलाई यो भन्दै देखाउथेँ । हुनेहरु खुसीले नाँच्थे । नहुनेहरु मन खिन्न बनाउथे । साथीभाइमा  कस्को राम्रो लुगा भनेर प्रतिस्पर्धा चल्थ्यो । दशैंमा टीका लगाएर कस्ले धेरै दाम पायो त्यसको छुट्टै प्रतिस्पर्धा हुन्थ्यो । यस्ता प्रतिस्पर्धा पाइला–पाइलामा चल्थे । कस्को घरमा के पाकेको छ त्यसको पनि अलग्गै प्रतिस्पर्धा हुन्थ्यो । म पनि छिमेकीको घर घर चहार्थे । कस्कोमा के पाकेको छ बास्नाबाटै थाहा पाउँथे । कति मिठो पाकेको त्यो समेत थाहा हुन्थ्यो । दशैंमा हरेकको घरमा मासु हुन्थ्यो । अहिले जस्तो जुनसुकै बेला मासु खाने प्रचलन कमै हुन्थ्यो । मासु खाएको दिन कि दशैं हुन्थ्यो कि त्यस्तै चाडबाड । दशैंको बेला जस्को घरमा गयो मासु खान पाइने । दुहुना टपरामा मासु चिउरा, केरा, दही यस्तै परिकारहरु पाइन्थ्यो । दशैं आउनु एक महिना अगावै घरपरिवारमा भर्ला, सालको पातको दुहुना, टपरा बुन्ने प्रचलन थियो गाउघरमा । त्यो हाम्रो घरमा पनि हुन्थ्यो । अहिले दुना, टपरा बनाउने प्रचलन गाउँघरमासमेत हराएर गएको छ । सायद दशैंको महत्व घटेर पो हो कि । त्यो बेलामा दशैं सबैजसोले मनाउथे । राई लिम्बूहरुले सेतो टीका लगाउथेँ भने अन्य जातिहरुले रातो टीका लगाउथेँ । मेरो गाउँमा पनि अधिकांस राई लिम्बूको बसोबास थियो । अहिले पनि छ । उनीहरुले सेतो टीका लगाउँथे । दशैं धुमधाम मनाउथे । तर, अहिले त्यो चलन हराएर गएको छ । दशैंमा घरै पिच्छे डुल्नु नित्यकर्म झैँ हुन्थ्यो मेरो । हाम्रो घरमा यति मासु ल्यायो, उति मासु ल्यायो भनेर फूर्ती लाउनु जो थियो । साथीहरु पनि के कम हुन्थे र । उनीहरुले पनि भन्थे ‘मेरो घरमा तेरोमा भन्दा बढी । हाम्रोमा ५ केजी, मेरोमा १० केजी । यस्तै फूर्तीहरु लाग्थ्यो फुलपातिपछिका दुईदिनसम्म । त्यसपछि नयाँ लुगा लगाएर दशैंको टीका ढल्काएर गाउँघरका साथीभाइलाई लुगा देखाउने अर्काे फूर्ती सुरु हुन्थ्यो । पिङमा चचहुँई गर्दै निधार र कन्चटमा रातो टीका टल्किन्थ्यो मेरो निधारमा । तर, मेरा साथीभाइले भने हामीलाई गिज्याउथे । ‘नेवार पाटे’ भन्दै गिज्याउँदा मेरा अनुहार रिसले रातोपिरो हुन्थ्यो । पाटे भनेको पटक्कै मन पर्दैनथियो । र, गिज्याउने कारणले नै पनि टीका लगाउने बेलामा बुबालाई निधारमा मात्रै टीका लगाइदिन आग्रह गथ्र्यौ । तर, बुबाले हामी जातले पा’को भन्दै लगाइदिनु हुन्थ्यो । त्यो के भनेको होला मेरो वालसुलभ मन कहिल्यै खुट्याउन सकेन । त्यो बेला म यस्ता विषयमा चिन्तित हुन्नथे । नयाँ लुगा लगाउनु, निधार र कन्चटमा रातो टीका टल्काउँदै साथीभाइलाई लुगा देखाउनु र पैसा देखाउनु नै दशैंको एकदुई दिन मेरो दैनिकी हुन्थ्यो । त्यो बेला बुबाआमाको हातबाट चारआना, आठआना दाम पाउनु मेरे लागि सबैभन्दा ठूलो रकम हुन्थ्यो । मानौं एकहजार नै मैले पाएको छु । त्यही दामले मिठाई किनेर खान्थ्यौँ । त्यो बेला रातो मिठाई पाइथ्यो । त्यो मिठाई करिव करिव हराउन लागेको थियो । त्यो मिठाई खानको लागि पनि अजा (हजुरबुबा) को हातबाट टीका