हिमाल दाहाल/इटहरीको विषयमा जानकार र वृद्धावस्थासम्म पनि राम्रो स्मरणशक्ति राख्ने मलेच्छी चौधरीसँग केही वर्षअघि मैले कुरा गर्ने मौका पाएको थिएँ । भर्खर भर्खरमात्र व्यावसायिक पत्रकारिता शुरु गरेको मलाई त्यो अवसर इटहरीका अग्रज पत्रकार कृष्णविनोद लम्सालबाट प्राप्त भयो । लम्सालकै प्रकाशन, सम्पादनमा रहेको प्रगति पाक्षिकको विशेषाङ्कमा मैले चौधरीसँग गरेको कुराकानी छापियो ।
चौधरीसँगको त्यो भेटमा मैले इटहरीको नामाकरण कसरी भयो र इटहरीhimalको विकास कस्तो देख्नुभो भन्ने जस्ता प्रश्न गरें, उनले दिएका उत्तर र भनेका कुराहरु मेरालागि दन्त्यकथा भन्दा कम थिएन । इटहरीमा पक्की बाटो नबनेको बेलादेखिका साक्षी चौधरीसँग मैले गर्ने प्रश्नहरु धेरै थिएनन् त्यो बेला । चौधरी अहिले जीवित छैनन्, तर उनलाई सोध्नैपर्ने प्रश्नहरु यतिखेर धेरै छन् । किनकि उनले जस्तो इतिहास देख्ने र त्यसलाई व्यक्त गर्न सक्ने मानिस इटहरीमा धेरै कम छन् । धेरै अग्रजहरुको मृत्यु भइसकेको अवस्थामा इटहरीको इतिहासलाई खोजेर सिलसिलेवार ढङ्गले लेख्न आवश्यक भइसकेको छ । इटहरीमा अहिले पुस्तक र वृत्तचित्रमा उतार्ने गरी हामी केही युवा इटहरीको इतिहासको खोजी गरिरहेका छौं, जसले इटहरीको इतिहास, वर्तमानलाई चित्रण गर्दै भविष्यको सम्भावना र चुनौतिहरु देखाउनेछ ।
इटहरीको इतिहास खोजी गरेर डिजिटलाइज्ड गर्दै गर्दा मलेच्छी चौधरी हामीमाझ हुनुपथ्र्यो वा हामीले वहाँ हुँदै यी कामहरु गर्नुपथ्र्यो । तर ती दुवै भएनन् । चौधरीको चितासँगै कति तथ्यहरु डढेर गए । कति जानकारीहरु उडेर गए, हामीले यो काम अलिक अघि गर्नुपथ्र्यो ... । जीवित हुने केही व्यक्तिहरुसँग स्मरणशक्ति छैन । केही बोल्न सक्ने अवस्थामै छैनन् । जति छन्, उनीहरुको देखाइ, भोगाइका आधारमा हामी पुस्तक र वृत्तचित्रको काममा लागिपरेका छौं ।
...
पकलीसमेतलाई जोड्दा इटहरीको इतिहास दुई सय वर्ष जति पुरानो हो । यौटा परिवारका १० पुस्ता यहाँ बसिसके । त्यसअघिको बारेमा अहिले कसैलाई थाहा छैन । यहाँसम्म कि उनीहरुको परिवार थियो वा थिएन भन्ने बारेमा नै कसैलाई थाहा छैन ।
बिजुली, पानी, सवारीका साधन नभएको युगदेखि मोबाइल र इन्टरनेटको युगसम्म देख्यो इटहरीले । राणाकाल, पञ्चायतकाल, लोकतन्त्र, गणतन्त्र र सङ्घीयतासम्म आइपुग्दा इटहरी आकाश–जमिनको फरक भएको छ । त्यतिखेरको साक्षीहरुले भनेका कुरा र तथ्य, जानकारीहरुले त्यो कुरा बोल्छन्, तस्वीरहरुले त्यो कुरा खोल्छन् । ती कुरा सुन्ने, पढ्ने मानिसहरु छक्क पर्छन्, ‘इटहरी त्यस्तो थियो र ?’
