कालो हरिणको शिकार गरेको आरोपमा दोषी ठहर हुँदै पाँच वर्षको जेल सजाय पाएका बलिवुड अभिनेता सलमान खानले जमानतका लागि अपिल गरेका छन् । तर सलमानको जमानत अपिलको सुनुवाई गरिरहेका न्यायाधीशको सरुवा भएको छ । शुक्रबार राजस्थान उच्च अदालतको वेब साइटमा राखिएको सरुवा सूचनामा जोधपुरका डिस्ट्रिक्स एण्ड सेशन्स न्यायाधीश रवीन्द्र कुमार जोशीको सिरोहीमा सरुवा भएको छ । उनको ठाउँमा चन्द्र शेखर शर्मा आएका छन् । शुक्रबार सलमानको जमानत अपिलमा सुनुवाई पूरा हुन पाएको थिएन । जोधपुरका पत्रकार नारायण बारेठका अनुसार तल्लो अदालतमा रेकर्ड नभएका कारण सुनवाई शनिबारका लागि सारिएको हो । अब के हुन्छ ? कानुनका जानकारका अनुसार स
बहुचर्चित कालो हरिण शिकार अभियोगमा फिल्म अभिनेता सलमान खान दोषी ठहर भएका छन् । उनलाई ५ वर्षको जेल सजाय भएको छ । २० वर्ष देखि मुद्दा झेल्दै आएका उनलाई अदालतले दोषी ठहर गरेको हो । के हो मामला ? सलमान खान विरुद्ध कालो हरिणको शिकार गरेको विषयको मुद्दा २० वर्ष पहिलादेखि जोधपुरमा चलिरहेको छ । यसअघि जोधपुर अदालतले उनलाई अलग अलग मामलामा पाँच वर्ष र एक वर्षको सजाय सुनाएको थियो । तर सलमान खान उच्च अदालतबाट छुटे । दुवै मामलामा राजस्थान सरकारले उच्च अदालतको फैसला विरुद्ध अपिल गरेको थियो । जबकि आम्र्स एक्टको मामलामा पनि सलमान तल्लो कोर्टबाट छुटेका थिए । सेप्टेम्बर १९९८ राजस्थानमा फिल्म निर्माता सुरज बडज
करिब २० वर्ष पुरानो कालो हरिणको शिकार गरेको मामलामा बलिउड कलाकार सलमान खानलाई ५ वर्षको जेल सजाय तोकिएको छ । जोधपुर अदालतले सलमानलाई ५ वर्ष जेल सजाय तोकेको हो । सलमानलाई अदालतबाट हिरासतमा लिइएको छ । उनलाई जोधपुरको सेन्ट्रल जेलमा राखिने भएको छ । उनलाई १० हजार जरिवाना पनि तोकिएको छ । सलमान योसँगै वितग २० वर्षमा पटकपटक जेल गएका छन् । सन् १९९८ मा जोधपुरको ग्रामीण इलाकामा दुई हरिणको शिकार गरेको आरोपमा सलमान लगायत पाँचजना विरुद्ध वैष्णोइ समाजले मुद्दा हालेको थियो । सलमान खानले सन् १९९८ को सेप्टेम्बर २६ र २८ मा दुई काला हरिणको शिकार गरेको आरोप लागेको थियो। उनलाई हरिणको शिकार गर्ने उक्साएको आरोप लागे
बलिउड अभिनेता इरफान खानको फिल्म 'ब्ल्याकमेल' ६ अप्रिलमा रिलिज हुँदैछ । तर, गम्भीर बिरामीका कारण उनी फिल्मको पब्लिसिटीमा हिँड्न पाएका छैनन् । मुश्किलको यो घडीमा इरफानलाई बलिउडका तीन खानले सपोर्ट गर्ने भएका छन् । खबरअनुसार, यो फिल्मको प्रमोटका लागि तीन खान ४ वर्षपछि फेरि एकपटक एकसाथ देखिँदैछन् । मुम्बई मिररको रिपोर्टका अनुसार, आमिर, शाहरुख र सलमान खानका लागि फिल्मको स्पेशल स्क्रिनिङ राखिनेछ । यो खबरमा कति सत्यता छ त्यो त समयले बताउनेछ, तर यदी तीन खान एकसाथ देखिएको खण्डमा उनका फ्यानका लागि भने ट्रीट हुनेछ । कमै यस्तो मौका आएको छ जब यी तीन खान एकसाथ देखिएका हुन् । २०१४ मा एक टिभी शोमा य
अभिनेत्री रानी मुखर्जीले निर्माता आदित्य चोपडासँग बिहे गर्नुका खास कारण खुलासा गरेकी छिन् । उनले हालै दिएको एउटा अन्तर्वार्तामा आदित्यले आफूलाई अति माया र सम्मान दिने भएकाले उनीप्रति नतमस्तक भएको बताएकी हुन् । ‘बलिउडमा प्रेम चाहिँ पाइन्छ,’ रानीले भनेकी छिन्, ‘माया पाइए पनि ‘रेस्पेक्ट’ भने कमै मिल्छ । तर, त्यसमा आदित्य निकै फरक छन् ।’ रानीले आदित्यले आफूलाई मायाका साथै सम्मान पनि उत्तिकै मात्रामा दिएको दाबी गरेकी छिन् । ‘आदित्य माया र सम्मान दिने मामलामा निकै अघि छन् । उनी पर्फेक्ट हस्बेन्ड हुन् ।’ रानी र आदित्यले चार वर्षअघि अर्थात् सन् २०१४ को अप्रिलमा बिहे गरेका थिए । रानी अभिनीत हिच्की फि
