भूपेन्द्र तिम्सिना,शनिश्चरे/आर्थिक वर्ष २०७३÷०७४ को budgetबजेटले प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापालाई बढी र मोरङलाई कम प्राथमिकतामा पारिएकोमा मोरङ्गेलीले गुनासो गरेका छन् ।
झापामा डेढ दर्जनजति विशेष आयोजना परेका छन् भने मोरङमा त्यसखाले आयोजना आधा दर्जन पनि छैनन् । प्रधानमन्त्री ओलीको गृहजिल्ला अन्तर्गतको आप्mनै निर्वाचन क्षेत्र नम्बर ७ मा पर्ने लखनपुरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माणका लागि अघिल्ला वर्षहरुदेखि थालिएको पहललाई यस वर्षको बजेटमा विशेष प्राथमिकता दिइएको छ ।
‘एक शहर एक पहिचान’ को अवधारणा अनुसार इलाम, त्रियुगा, सिरहा, चन्दननाथसँगै दमक शहरलाई पनि व्यवस्थित विकास गर्न गुरुयोजना तयार गरी कार्यान्वयन गरिने भएको छ । दमकमा सभागृहको गुरुयोजना तयार गरी निर्माण कार्य अगाडि बढाइने छ ।
बजेटमा गौरादहमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत आङ्गिक कृषि क्याम्पस स्थापना गर्ने, सदरमुकाम भद्रपुरलाई सघन सशरी विकास कार्यक्रम अन्तर्गत व्यवस्थित गर्ने, कन्काई नहरलाई दुवैतर्पmको भागमा सिँचाइका लागि विशेष कार्यक्रम ल्याउने उल्लेख छ ।  चारआली–ताप्लेजुङको सडक चीनको बोर्डरसम्म पु¥याउने, दमक चक्रपथ, दमक–रवि सडक, एक निर्वाचन एक सडक अन्तर्गत गौरादहबाट चिलारा, बैगुनधुरा कोरोबारी चक्रपथ निर्माण जस्ता विशेष आयोजना पनि समावेश छन् ।
नेपाली काङ्ग्रेसका तर्पmबाट सभासद् बनेका मोरङ–९ का डिगबहादुर लिम्बूले प्रधानमन्त्री ओलीको गृहजिल्ला झापाको तुलनात्मक हिसाबले मोरङलाई पहिलेजस्तो बजेटमा प्राथमिकता नदिइएको टिप्पणी गरे । सरकारले पूर्वी तराईका जिल्ला सदरमुकामहरु अन्तर्गत सघन शहरी विकास कार्यक्रम सञ्चालन गर्ने भनेपनि औद्योगिक रुपमा समस्या झेल्दै अस्तव्यस्त सरह बन्दै गएको विराटनगरको व्यवस्थापनमा बृहत्तर विकासका लागि रिङरोड बनाएर राम्रो शहर बनाउने कुरामा भनेअनुसार प्राथमिकता नदिइएको बताए । रङ्गेली–कानेपोखरी, लेटाङ–छ नम्बर बुधबारे सडक, उर्लाबारी–मधुमल्ला–रवि सडक निर्माणका साथै बक्राहा, मावा, चिसाङसहितका नदी नियन्त्रणका कुराहरु पनि बजेटमा आउनु पर्ने महत्वपूर्ण पक्ष छुट्याइएको छ । लथालिङ्ग भएको पूर्वाञ्चल विश्वविद्यालयको व्यवस्थापनको कुरा उठाइएको भएपनि छुटेको पनि उनले सुनाए । ‘यी विषयमा हामीले पहिले कार्यक्रममा पार्न कुरा राखेपछि छुटेका छन् । अब हामीले तिनीहरुलाई पनि समेट्न सुझाव दिन्छौं’, उनको भनाइ छ ।
उता, मोरङ–२ का सांसद चण्डीप्रसाद राईले भने झापाको तुलनामा मोरङमा कम बजेट परेको जनाउँदै प्रधानमन्त्रीको गृहजिल्लाको पनि निर्वाचन क्षेत्रमा विशेष आयोजना जानु स्वाभाविकै भएको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘विशेष कार्यक्रम अन्तर्गत मोरङमा पनि  विराटनगरको विकासमा ५० करोड परेको छ, हुलाकी राजमार्ग र प्रौद्योगितक विश्वविद्यालयको कुरा छ । सबैतिर उही हिसाबको विशेष कार्यक्रम नपर्नुलाई अन्याय नै भएको मान्नु हुँदैन ।’ सबै इकाइका कुरा समग्र बजेटमा व्याख्या नहुने जनाउँदै मोरङमा र आप्mनो निर्वाचन क्षेत्रमा महत्वपूर्ण आयोजनाहरु पर्ने राईको दावी छ ।
‘अब ४, ५ दिनमा रातो किताब निस्कने कुरा छ । त्यस अवस्थामा कहाँ कहाँ के के योजना परे भनेर स्पष्ट भइहाल्छ । कुनै छुटेको भए यो बेलाको छलफलले हामी समट्न सुझाव दिन्छौं’, उनले थपे । उनले कानेपोखरी–रङ्गेली सडक, कानेपोखरी– लेटाङ– छ नम्बर बुधबारे सडक, गान्धी–मनमोहनमार्गका लागि पनि बजेट माग भएको जनाए । यो वर्षको बजेटले कुनै क्षेत्रलाई विभेद नगरी समानुपातिक रुपमा नगरपालिका, गाविस, संसद विकास कोषको रकम दोब्बर बढाउनु नै मुख्य उपलब्धि भएको उनको ठहर छ । अघिल्ला वर्षभन्दा बेलैमा आएको जनमुखी बजेटलाई कार्यान्वयनमा चुनौती छ भनेर हौवा फिँजाउनुभन्दा पनि कार्यान्वयनमा सबैको सहकार्य हुनु आवश्यक रहेको पनि उनले औंल्याए ।
मोरङको उर्लाबारीमा मदन भण्डारी स्मृति प्रतिष्ठानको अगुवाईमा प्रौद्योगिक विश्वविद्यालय स्थापनको कार्यक्रमलाई पनि बजेटले विशेष कार्यक्रमका रुपमा सम्बोधन गरेको भन्दै प्रतिष्ठान अध्यक्ष गुरु बरालले खुशी व्यक्त गरे । उनले भने, ‘वृद्धभत्ता दोब्बर वृद्धि, कृषक पेन्सन, शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने लगायतका जनमुखी विकास निर्माणका विशेष कार्यक्रमले परिवर्तन ल्याएर आर्थिक समृद्धितर्प मुलुकलाई डोयाउने छ ।’