अहिले आइतबारे भनिने ठाउँको पुरानो नाम बाघमारा थियो । दिउँसै बाघ हिँड्ने त्यो ठाउँमा राणाहरु शिकार खेल्थे । त्यो बेलाको थारु समाजले दिएका नामहरु अहिले धेरैले परिवर्तन गरिसकेका छन् । लाटी झोडा, बौका झोडा, ढेडु टोल, दरोगा टोलका नामहरु अहिले फेरिइसकेका छन् । मानिसले हिँड्न बनाएका गोरेटोहरु कति चौडा बाटो हुँदै सडक बने, कति गोरेटोहरु अन्तै ठूलो बाटो बनेपछि मासिए ।
कति फसल काटिए । कति वर्षा, भेल, झरी र सिरेटोले इटहरीलाई जिस्कायो, आज कङ्क्रिटको शहरमा रुपान्तरण भएको शहर कुनै बेला खरले छाएका घरहरु भएको बस्ती मात्र थियो । एउटा बस्तीदेखि अर्को बस्तीसम्म पुग्न जङ्गल पार गर्नुपथ्र्यो । आ–आप्mनै संसार हुन्थ्यो, मानिसलाई जङ्गल फाँडेर बस्न छुट थियो । पछि वन फँडानीसँगै सडक जोडियो ।
इटहरीबाट पकली बजार लगेर धान बेचिन्थ्यो । पकलीमा चिउरा कुटेर चतरा, धरान लगेर बेचिन्थ्यो । इटहरीमा औंलो लाग्ने भन्दै पहाडबाट मानिसहरु कमै मात्र यहाँ झर्थे । धेरैलाई बाध्यताले ल्याउँथ्यो । चामलको भात खान र बाँच्नकै लागि इटहरी झर्नेहरुको सङ्ख्या ठूलो छ ।
हुन पनि हो, त्यो बेलामा इटहरीमा मनग्ये जग्गा । बाहिरबाट मानिसहरुलाई बोलाएर जग्गा र काम दिएर बसोवास गर्न लगाइन्थ्यो । फाँड्न सकुञ्जेल जङ्गल फाँडेर खेती गरिन्थ्यो । तर आज इटहरीमा बस्न खोज्नेहरु जग्गाको दाम सुनेरै तर्सिन्छन् । भन्छन्, ‘काठमाडौमा बरु सस्तो छ, इटहरीमा जग्गा साह्रै महङ्गो ।’ आपूmभन्दा जेठा बजारहरु पकली, चतरा, रङ्गेली, हरैंचालाई इटहरीले बसोबासको दृष्टिमा धेरै पछि छाडेको छ ।
कोशी राजमार्ग र महेन्द्र राजमार्ग बनिसकेपछि २०३० सालसम्ममा इटहरी पूर्वकै गुल्जार बजार बन्ने तरखर गर्न थाल्यो । बाटोले सम्भावना ल्यायो, व्यापार शुरु भयो, बजार बन्यो ।
माओवादी जनयुद्धकालमा इटहरी बसोबासका दृष्टिले पूर्वमै सबैभन्दा सुरक्षित ठाउँ बन्यो । सेना र सशस्त्रको ब्यारेकका कारण इटहरीमा ठूला लडाइँ भएनन् । त्यसयता इटहरीमा बसोबासको लागि आकर्षण झन् बढेको छ । बाटोले ल्याएको विकाससँगै केही सम्भावना र केही चुनौतिलाई पछ्याउँदै निरन्तर अघि बढिरहेको छ इटहरी ।
इटहरीको विकासको गति समयसँगै तीब्र बन्दैछ । पछिल्ला दुई–तीन वर्षमा मात्रै आधा दर्जनभन्दा बढी भव्य घर बनिरहेका छन् । अब सानोतिनो जग बनाएर तयार गरिएको घरको काम छैन । किनकि विकासको गति अत्यन्त तेज छ । अब बनाउने घर ५० देखि एक सय वर्षपछिको लागि हुनेगरी र धेरै तला थप्न सकिने गरी बनाउनुपर्ने आवश्यकता छ ।
चौबाटो र चौबाटोले बढाएको व्यापार इटहरीको मुख्य विशेषता हो । तर सडकले बनाएको शहर भएकाले अब इटहरीले आपूmमा नयाँ विशेषता थप्नैपर्ने बेला भइसकेको छ । किनकि भोलि सडकले विकासलाई रोकेर राख्न सक्दैन । इटहरीलाई नयाँ विशेषतायुक्त बनाइएन भने इटहरी पनि पकली, रङ्गेली, चतरा र हरैंचा बजारजस्तै सुक्नेछन् ।
कुनै समय हुलाकी मार्गले जोडेको चतरा, पकली, हरैंचा र रङ्गेली पूर्वकै ठूला बजारहरु थिए । यी बजारहरुमा किनमेल गर्न इटहरी, विराटनगर, धरानदेखिका मानिसहरु पुग्थे । तर जब दुई ठूला मार्ग बन्यो, तब यी बजारहरु खुम्चिन बाध्य भए । बाटोले विकासको सम्भावनालाई पनि अन्तै लगिदियो । त्यसैले इटहरीको मुख्य चुनौति भनेकै इटहरीलाई के कुरामा विशेष बनाउने भन्ने नै हो । र त्यो चुनौतिको सामना दीर्घकालीन आवश्यकता र सम्भावनाबीचको तादाम्यताबाट गर्न सकिन्छ । अनि भोलिको आवश्यकता र सम्भावनाहरु विगतले निर्धारण गरिरहेको हुन्छ । हाम्रा विगतका सम्भावना, विकास क्रमलाई हेरेर नै भावि योजना बनाउन सक्छौं ।