बलिउड अभिनेत्री दिशा पटानी लडाकू राजकुमारी संगामित्राको भूमिकामा देखिने भएकी छन्। सुरुमा अभिनेत्री श्रुती हसनलाई यो भूमिका दिइने भनिएको थियो तर उनले पछि यसबाट हात झिकेकी थिइन्। एजेन्सीका एसएस राजामौलीको ‘बाहुबली’ जस्तै फिल्मको पनि दुईवटाको सिक्वेल हुनुका साथै छुट्टाछुट्टै रिलिज हुनेछ। हाइदरावादमा सुटिङ हुने भनिएको फिल्म अर्को वर्ष रिलिज हुनेछ। फिल्मका लागि दिशाले तरबार कला सिक्ने भएकी छिन्। फिल्ममा मूख्य कलाकारको रुपमा तामिल अभिनेता जयम रवि र आर्या रहेका छन्। फिल्मलाई तामिल, तेलुगु र हिन्दी गरी तीनवटामै रिलिज हुने भएको छ। फिल्मको अनुमानित बजेट ४०० करोड रहेको छ।
काठमाडौँ /बलिउडकी अभिनेत्री कैटरिना कैफ पहिलो पटक आफ्नी बहिनीका साथ एक पत्रिकाको आवरणमा देखापरेकी छन्। आफ्नी कान्छी बहिनी इशाबेल कैफका साथ उनी ब्राइडस टुडे नामक म्याग्जिनको आवरणमा देखिँएकी हुन। अनुहार हेर्दा बहिनी इशाबेल कैटरिना कैफजस्तै देखिएकी छन्। कैटरिना र इशाबेल दुवैले आफ्नो यस्टाग्राम एकाउन्टमा उक्त म्याग्जिनको कभर सार्वजनिक गरेका छन्। फोटो सार्वजनिक गर्दै कैटरिनाले लेखेकी छन्, ‘मेरी ठूली बहिनी नुपुर मेहताले गरेको डिजाइन।’ कैटरिना र उनी बहिनीको तस्विरमा उनका प्रसंशकहरुले कमेन्ट गर्दै बहिनी इशाबेल दिदी कैटरिनाको फोटोकपी जस्तै भएको बताएका छन्। खबरअनुसार उनीहरुले यो तस्बिर म्याग्जिनकको अप
काठमाडौं/ कमेडियन कपिल शर्माको नयाँ शो फ्यामिली टाइम विद कपिल शर्माको तीन एपिसोड प्रसारित हुँदा नहुँदै अनेकौं विवाद आइसकेका छन् । एकातर्फ दर्शकहरूलाई यो शो खासै मन परिरहेको छैन भने अर्कातर्फ कपिलले बारम्बार शोको शूटिङ रद्द गराइरहेका छन् । केही दिनअघि कपिलले टाइगर श्रोफसँगको शूटिङ रद्द गराएको खबर आयो । पछि यसलाई हल्ला मात्र भनी सफाइ दिइयो । पछि चाहिँ अभिनेत्री रानी मुखर्जीसँग पनि शूटिङ रद्द गराएको खबर आयो । बारम्बार यसो गर्दा सोनी च्यानलले कपिललाई चेतावनी दिइसकेको छ । यसरी मनलाग्दी शूटिङ रद्द गर्न नपाउने सोनीले उनलाई बतायो । सोनीले कपिललाई एड्भान्समा शूटिङ गराउने चेतावनी दिएको छ र यसो नगरेमा
मुम्बई/ बलिउड नायिका इलियाना डीक्रुज व्यक्तिगत जीवनमा सधैं सुरक्षाकर्मीको साथ हुन्छिन्। फोटोग्राफर एन्ड्रीउ निबोनसँग डेटिङमा रहेकी उनले निबोनलाई सामाजिक सञ्जालमा ‘हबी’ भनेर पोष्ट गर्छिन्। उनी आफ्नो जीवनको निजी कुरा गसिपको चासोको विषय नबनोस् भन्ने चाहन्छिन्। निजी जीवन गसिपको विषयबस्तु नबन्दा त्यसलाई भगवानको आशिर्वाद मान्छिन्। ‘गसिप स्तम्भमा म आफुलाई भाडाकुडाको रुपमा राख्न चाहन्न। कुनै पत्रिकाको गसिप विभागमा मेरो गसिप आओस् भन्ने चाहना छैन। मेरो निजी जिन्दगी नै रमाइलो छ। गसिपमा आएर रमाउन चाहन्नँ,’उनले भनेकी छन्। ३० वर्षीया इलियानाले फिल्म ‘बर्फी’बाट बलिउडको यात्रा शुरु गरेकी थिइन्। उनी पछिल्लो
मुम्बई/बलिउड चलचित्रमा भिलेनको अभिनय निर्वाह गर्ने कलाकारका बारेमा हामीले धेरै पटक चर्चा गरेका छौ । अहिले यहाँ भिलेनका रिल नभएर रियल जोडीको चर्चा गर्न खोजिएको छ । शक्ति कपुर र शिवाङ्गी कपुर शक्ति कपुले कयौ चलचित्रमा भिलेनको भुमिका निर्बाह गरेका छन् । उनी रियल लाइफमा शिवाङ्गी कपुरका हिरो हुन् । शिवाङ्गीसँग उनले १९८२मा बिबाह गरेका थिए । शिवाङ्गी फिल्मी दुनिया भन्दा सधै टाढा रहने गरेकी छन् । तर फ्यामिली कार्यक्रममा भने दुबैलाई एकसाथ देख्न सकिन्छ । रन्जीत र आलोका बेदी बलिउडका खतरनाक भिलेन मध्यका एक हुन् रंजीत । उनले १९८६मा आलोका बेदीसँग बिबाह गरेका हुन् । यी दुबैको अहिले दुई बच्चा समेत रहेको
Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved