उहिले सत्य युगमा भगवानहरु ‘पुष्पक बिमान’ चढेर आकाशमागर्मा उड्ने गरेको कुरा हामीले सुन्ने पढ्ने गरेका छौँ । हिन्दू धर्मग्रन्थहरुमा उल्लेख छ । विज्ञानको युगमा आइपुग्दा वैज्ञानिकहरुले फलाम र अन्य धातुहरुको प्रयोग गरेर आकाशमा उड्डे यन्त्र बनाए । जसलाई हामी आजभोलि हवाइजहाज भन्ने गर्छौँ । त्यसलाई पनि भिन्नभिन्न नामाकरण गरियो । तर आकाशमा उड्नलाई अब हवाइजहाज मात्र विकल्प रहेन । अध्यन, अनुसन्धान र प्रविधिको प्रयोग गरेर अध्ययनकर्ताहरुले धेरै जटिल कामलाई पनि सजिलो पारेका छन् । त्यसै क्रममा विकास भएको एउटा वरदान हो ‘प्याराग्लाइडिङ’ । बाल्यकालमा आकाशमा उडिरहेको चरालाई हेरेर ‘म पनि यसरी नै उड्न पाए आकाशभरी उड्थे’ भनेर कल्पना नगर्नेहरु सायदै नहोलान् । तर बाल्यकालमा कल्पना गरिएको त्यो अपत्यारिलो सपना अब विपना भइसकेको छ । अब ‘प्याराग्लाइडिङ’ को साहारा लिएर खुल्ला आकाशमा धित मरुञ्जेल उड्न सकिन्छ । पूर्वेलीहरुका लागि त्यो आकाशमा उड्ने अवसर दिएको छ, ‘धरान स्काई एडभेञ्चर प्याराग्लाइडिङ प्रालि’ले । मेरो अनुभव ‘प्याराग्लाइडिङ’ उड्ने बेलामा मनमा डर नभएको चाहिँ होइन । मभन्दा अगाडि चढ्नेलाई त केही भएको छैन, म किन डराउने भनेर मन भित्र भएको डरलाई भित्रै दबाएँ । बिहान पौने ९ बजेको थियो । धरान स्काई एडभेञ्चर प्याराग्लाइडिङ प्रालिका प्रबन्ध निर्देशक रोशन अधिकारीको फोन आयो । ‘योगेश जी आज मौसम सारै राम्रो छ, तु आइ हाल्नुस । हतार हतार गरेर उहाँको कार्यालयमा पुगेँ । कार्यालयमा पुग्नसाथ एउटा फारम भरेर कम्पनीकै गाडीमा धरान –२० स्थित भेडेटार ९छोटी मोरङ० पुगियो । समुन्द्र सतहबाट १३ सय मिटरको उचाईमा रहेको छोटी मोरङबाट प्याराग्लाइडिङको उडान भर्ने तयारी भयो । मेरा पाईलट ‘दत्त’ ले भन्दै थिए ‘आप बहुत लक्की हेँ , क्युँ कि ऐसा ‘वेदर’ कभी नही मिलाथा ।’ जब पृथ्वीलाई छाडियो, गाउँ घरमा लिङ्गे पिङ खेलेको अनुभव भयो । हेर्दा हेर्दे धरानको आकाशमाथि घुम्न थालेँ निकै उचाईमा पुगियो । त्यस बेलाको आनन्दलाई शब्दमा व्यक्त गर्न अहिले असमर्थ छु । पाइलटले उड्ने बेलामा सोधेका थिए ‘जी आपका पेहेलीबार हे’ मैले भने ‘जी, पहेलीबार हे’ । तर आकाशमा उडिसकेपछि पाइलटले पहिलो पटक उडेको भनेर पत्याएनन् । भने, ‘पहिलो पटक उड्नेहरु सबैमा डर देखिन्छ, तपाईँमा डर नै छैन ।’ मैले हाँसेर टारिदिएँ । धरानलाई संसारकै सुन्दर शहरको रुपमा आकाशमाथिबाट अध्ययन गर्दैगर्दा मैले पाइलटलाई भनेँ, ‘जतिमाथिसम्म लान सकिन्छ लानुस् । उनले पनि पहिलो पटक पाएको सफा मौसममा धरानको आकाशमा प्याराग्लाइडिङ उडाए । अरुबेला १५ देखि ३० मिनेटसम्मको उडान गराएको सुनाउने उनीसँग ५३ मिनेट आकाशमै उडियो । भेडेटारदेखि धरानको प्रस्तावित रङ्गशाला हुँदै बिपी प्रतिष्ठान, तिनकुने जस्ता ठाउँहरुलाई आकाशबाट हेर्दै धरान –१४ स्थित बूढासुब्बा मन्दिर छेउमा ल्याण्डिङ भइयो । एउटा साहसिक, रमाइलो र अविस्मरणीय खेल जितेको अनुभव भयो त्यसबेला । धरानमा कसरी आयो प्याराग्लाइडिङ धरान स्काई एडभेञ्चर एण्ड प्याराल्लाइडिङ प्रालिका प्रबन्ध निर्देशक रोशन अधिकारीले आफूले १४–१५ बर्ष अगाडि नै धरानको आकाशमा प्याराल्लाइडिङ उडाउन गर्न सकिने सम्भावना देखेको बताए । ४–५ बर्ष अगाडि पोखराका साथीहरुलाई ल्याएर धरानको सबै सेरोफेरो देखाए । उनीहरुलेपनी मन पराए त्यसैबेला उनीहरु उडेपनी अधिकारीले भने–‘पाइलटहरुले पनि धरानमा धेरैं राम्रो सम्भावना भएको सुनाएपछि आफूले लाइसेन्स लिन प्रकृया सुरु गरेँ । यो मेरो आफ्नो सोखको कामपनि हो ।’ उनले थपे, ‘मनोरञ्जन, आर्थिक विकास, रोजगारीको सिर्जना समेत हुने भएकाले यसलाई व्यावसायिक बनाउन लागि परेको हुँ । म युवा पनि भएकाले धरानको सभ्य नाम स्थापित गराउने जिम्मेवारी पनि थियो ।’ धरानलाई ड्रग्सको शहरबाट पर्यटकीय शहर, एडभेञ्चरको शहर, मनोरञ्जनको शहरको रुपमा विकास गर्ने उदेश्य रहेको अधिकारीले बताए । भने, ‘मैले पछिल्लो चार महिनामा झण्डै एक सयओटा उडान गरेको छु ।’ अधिकारीले सगर्व सुनाए । अहिले उनीसँग दुईजना पाईलट छन् । धरान स्काई एडभेञ्चर प्याराल्लाइडिङ प्रालिले ६ जना पाईलट राख्ने गरी अनुमती लिएको भएपनि पर्यटकहरु कम भएकाले दुई जना राखेको अधिकारीको भनाइ छ । प्याराग्लाइडिङ सोचे अनुरुप सञ्चालन नभएको उनी बताउँछन् । हाम्रो सोच चाहिँ विदेशी र धेरै सम्पन्नले मात्र प्याराल्लाइडिङ गर्नु पर्छं भन्ने सोच छ, यो गलत हो प्रालिका म्यानेजर निर्मल आचार्य भन्छन्, ‘हामी सबैले प्याराल्लाइडिङमा घुम्दा हुन्छ ।’ प्रालिले भेडेटार छेउ धरानको छोटी मोरङमा सात कठ्ठा जग्गा खरिद गरेर उड्ने ठाउँ बनाएको छ भने अस्थाइ ‘ल्याण्डिङ प्वाइण्ट’ को रुपमा धरान १४ स्थित विजयपुर स्कुलको खेलमैदानलाई प्रयोग गरिरहेको छ । म्यानेजर आचार्य भन्छन्, ‘स्थानीय निकाय र सरकारले यसको प्रचार र आवश्यक भौतिक सुविधाको व्यवस्था गरिदिनु पर्ने बताए । पर्यटनका विषयमा विभिन्न संघ संस्थाहरुले ठूलाठूला गफ गरेको सुनिन्छ तर काम गरेका छैनन् ।’ आचार्यले भन्छन्, ‘पर्यटनको विकासका लागि गफ हैन कामको आबश्यक्ता छ ।’ के देखिन्छ आकाशबाट छोटी मोरङको भुईँबाट ‘टेक ओभर’ भएपछि पहिचान गर्न सकिने धरानका घर तथा ठाउँहरु साना हुँदै जान्छन् । बिस्तारै बिस्तारै धरान सानो हुँदै जान्छ भने धरानको वरिपरि हेर्ने हो भनै त्यहाँ आनन्दको सीमा छैन । जोगबनी देखि तेह्रथुमसम्मलाई एकै एउटै तहमा देख्न सकिन्छ । सेताम्मे हिमाल, तराईका फाँट र नदीनालाहरु पृथ्वीले पहिरिएको गहना जस्ता देखिन्छन् । रोशन अधिकारी  (प्रबन्ध निर्देशक) प्याराग्लाइडिङ सञ्चालनका लागि हाम्रो झण्डै एक करोड रुपैयाँ लगानी भएको छ । तर स्थानीय स्तरमा सानो सहयोग समेत पाएका छैनौँ । पर्यटकहरु लिएर प्याराग्लाइडिङ गराउन जाँदा राख्ने ठाउँ र शौचालय छैन । छोटी मोरङ ९भेडेटार छेउ० मा आफैँले शौचालय बनाउँछु भन्दापनि अवरोध हुन्छ । स्थानीय निकाय, स्थानीयवासी र राज्यले बनाएर दिनु पर्नेमा आफैँ बनाउँछु भन्दापनि अवरोध हुन्छ । अनि हाम्रो पर्यटनको विकास कसरी हुन्छ रु हामीले ‘प्याराग्लाइडिङ’ मात्र हैन, ‘हर्स राइडिङ’ पनि सुरु गरेका छौँ । अहिले दुईओटा घोडाहरु ल्याएका छौँ । धरान र भेडेटारमा राखेका छौँ । धरान र भेडेटार घुम्न आउनेका लागि ‘एडेभन्चर’ को राम्रो प्याकेज हामीले बनाएका छौँ । यज्ञ दत्त (पाइलट) धरानको आकाश पोखराको भन्दापनि राम्रो छ । धरानको मौसम र भौगोलिक अवस्थालाई हेर्ने हो भने प्याराग्लाइडिङका लागि पोखरा भन्दापनि धरान उत्तम मानिन्छ । चोभेराम ( पाइलट) भारतको हिमाञ्चलबाट हामीले प्याराग्लाइडिङ उडाउन थालेका हौँ । अहिलेसम्म जतिपनि ठाउँमा उडान गरेका छौँ ती ठाउँ मध्ये उत्कृष्ट ‘फ्लाई’ हुने ठाउँ धरान हो । धरानका कुनैपनि डाँडाबाट ‘फ्लाई’ गर्न सकिन्छ ।