...itari
यसरी विगत, वर्तमान र भविष्यका यस्तै अचम्मलाग्दा, महत्वपूर्ण र अत्यावश्यक जानकारी र तथ्यहरुलाई पुस्तक र वृत्तचित्रमार्पmत् सङ्ग्रह गर्न खोजिँदैछ । कम्तीमा त्यो बेलाका तस्वीरहरु सङ्ग्रहित हुन्, त्यो बेलाका साक्षीहरुले भनेका किस्साहरु पनि यथार्थको हदसम्म सुरक्षित हुन् । भोलि कुनै नगरवासीले आप्mनो नगरको विगत हेर्न, बुभ्mन चाह्यो भने छट्पटाउनु नपरोस् । कुनै आगन्तुकले इटहरीको विगत र वर्तमानको बारेमा केही कुरा सोधे थाहा छैन भनेर अलमल पर्नु नपरोस् । तस्वीर नपाइने अवस्थामा स्केचको माध्यमबाट पनि त्यो बेलाको वस्तुस्थिति उजागर गरेर भिडियो वृत्तचित्र र पुस्तक तयार पार्ने काममा हामी जुटेका छौं ।
विगतका लेखोटहरु हामीसँग केही छैनन् । राणाकालमा पनि इटहरी धेरै प्राथमिकतामा परेको ठाउँ होइन । तुलनात्मक रुपमा हरैंचा र रङ्गेली प्राथमिकतामा परे । त्यसैले इटहरीवासी र इटहरीको बारेमा काठमाडौसँग पनि धेरै जानकारीहरु छैनन् ।
ढिलै भयो, तर अब धेरै ढिलो गर्नुहुन्न । नलेखिएका इतिहासहरु कथा बन्छन्, जसलाई धेरैले विश्वास गर्दैनन् । एक व्यक्तिबाट अर्को व्यक्तिमा आइपुग्दा तथ्यहरु बाङ्गिन्छन् । तर लेखिएका कुराहरु धेरै हदसम्म विश्वस्त र जीवन्त हुन्छन् । नलेखिएरै धेरै लोभलाग्दा इतिहासहरु रहस्यको गर्भमा पसे । त्यसैले आज जे जस्तो र जति हुन्छ, सङ्ग्रह गर्नु आवश्यक छ ।
यो क्रममा इटहरीको इतिहासबारे रमेश विष्ट र कृष्णविनोद लम्सालबाट लेखिएको इटहरी स्मारिका, प्रगति पाक्षिक लगायतका पुस्तकहरु, ज्येष्ठ नागरिकले रेडियोमा अन्तर्वार्ता दिँदा भनेका कुराहरु, विषयगत रुपमा लेखिएका सामग्रीहरुदेखि रेखाचित्रहरुसमेत सङ्ग्रहित हुँदैछन् ।
त्यो बेलाको बाटो, बस्ती, वन र आजको बाटो, बस्ती वनको तुलनात्मक अध्ययनबाट हामी कति छिटो अघि बढेछौं भन्ने थाहा हुन्छ भने अब हामी कति छिटो कहाँ पुग्न सक्छौं वा भोलिको हाम्रो अवस्था कस्तो हुन्छ, निक्र्यौल गर्न सक्छौं ।
नगरको इतिहासलाई अभिलेखबद्ध गर्ने काम बारम्बार हुँदैन, एक युगमा वास्तवमै एकपटक हुन्छ । मानिसहरु आप्mनो पेशा व्यवसायमा अत्यन्त व्यस्त छन्, सधैं सबैले गरेर हुने कुरा होइन, त्यसको लागि एकपटक एकैपटक सबैजना सँगै जुट्नुपर्छ ।
त्यसैले इटहरीको बारेमा जानकारी राख्ने व्यक्ति जो कोहीसँग इटहरीको इतिहास झल्किने कुनैपनि तस्वीर, सामग्री र विचारहरु भएमा त्यसलाई इटहरीको इतिहास खोज्ने अभियानमा सहभागी हुनु र गराउनु आवश्यक छ । एउटा मात्र तस्वीर वा तथ्यले पनि ठूलो भूमिका खेल्न सक्छ । स्थानीय निकाय, अग्रज, अगुवा, व्यापारी, नागरिकलगायत सबैको सहयोग आवश्यक छ ।
हिजोदेखि आजसम्म इटहरीको विकासको लागि योगदान दिने व्यक्तिहरुलाई इतिहासमा हराउन दिनु हुँदैन । उनीहरुको बारेमा इतिहासमा उनीहरुले गरेको देनसहित लेखिनुपर्छ, देखाइनुपर्छ, सङ्ग्रह गरिनुपर्छ । हामीले विगतलाई सम्झिएमात्र भविष्यले पनि आजको समयलाई सम्झिने छ ।                                                                                                                                  [email protected]