काठमाडौँ । एनसेलले आफ्ना प्रिपेड ग्राहकहरूका लागि आकर्षक अनलिमिटेड कम्बो प्याक सञ्चालनमा ल्याएको छ ।
नयाँ वर्षको अवसर पारेर सञ्चालनमा ल्याइएको यस प्याकमा अनलिमिटेड डेटा, अनलिमिटेड कल र प्रशस्त एसएमएस सेवालगायत आकर्षक सुविधाहरू रहेको जनाएको छ । यो सुविधाले ग्राहकहरूलाई २८ दिनसम्म ढुक्क रहन मद्दत गर्ने जनाएको छ ।
कम्पनीले यसअघि प्रदान गर्दै आएको १ हजार ९ सय ९९ को कम्बो अनलिमिटेड कल र इन्टरनेट सेवाको तुलनामा यो प्याकमा पाइने उही सेवाहरूको मूल्य ६५ प्रतिशतले घटेको हो । करसहित ६९९ शुल्क पर्ने यो कम्बो प्याकको समयावधि २८ दिन रहेको छ । कुनै पनि नेटवर्कमा अनलिमिटेड कल गर्न सकिने, अनलिमिटेड डेटा, दैनिक १ सय एसएमएस र लायन्स गेट प्लेमा निःशुल्क पहुँच यो प्याकका मुख्य विषेशताहरू हुन् ।
“कनेक्टिभिटीको महत्व र दूरसञ्चार सेवाप्रतिको बढ्दो मागलाई ध्यानमा राख्दै, नयाँ वर्ष २०८३ को अवसर पारेर, हामीले अनलिमिटेड डेटा र कलसहितको यो प्याक सञ्चालनमा ल्याएका छौँ । यो विशेष प्याकले सेवाको लागत थप घटाउँदै ‘बेस्ट भ्यालु’ प्रदान गर्दछ र ग्राहकहरूको जीवनलाई नन्स्टप र डिजिटल बनाउँदै सधैँ अन रहन सहयोग पु¥याउने विश्वास लिएका छौँ”–एनसेलका चिफ कन्सुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने ।