थाप्न झापाको दमक जाँदा मात्रै जुथ्र्यो । किनकी अजा, काकाकाकीहरु दमक मै बस्नुहुन्थ्यो । बुबा मात्रै मोरङको हरकपुरमा । बुबाले आफ्नै बलबुताले त्यो जग्गा जोड्नु भएको । घामपानी, झरीबादल, जेलनेल भोगेर जोडेको एकविगाहा खेत नै बुबाआमाको लागि सबथोक थियो । त्यसैले उहाँहरुले कहिल्यै बेच्न र छाड्न चाहानु भएन् त्यो ठाउँ र त्यो जग्गालाई । अजाअजीको आर्शिवाद थाप्नको लागि बुबाआमा मध्ये एकजनासँग हामी दमक जान्थ्यौं । बुबा भन्दा बढी आमासँगै दमक पुगेको छु टीका थाप्नलाई । घरबाट पालैपालो गरेर टीका लगाउन हामी दमक पुग्थ्यौ । मलाई सानोमा मामाघर गएको राम्रोसँग याद छैन् । किनकी मेरो आमा र चमा (आमाको बहिनी) जन्मेको अढाई वर्षमै मावलको अजाअजीको मृत्यु भएको थियो रे । उहाँहरुको दाजूभाइ थिएनन् । मैले आमालाई मामाघर गएको सानोमा राम्रोसँग याद गरिन् । र, अहिले पनि गरेको छैन् । बीचमा केही वर्ष आमा नातेदार मामाघर जानु भएको थियो । त्यो पनि अहिले रोकिएको छ । मैले थाहा नपाइञ्जेलसम्म मामाघर गएको याद छैन् । हामी केही ठूला भएपछि भने थुप्रैपटक अफन्त मामाघर गएको थाहा पाउँछु । त्यो बेला दमक आउनु नै मेरो लागि सबै घर जानु जस्तै थियो । बस चढ्न पाइने भएपछि दमक जाने खुसी विछट्टै हुन्थ्यो । घरबाट साढे ३ घण्टाको हिडाई पछि मात्रै बसको यात्रा गर्न पाइन्थ्यो । हामी बसेको हरकपुरदेखि कानेपोखरीसम्म आइपुग्न साढे तीन घण्टा लाग्थ्यो । त्यहाँसम्म आइपुग्दा खुट्टा गलेर फत्र्याकफुत्रुक भइसक्थ्यो । तर, जव कानेपोखरीको नजिक आइपुथ्यौं । गाडी चढ्न पाइने खुसीमा । त्यो गलाई कहाँ हराउँथ्यो कहाँ । रंगीविरंगी गाडीहरु, साना ठूला मझौला खाल्का गाडीहरु देख्दा त्यसै मन रमेर आउँथ्यो । साना गाडीहरुलाई ठूलो गाडीको बच्चा होला भन्दै मनमनमा कुरा खेलाउथे । कानेपोखरीमा झुप्राझुप्री घरहरु मात्रै थिए । साँझ परेपछि अत्यधिक चोर लाथ्यो त्यो ठाउँमा । स–सना नास्ता पसल, खीर पसलहरु थिए । त्यो बेलादेखि नै खीरले प्रख्यात थियो कानेपोखरी । अहिले पनि छ । त्यहाँ आइपुगेपछि साढे ३ घण्टाको थकाई माथ्र्यौ । म चाही गाडी हेर्न झुत्त्तिन्थे । तर, आमाले गाडीले किचेर मार्छ भनेर तान्नुहुन्थ्यो । केटाकेटी मन कति पनि अडिदैनथियो । हरेक नजर गाडी तिरै । कतिवटा गाडी आए, कति गए गनेर बस्थे । कानेपोखरीबाट बस चढेर दमक जानु पथ्यो । दमक पुगेपछि मात्रै घरमा टीका लगाएर दिएको दामको काम आउथ्यो । चारआना दामको मिठाई पनि प्रसस्तै आउथ्यो त्यो बेला । दमक पुगेपछि अजाको हातको टीका ग्रहण गरेपछि हामी घरतिरै फि¥थ्र्यौ । हरेक वर्ष दशैं यसरी नै चल्थ्यो मेरो । त्यो दशैं अहिले महसुस नगरेको वर्षौ भइसकेको छ । किन बालसुलभजस्तो दशैं आउँदैन । बग्रेल्ती पेन्टका डब्बाहरुले घर रंगिए पनि किन त्यो कमेरो माटोले जस्तो मेरो घर रंगिएन् । नयाँ लुगाहरु वर्षमा अनेकन फेरिन्छन् । तर, पनि दशैंको त्यो एकजोर houseलुगाजस्तो किन भएन् यि लुगाहरु । यस्ता अनेकन प्रश्नहरु दिमाग खेलिरहन्छ ।