रविन भट्टराई
ताप्लेजुङ/ बेमौसमी हिमपात तथा मौसममा बारम्बार हुने परिवर्तनले ताप्लेजुङको हिमाली क्षेत्रका पशुपालक किसान समस्यामा परेका छन् ।पहिले पानी, हिउँ, असिना पर्ने, हावाहुरी चल्ने समयको तालिकाजस्तै भएपनि अहिले कुनबेला के हुन्छ पत्तै हुन छाडेको किसानहरु बताउँछन् ।chauri
पशुचौपाया लिएर जङ्गलमा निस्किएका किसान एक्कासी हुने मौसम परिवर्तनको जोखिममा पर्ने गरेका छन् । मौसम राम्रो देखेर चरनका लागि जङ्गल र भिरमा पुगेका चौंरी र चौपाया लिएर पुगेका किसान अचानक मौसममा परिवर्तन आउँदा पहिरो र हिमपातमा पर्ने गरेका छन् भने फर्कन खोज्दा लडेर चौंरी र याकको समेत मृत्यु हुनेगरेको स्थानीयको भनाइ छ । यस स्थानका स्थानीयले पशु चौपाया घरमानै रहेको गोठमा नराखी जङ्गलमा छाड्ने हुँदा समेत बेमौसमी वर्षा र हिमपातले पशुचौपायालाई प्रभाव पर्ने गरेको ओलाङ्चुङ्गोला गाविसका चौंरीपालक नुपु शेर्पाको भनाइ छ ।
हिउँ पर्नासाथ जोगिनका लागि चौंरीहरु गोलो घेरा लागेर आपैmं बस्छन् । एकआपसमा मिलेर बस्ने उनीहरु अचानक हिमपात हुँदा सानो क्षेत्रमा परेभने नअँटेर लडेर मर्ने गरेको शेर्पाले बताए । केही समयअघि मात्र अचानक हिमपात हुँदा पापुङ–४ मा एकै गोठका १९ वटा चांैरी र याक लडेर मरेका थिए । पानीमात्रै पर्ने यो बेलामा जेठ लाग्दैदेखिनै ४ हजार मिटरमाथिको क्षेत्रमा हिउँ परिरहेको छ ।
पहिले अत्यन्तै कम पर्ने चट्याङ अहिले बारम्बार पर्दा त्रसित बनाएको किसानहरु बताउँछन् । पशुचौपायामा क्षती पु¥याइनसकेको भएपनि गर्जनसहितको लाइटले त्रसित बनाएको छ । जलवायु परिवर्तन विशेषज्ञ मानबहादुर विश्वकर्मा पछिल्ला वर्ष यसको असर प्रत्यक्षरुपमा देखिन थालेको बताउँछन् । ताप्लेजुङका हिउँ पर्ने लेलेप, कालिखोला, याम्फुदिन, सुरुमखिम लगायतका गाविसमा अध्ययन गरेका उनले जलवायु परिवर्तनकै असर भएकाले छिन्छिनमा परिवर्तन भइरहेको बताए । यसले पशुचौपायामा शरीरको रौं झर्ने, छालामा
घाउ भएर खुइलिने जस्ता समस्या देखापरेको पनि विश्वकर्माले बताए ।