विजयपुर । पाटनको दरबार क्षेत्रमा छुरा प्रहारबाट गम्भीर घाइते भएका झापाका दुई युवकको मृत्यु भएको छ ।
स्थानीय बिएण्डबी अस्पतालमा उनीहरूको आज बिहान मृत्यु भएको हो । ललितपुर जिल्ला प्रहरी परिसरका अनुसार झापाको कमल गाउँपालिका–६ का सुमित र सृजन नेम्बाङको मृत्यु भएको हो । नेम्बाङ दाजुभाइको हत्या अभियोगमा ललितपुर महानगरपालिका–९ का सञ्जीव नेपाली र गैँडाकोटका गगन सुनारलाई पक्राउ गरिएको छ । रासस






























